NEFIN was formed in 1991 as an autonomous and politically non-partisan, national level umbrella organisation of indigenous peoples/ nationalities. NEFIN currently consists of  48 indigenous member organisations widely distributed across Nepal.   NEFIN is a member of the United Nation's Working Group on Indigenous Populations.
प्रेश विज्ञप्ती
Saturday, 30 January 2010 11:29
मिति- २०६६/१०/१५

नेपालका सम्पुर्ण आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघको सातौ राष्ट्रिय महाधिवेशन संघिय परिषदको बैठकले तोकेको मितिमा सम्पन्न हुन विशेष कारणले नसकेको कुरा सबै आदिवासी जनजाति तथा सम्बन्धित जातिय संस्थालाई अवगत भएको हुन पर्छ । आज देश गम्भिर परिस्थिति बाट गुज्रीरहेको र यस वेला आदिवासी जनजातिले खोजेका अधिकार सहितको विभिन्न राज्य/प्रदेशहरु निर्माण गर्ने क्रममा हुन गईरहेको महाधिवेशन निश्चय पनि सर्बाधिक चासो र महत्वपुर्ण हुनेछ भन्ने सबै आदिवासी जनजातिहरुले सोचिरहेको छौ । यसै सन्दर्भमा पौष २५ गते हुने भनिएको सातौ महाधिवेशन बन्द, हडताल, राजनैतिक, अस्थिरता जस्ता विशेष परिस्थितिले गर्दा स्थगित हुन पुग्दा हामी सबै आदिवासी जनजाति एंव जातीय संस्थाहरुलाई स्वभाविक रुपले दुखित तुल्याएको छ तर देशको जस्तोसुकै परिस्थिति भए पनि करोडौ आदिवासी जनजातिहरुको साझा र आदिवासी जनजातिहरुको भावि रणनीती र योजना निर्माण गर्ने संस्थालाई जिवन्त्ता र निरन्तरता दिन अति आवश्यक भएकोले महासंघको सचिवालयको २०६६ माघ ११ गते वसेको बैठक द्धारा यही मिति २०६६ साल चैत्र २१, २२ र २३ गते महासंघको सातौ महाधिवेशन काठमाण्डौमा सम्पन्न गर्ने निर्णय भएकोले सम्बन्धित सबै आदिवासी जनजाति एंव जातीय संस्थाहरुलाई जानकारी गराउदछु र यसै अनुसार महासंघको महाधिवेशनमा तयारी हुनको लागि पनि सबैलाई अनुरोध गर्दछु ।

…………………....
राम बहादुर थापामगर
महासचिव
 
सुचना
Thursday, 14 January 2010 14:18
मिति २०६६ कार्तिक १७ र १८ गते नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषदको बैठकले महासंघको महाधिवेसन २०६६ पौष २५, २६ र २७ गते सम्पन्न गर्ने निर्णय गरी महाधिवेसनको मिति निर्धारण गरेकोमा बिशेष कारण बस उक्त मितिमा महासंघको महाधिवेसन आयोजना गर्न नसकीने भएको कारण अर्काे मिति निकट भविस्यमा निर्धारण गरी सम्बन्धीत सबैमा जानकारी गराईने ब्यहोरा सुचित गरीन्छ ।
 
सूचना † सूचना †† सूचना †††
Thursday, 14 January 2010 13:39

मिति : १४ जनवरी २०१०

नेपाल जनजाति महासंघ इजरयालको प्रथम बार्षिक साधारण्ँ सभा यही आउँदो १३ मार्च २०१० का दिन निम्न लिखित मिति समय र स्थानमा हुने भएको हुंदा संबन्धित सबैमा सूचित गरिन्छ । साथै महासंघको साधारण्ँ सदस्यता बितरण्ँ भैरहेको ब्यहोरा अवगत गर्दै साधारण्ँ सदस्यता लिन हुनको लागी इजरायल बासी संपूण्र्ँ नेपाली जनजाति दाजूभाई तथा दिदीबहिनीहरुमा नेपाल जनजाति महासंघ इजरायल बिनम्र अनुरोध गर्दछ ।

मिति : १३ मार्च२०१०
समय : दिउसो ठीक १२ ः०० बजे
स्थान : नेवेसनन १६ काठमांडू क्लव

बि. आर. लामा
महासचिव
नेपाल जनजाति महासंघ इजरायल

नोट : साधारण्ँ सदस्यताको लागि सम्पर्क : नयन्द्र चेम्जोंग ०५४२१४५७६४, यम गुरुंग ०५४६४७७५३२, बि.आर.लामा ०५२८१६२६३८, तेंजी शेर्पा ०५२३४२६७२७, हरी चौधरी ०५४६४७५६३४, बसंत गुरुंग ०५४९०९३७७९

 
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>

Page 1 of 95