Various Writers
नेपालको नयाँ संविधान आदवासी जनजातिका सवालहरु PDF Print E-mail
Sunday, 28 November 2010 00:28
नेपालको नयाँ संविधान
आदवासी जनजातिका सवालहरु


आङ काजी शेर्पा किसानू
महासचिव नेपाल आदिवासी जनजाति महासंघ

देश साचालन गर्ने मूल कानुन संविधान नभएको बेला राजामहाराजहरुको मौखिक र लिखित हुकुमले चलेको देश नेपालमा २००४ सालमा पहिलो पटक श्री ३ पद्यमाशम्शेरले नेपालको पहिलो कानुन लेखियो । राणा शासनको अन्त्य पछि २००७ मा त्रिभुवनले ूनेपालको अन्तरिम शासन विधानू जारी गर् यो भने महेन्द्रले २०१७ मा वहुदलिय संविधान र २०१९ मा र्निदलिय पाचायती संविधान जारी गरे । निरंकुशराजतन्त्र र र्निदलिय पाचायती व्यवस्थाको अन्तय गरि नेपाली जन्तलाई सार्वभौमसत्ता सम्पन्न बनाउन गरिएको आन्दोलनको परिणाम स्वरुप राजनीतिक दलहरुको सहभागितामा बनेको नेपालको संविधान २०४७ जारी भयो । तर २००४ देखि २०४७ सम्म बनेका ५ वटा संविधानले वहुधार्मिक वहुभाषिक वहुसांस्कृतिक र वहुराष्ट्रिय नेपालको विशिष्ट सामाजिक संरचनालाई आत्मसात नगरिएको नेपाललाई हिन्दुराज्य गाईलाई नेपालको राष्ट्रिय जानवर र खस भाषालाई सरकारी काम काजको भाषा बनाएको र नेपालमा भएको जातिय लैङ्गिक वर्गिय र क्षेत्रिय विभेदलाई संम्बोधन गर्न नसके पछि जनस्तरबाट व्यापक आलोचन भयो । जारी भएदेखि नै आम नेपाली जनता व्यापक विरोध माओवादीको १० बर्षे जनयुद्ध र २०६२÷६३ को जनआन्दोलनले २०४७ संविधानलाई खारेज गर् यो । नेपालमा भएको जातिय लैङ्गिक वर्गिय र क्षेत्रिय विभेदलाई अन्त्य र वहुधार्मिक वहुभाषिक वहुसांस्कृतिक र वहुराष्ट्रिय नेपालको विशिष्ट सामाजिक संरचनालाई आत्मसात गरेको नयाँ संविधान निर्माण गर्ने महान ऐतिहासिक अभियान संविधानसभा मार्फत जारी छ ।

Read more...
 
आई.एल.ओ.महासन्धि नं. १६९, नेपालका आदिवासी जनजातिका हक–अधिकार, अवसर तथा चुनौतिहरु PDF Print E-mail
Thursday, 02 October 2008 08:34
पृष्ठभूमी
– संग्राम लामा

नेपाल विवीध संस्कृती, जातजाती, भाषा–भाषी एवं धार्मिक विविधतायूक्त एक बहुजातिय देश हो। यस्तो हुदा हुदै पनि राज्यको “एकल–जाति, एकल–संस्कृति, एकल–भाषा, एकल–भेष तथा एकल–धार्मिक नीतिले” गर्दा अहिले अमूल्य सामाजिक तथा साँस्कृतिक विविधतालाई गम्भीर खतराको मोडमा पुर्‍याई दिएको छ। राज्यको यसप्रकारको विभेदकारी नीतिले गर्दा नेपालका सवै आदिवासी जनजातिहरुको पहिचान तथा अस्तित्वलाई समेत जोखिमयूक्त पारेको छ।

Read more...
 
नेपाल तराईमा जातिय गणराज्यको आधार र प्रारुप PDF Print E-mail
Saturday, 09 August 2008 17:23

थारु कल्याणकारिणी सभाको मिति २०६५ जेष्ठ १६ गते सम्पन्न

वृहत् अन्तरकृयात्मक कार्यशाला गोष्ठि, नयां बानेश्वर, काठमाण्डौंमा प्रस्तुत् कार्यपत्र


नेपाल तराईमा जातिय गणराज्यको आधार र प्रारुप


- ज्योति दनुवार