अन्तरक्रिया कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध – नेपाल आदिवासी जनजाति महासंघ

अन्तरक्रिया कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध

यही मिति : २०७० पौष १९ गते शुक्रबारका दिन अपरान्ह ठीक १२ बजे तमू ह्यूल छौंजधी ( गुरुङ्ग राष्ट्रिय परिषद ) केन्द्रीय कार्यलय, नयाँ बसपार्क बालाजुमा (नयाँबसपार्कको पछाडि दुरसञ्चार कार्यलय नजिकै पानी ठ्यङ्की सगै) नेपाल आदिवासी जनजाति महासंघले “वर्तमान राजनितिक परिवेशः आगामी कार्य दिशा” बिषयक बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सम्पूर्ण आदिवासी जनजाति पहिचान तथा संघीय संविधान प्रेमीहरुमा हार्दिक अनुरोध गर्दछु ।

नोट:

१) सम्पूर्ण जातीय संस्थाका अध्यक्ष तथा पदाधिकारीज्यूहरु ।
२) सबै सम्बन्धन संगठनका अध्यक्ष तथा पदाधिकारीज्यूहरु ।
३) सबै संघीय परिषद सदस्यज्यूहरु ।
४) काठमाण्डौमा उपलब्ध नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष तथा पदाधिकारीज्यूहरु ।
५) नेपाल आदिवासी जनजाति महासंघका पूर्व पदाधिकारी तथा सल्लाहकारज्यूहरु ।
६) आदिवासी जनजाति क्षेत्रका अगुवा तथा विज्ञज्यूहरु ।

पेम्बा गुरुङ भोटे
महासचिव
९८४१६८६३२४ / ९८५११९९९५९
नेपाल आदिवासी जनजाति महासंघ
संघीय परिषद सचिवालय