२०औ विश्व आदिवासी दिवस श्रावण २४ गते शनिबार १२:०० बजे आ आफ्नो जातिय भेष भुषामा टुडिखेल जाऔ । २०औ विश्व आदिवासी दिवस सफल पारौ ।         

Welcome to NEFIN Website

NEFIN was formed in 1991 as an autonomous and politically non-partisan, national level umbrella organisation of indigenous peoples/ nationalities. NEFIN currently consists of 48 indigenous member organisations widely distributed across Nepal. NEFIN is a member of the United Nation's Working Group on Indigenous Populations.

    Go to Photo Gallery

Latest Downloads

Useful Web Links

Latest News

२०औ विश्व आदिवासी दिवस श्रावण २४ गते शनिबार १२:०० बजे आ आफ्नो जातिय भेष भुषामा टुडिखेल जाऔ । २०औ विश्व आदिवासी दिवस सफल पारौ ।

यही २०७१ साल श्रावण २४ गते विहान १२:०० बजे टुँडीखेल जाऔं ! आदिबासी जनजातिको साँस्कृतिक झलक सहितको विश्व आदिवासी दिवस २०१४ भव्य रुपले सफल पारौं !! कार्यक्रम तालिका (PDF) सबैले आफ्नो मोबाईलमा आदिवासी गीत लाई रिङ्ग टोन बनएर राखिदिनुहोला । NTC Mobile; CRBT NO - 0130046378 NCELL Mobile; PRBT NO - 60452543 UTL NO - 5466306


Read More

नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन पछिको पहिलो तथा विधान अनुसार ४३औं संघीय परिषदको बैठक

मिति २०७० माघ १२ देखि १४ सम्म नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन पछिको पहिलो तथा विधान अनुसार ४३औं संघीय परिषदको बैठक महासंघ संघीय परिषद सचिवालयका श्रदय अध्यक्ष श्री नगेन्द्र कुमार कुमाल ज्यूको अध्यक्षतामा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेल ललितपुरमा ४५ जातीय संस्थाका महासंघ संघीय परिषद सदस्यज्यूहरुको उपस्थितिमा बैठक बसी संघीय परिषद सचिवालयको तर्फबाट महासचिव श्री पेम्बा गुरुङ भोटेद्धारा प्रस्तुत नेपाल आदिवासी जनजाति महासंघको सांगठानिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्री जगतबहादुर बरामद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन (२०७० जेष्ठ १ गतेदेखि २०७० पौष मसान्त सम्मको) पारित गरि निम्न निति तथा कार्यक्रम पनि पारित गरी सम्पन्न भएकोछ । Federal Council Meeting Jan 26-28 (PDF Download) Mahasachip ko Sagathanik Patibedan (PDF Download)


Read More

हार्दिक निमन्त्रणा

यही मिति : २०७० पौष १९ गते शुक्रबारका दिन अपरान्ह ठीक १२ बजे तमू ह्यूल छौंजधी ( गुरुङ्ग राष्ट्रिय परिषद )  केन्द्रीय कार्यलय, नयाँ बसपार्क बालाजुमा (नयाँबसपार्कको पछाडि दुरसञ्चार कार्यलय नजिकै पानी ठ्यङ्की सगै) नेपाल आदिवासी जनजाति महासंघले “वर्तमान राजनितिक परिवेशः आगामी कार्य दिशा” बिषयक बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सम्पूर्ण आदिवासी जनजाति पहिचान तथा संघीय संविधान प्रेमीहरुमा हार्दिक अनुरोध गर्दछु ।   नोट:   १) सम्पूर्ण जातीय संस्थाका अध्यक्ष तथा पदाधिकारीज्यूहरु । २) सबै सम्बन्धन संगठनका अध्यक्ष तथा पदाधिकारीज्यूहरु । ३) सबै संघीय परिषद सदस्यज्यूहरु ।  ४) काठमाण्डौमा उपलब्ध नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष तथा पदाधिकारीज्यूहरु ।  ५) नेपाल आदिवासी जनजाति महासंघका पूर्व पदाधिकारी तथा सल्लाहकारज्यूहरु ।  ६) आदिवासी जनजाति क्षेत्रका अगुवा तथा विज्ञज्यूहरु ।      पेम्बा गुरुङ भोटे  महासचिव  ९८४१६८६३२४ / ९८५११९९९५९ नेपाल आदिवासी जनजाति महासंघ  संघीय परिषद सचिवालय   


Read More

घोषणापत्र बारे ध्यानआकर्षण

नेपाल आदिवासी जनजाति महासंघले २०७० मंसीर ४ मा हुने दोस्रो संविधानसभाको निर्वाचनमा महासंघको तर्फबाट समेट्नु पर्ने मुद्धाहरुको बारेमा प्रमुख राजनितिक दलहरुलाई जातीय संस्थाहरुको उपस्थितिमा १४ बुदें माग सहितको ध्यानआकर्षण पत्र बुझाईयो । उक्त ध्यानआकर्षण पत्र पढ्न ( डाउनलोड गर्न ) यहाँ ल्किक गर्नुहोस् ।


Read More

सिंहदरबार घेराउ तथा धर्ना कार्यक्रममा सहभागी हुने बारे

  मितिः २०७० श्रावण ११ श्री अध्यक्ष ज्यू, नेपाल आदिवासी जनजाति महासंघ सबै, जातीय, सम्बन्धन प्राप्त र भातृ संगठनहरु ।   विषयः धर्नामा सहभागी हुने बारे ।   उपरोक्त सम्बन्धमा आसन्न संविधान सभाको दोस्रो निर्वाचनलाई मध्यनजर गर्दै आदिबासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि संविधान सभाको निर्वाचन २०६४ को ऐनलाई यथावत राख्दै प्रत्यक्षतर्फ ४० प्रतिशत र समानुपातिक तर्फ ६० प्रतिशतको आधारमा आगामी संविधान सभाको निर्वाचन गर्न र सुर्खेत जिल्लाको काँक्रेविहारमा गौतम बुद्धको प्रतिमा प्रतिस्थापन गर्न माग गर्दै निम्न मिति, स्थान र समयमा सिंहदरबार घेराउ तथा धर्ना कार्यक्रम आयोजना गरिएको छ । नेपाल आदिबासी जनजाति महासंघ तथा बौद्ध संघ÷संस्था लगायतका संगठनहरुको आयोजनामा हुने उक्त कार्यक्रममा आ–आफ्ना संस्थाका झण्डा, व्यानर तथा प्ले कार्ड सहित व्यापक सहभागिताकोे लागि  हार्दिक अनुरोध गरिन्छ ।  मितिः २०७० श्रावण १५ गते  । समयः विहान ८ः३० बजेदेखि । स्थानः सिंहदरबार, हनुमानस्थान चोक । हाम्रा मागहरुः  १) संविधानसभाको निर्वाचनको सन्दर्भमा विगतमा नेपाल आदिबासी जनजाति महासंघ र नेपाल सरकारबीच भएको सम्झौता अनुसार संविधानसभाको निर्वाचनमा नेपालको अन्तरिम संविधानको पूर्ववत् व्यवस्था अनुसार ः क) समानुपातिक प्रणाली तर्फ ६०% र प्रत्यक्ष तर्फ ४०% कायम गर्नुपर्ने,  ख) मन्त्री परिषदबाट मनोनित गरिने २६ सिट संख्या घटाउन नहुने । ग) न्यूनतम् एक जाति एक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने ।      नगेन्द्र कुमार कुमाल अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ 


Read More

धर्ना सहित ज्ञापनपत्र बुझाउने बारे

श्री अध्यक्ष ज्यू, नेपाल आदिवासी जनजाति महासंघ सबै, जिल्ला समन्वय परिषद     विषयः धर्ना सहित ज्ञापनपत्र बुझाउने बारे ।   नेपाल आदिबासी जनजाति महासंघ संघीय परिषद सचिवालयले आसन्न संविधान सभाको दोस्रो निर्वाचनमा आदिबासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्नको लागि संविधान सभाको निर्वाचन २०६४ को ऐनलाई यथावत राख्दै प्रत्यक्षतर्फ ४० प्रतिशत र समानुपातिक तर्फ ६० प्रतिशतको आधारमा आगामी संविधान सभाको निर्वाचन गर्न र सुर्खेत जिल्लाको काँक्रेविहारमा भगवान् गौतम बुद्धको प्रतिमा प्रतिस्थापन गर्न माग गर्दै आगामी श्रावण १५ गते विहान ९ बजेदेखि सिंहदरबार घेराउ तथा धर्ना कार्यक्रम आमयोजना गर्दै छ । तसर्थ नेपाल आदिबासी जनजाति महासंघका सबै जिल्ला समन्वय परिषदहरुले पनि उक्त दिन आ–आफ्ना जिल्लाका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिई देशका ठूलो राजनीतिक दलहरु तथा अन्तरिम मन्त्रीपरिषदका अध्यक्षलाई प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाउनुहुन अनुरोध गरिन्छ । हाम्रा मागहरुः  १) संविधानसभाको निर्वाचनको सन्दर्भमा विगतमा नेपाल आदिबासी जनजाति महासंघ र नेपाल सरकारबीच भएको सम्झौता अनुसार संविधानसभाको निर्वाचनमा नेपालको अन्तरिम संविधानको पूर्ववत् व्यवस्था अनुसार ः क) समानुपातिक प्रणाली तर्फ ६०% र प्रत्यक्ष तर्फ ४०% कायम गर्नुपर्ने,  ख) मन्त्री परिषदबाट मनोनित गरिने २६ सिट संख्या घटाउन नहुने । ग) न्यूनतम् एक जाति एक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने ।      नगेन्द्र कुमार कुमाल अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ


Read More

प्रेस विज्ञप्ती । मितिः ०७० अषाढ १५ गते

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको आज मिति ०७० साल अषाढ १५ गते वसेको विस्तारीत वैठकले निम्न निर्णयहरु गरेको छ ।  ०६४ सालको निर्वाचन ऐनलाई यथावत कायम गर्नु पर्ने । ०६९ जेठ ९ गते आदिवासी जनजातिहरु सँग भएको सहमति अनुसार निर्वाचनमा समानुपातिक प्रणाली तर्फ ६०% र प्रत्यक्ष तर्फ ४०% कायम गर्नु पर्ने । ०६४ श्रावण २२ गते नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति संयुक्त संघर्ष समिति र नेपाल सरकार विच भएको २० वुँदे सहमति अनुसार दुवै निर्वाचन प्रक्रियावाट प्रतिनिधित्व हुन नसकेका आदिवासी जनजाति समुदायको न्यूनतम एक जाति एक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने । लक्षित वर्गको निम्ति छुट्टयाईएको ३५% प्रतिशत वजेट कटौती तत्काल खारेज गरी जिल्लामा रहेका आदिवासी जनजाति लगायतका सरोकारवालाहरुको अधिकारीक संगठनहरुको प्रतिनिधित्वमा पुन संयन्त्र निर्माण गर्नु पर्ने । पहिचान सहितको संघीयताको लागी विघटित संविधान सभा राज्य पुन संरचना समिति द्धारा प्रस्तावित सवै प्रदेशहरुमा प्रादेशिक तहको संघर्ष समिति गठन गर्ने । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन अनुसार सरकार र लोकसेवा आयोगले  आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सिफरीसलाई मान्यता दिनुपर्ने । सरकारले अनुमोदन गरेको अन्तराष्ट्रिय श्रम संगठन महासन्धि नं. १६९ र आदिवासी जनजाति अधिकार सम्वन्धि संयुक्त राष्ट्र संघको घोषणा पत्र अनुसार देशव्यापी रुपमा स्वतन्त पूर्व सुसूचित मञ्जुरी (ँएक्ष्ऋ) को संयन्त्र निमार्ण गर्ने । सुर्खेत जिल्ला स्थित लाटीकोईली गा. वि. स. स्थित कांक्रे वुद्ध विहारमा वुद्धको प्रतिमालाई तत्काल प्रतिस्थापन गर्नु पर्ने ।   आन्दोलनका कार्यक्रमहरु  माथी उल्लेखीत मागहरुलाई पुरा गराउनको लागी पहिलो चरणमा सरकार र सवै राजनितिक दलहरुमा ज्ञापन–पत्र वुझाउने र सुनवाई नभए तत्काल दोश्रो चरणवाट दवावमुलक शसक्त चरणवद्ध आन्दोलनका थप  कार्यक्रमहरु निरन्तर अगाडी वढाउने । महासंघका सवै सदस्य जातिय संगठनहरु र जिल्ला संगठनहरु सँग आन्दोलन तयारी वैठक वस्ने । पहिचान सहितको संघीयताको लागी विघटित संविधान सभा राज्य पुन संरचना समिति द्धारा प्रस्तावित सवै प्रदेशहरुमा प्रादेशिक तहको संघर्ष समिति गठन गरी निर्णयक आन्दोलन गर्ने ।   नगेन्द्र कुमार कुमाल अध्यक्ष


Read More
Other Latest News

Forum Discussions

SN Title Comments Views
1 NEFIN Website has changed ! 54 212719
SN Title Comments Views