२०७१ असोज १, २ र ३ गते ११: बजे संविधानसभा भवन बानेश्वरमा धर्ना        खबरदारी सभा तथा अन्य कार्यक्रम तालिका        

Welcome to NEFIN Website

NEFIN was formed in 1991 as an autonomous and politically non-partisan, national level umbrella organisation of indigenous peoples/ nationalities. NEFIN currently consists of 48 indigenous member organisations widely distributed across Nepal. NEFIN is a member of the United Nation's Working Group on Indigenous Populations.

    Go to Photo Gallery

Upcoming Events

View All

Latest Downloads

Useful Web Links

Latest News

खबरदारी सभा तथा अन्य कार्यक्रम तालिका

Click Here to download Program Schedule (PDF)


Read More

नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयले आयोजना गर्ने आन्दोलनका कार्यक्रमहरु


Read More

बृहत धर्ना कार्यक्रममा उपस्थितिको निमन्त्रणा ।

मिति : २०७१ पौष २० गते
श्री अध्यक्ष / महासचिवज्यू
सबै जातीय संस्थाहरु
सबै संघीय परिषद सदस्यज्यूहरु
सबै सम्बन्धन संगठनहरु
सबै जिल्ला समन्वय परिषदहरु
 
बिषय : “बृहत धर्ना कार्यक्रममा” उपस्थितिको निमन्त्रणा ।
नेपाल आदिवासी जनजाति महासंघले पहिचान सहितको संघीय संविधान जारी गराउन संविधानसभा भवन नयाँ बानेश्वरमा “बृहत धर्ना कार्यक्रम” यही २०७१ पौष २५ गते गते शुक्रबारका दिन अपरान्ह ठीक १२ः०० बजे गर्ने जानकारी गराँउदै उक्त “बृहत धर्ना कार्यक्रममा” यहाँको जातीय संस्थाको तर्फबाट झण्डा, व्यानर, बाँजा–गाँजा र व्यापक जनसहभागिता सहितको उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
 
पेम्बा गुरुङ भोटे
महासचिव
नेपाल आदिबासी जनजाति महासंघ
९८५११९९९५९, ९८४१६८६३२४


Read More

नेपाल आदिवासी जनजाति महासंघका सम्पूर्ण सदस्य तथा सम्बन्धन संगठनहरुमा हार्दिक अपिल

श्री अध्यक्ष ज्यूहरु
५६ सदस्य संगठनहरु
११ सम्बन्धन संगठनहरु
७१ जिल्ला समन्वय परिषदहरु
२४ प्रवासी आदिवासी जनजाति महासंघहरु
४२ नगर समन्वय परिषदहरु
२५०० भन्दा बढी गाँउ समन्वय परिषदहरु
आदिवासी जनजाति अभिवादन,
मुलुक यतिबेला संविधान निर्माण प्रक्रियामा अगाडि बढिरहेको छ । तर यति नै बेला मुलुकमा जताततै अन्यौल र अनिश्चितता व्याप्त छ भने संघीयता, निर्वाचन प्रणाली आदिबारे केही राजनैतिक दलहरु विगतको सहमतिबाट पछि हट्न खोजिरहेका छन् । त्यसै गरी गणतन्त्र, जातीय पहिचान सहितको संघीयता एवं धर्म निरपेक्षता विरोधी तत्वहरु पनि सलबलाइरहेका छन् । अन्तरिम संविधानको मर्म अनुसार यी तमाम विचार र गतिविधिहरुलाई सश्लेशिषत गरी हेर्दा सबै क्षेत्रमा उत्पीडित, शोषण दमन, अन्याय, थिचोमिचो, विभेद, बहिष्करणमा पारेका र पारिएका आदिवासी जनजातिहरुको पहिचान तथा हक अधिकार सुनिश्चित भएको संविधान नबन्ने खतरा बढेको छ । त्यसैले आदिवासी जनजातिहरुको पहिचान तथा हक अधिकार सुनिश्चित भएको संविधान निर्माण गर्न सशक्त आन्दोलनको बिकल्प छैन ।
सार्वभौमिकता र राष्ट्रिय स्वाधिनताको रक्षा, जातीय पहिचान सहितको संघीय सविधान, गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षता, आत्म निर्णयको अधिकार, अग्राधिकार, जातीय स्वशासन र स्वायत्तता सहितको प्रदेश, विशेष स्वायत्त क्षेत्र तथा संरक्षित क्षेत्र, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र राज्यका सबै अंग र तहहरुमा जाति, समुदाय तथा लैगिक जनसंख्याको आधारमा समाबेशी तथा समानुपातिक प्रतिनिधित्व र श्रोत माथिको पहुँच र नियन्त्रण सुनिश्चित गराउन नेपाल आदिवासी जनजाति महासंघ लागि परेको सबैमा अवगत नै छ र निरन्तर लागिरहनेछ ।

Please Click here to read all text. (PDF)


Read More

श्री अध्यक्षज्यू , सबै जातीय संस्थाहरु, सबै सम्बन्धन संगठनहरुलाई आईएलओ महासन्धि नं. १६९ बारेमा अन्तक्रिया कार्यक्रममा हार्दिक निमन्त्रणा

Click here to view the invitation letter.

मिति : २०७१ पौष २ गते बुधबार (December 17, 2014)
समय : विहान ठीक ८:०० बजे
स्थान : एभरेष्ट होटल नयाँबानेश्वर, काठमाण्डौ


Read More

बुुटवल घोषणा पत्र, मितिः २०७१ मंसिर १८, बुटवल– १२, रुपन्देही

Click Here to download Full Text


Read More

राष्ट्रिय भेलामा हार्दिक निमन्त्रणा

नेपाल आदिवासी जनजाति महासंघ
जिल्ला समन्वय परिषदहरु
बिषय: राष्ट्रिय भेलामा हार्दिक निमन्त्रणा
 
नेपाल आदिवासी जनजाति महासंघले राष्ट्रिय राजनितिलाई मध्यनजर गर्दै महासंघले गर्दै आएको आन्दोलनको समिक्षा तथा भावि दिनमा गर्ने आन्दोलनको स्वरुप बारे सुझाव लिन जिल्ला समन्वय परिषदहरुको राष्ट्रिय भेला निम्न मिति, स्थान र समयमा गर्न गईरहेको हुनाले उक्त राष्ट्रिय भेलामा जिल्ला समन्वय परिषदहरुबाट अध्यक्ष सहित एक महिलाको उपस्थितिको हार्दिक निमन्त्रणा गर्दछौं ।
 
मिति: २०७१ मंसीर १७–१८ गते (Dec 3 – 4, 2014) बुधबार र विहिबार
स्थान: ग्रीन भ्याली पार्टी प्यालेस, बुटवल नगरपालिका वडा नं १०, रुपन्देही
समय: बिहान ठीक ९:०० बजेदेखि साँझ ४ बजे सम्म
 
सम्र्पकको लागि
नेफिन जि. स. प. अध्यक्षः सन्तराम चौधरी, ९८५७०२३४०५
ग्रीन भ्याली पार्टी प्यालेस, बुटवल,
 
नेफिन सचिवालय
०१–५००१७५४, ५००१६६९
सचिवः सन्त बहादुर चेपाङ ः ९८५१११५११८
कोषाध्यक्षः जगत बराम ः ९८५१००५६९१
नोट : खाना र बस्नको व्यवस्था छ, यातायातको व्यवस्था आ–आफ्नै जिल्ला समन्वय परिषदले गर्नुपर्नेछ ।
 
पेम्बा गुरुङ भोटे
महासचिव
नेपाल आदिबासी जनजाति महासंघ
९८५११९९९५९, ९८४१६८६३२४


Read More
Other Latest News

Forum Discussions

SN Title Comments Views
1 NEFIN Website has changed ! 60 215513
SN Title Comments Views