विश्व आदिवासी दिवस २०१४ -यही २०७१ साल श्रावण २४ गते विहान १२:०० बजे टुँडीखेल जाऔं !        

Welcome to NEFIN Website

NEFIN was formed in 1991 as an autonomous and politically non-partisan, national level umbrella organisation of indigenous peoples/ nationalities. NEFIN currently consists of 48 indigenous member organisations widely distributed across Nepal. NEFIN is a member of the United Nation's Working Group on Indigenous Populations.

    Go to Photo Gallery

Latest Downloads

Useful Web Links

Latest News

विश्व आदिवासी दिवस २०१४ -यही २०७१ साल श्रावण २४ गते विहान १२:०० बजे टुँडीखेल जाऔं !

यही २०७१ साल श्रावण २४ गते विहान १२:०० बजे टुँडीखेल जाऔं ! आदिबासी जनजातिको साँस्कृतिक झलक सहितको विश्व आदिवासी दिवस २०१४ भव्य रुपले सफल पारौं !! कार्यक्रम तालिका (PDF) सबैले आफ्नो मोबाईलमा आदिवासी गीत लाई रिङ्ग टोन बनएर राखिदिनुहोला । NTC Mobile; CRBT NO - 0130046378 NCELL Mobile; PRBT NO - 60452543 UTL NO - 5466306


Read More

नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन पछिको पहिलो तथा विधान अनुसार ४३औं संघीय परिषदको बैठक

मिति २०७० माघ १२ देखि १४ सम्म नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन पछिको पहिलो तथा विधान अनुसार ४३औं संघीय परिषदको बैठक महासंघ संघीय परिषद सचिवालयका श्रदय अध्यक्ष श्री नगेन्द्र कुमार कुमाल ज्यूको अध्यक्षतामा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेल ललितपुरमा ४५ जातीय संस्थाका महासंघ संघीय परिषद सदस्यज्यूहरुको उपस्थितिमा बैठक बसी संघीय परिषद सचिवालयको तर्फबाट महासचिव श्री पेम्बा गुरुङ भोटेद्धारा प्रस्तुत नेपाल आदिवासी जनजाति महासंघको सांगठानिक कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष श्री जगतबहादुर बरामद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन (२०७० जेष्ठ १ गतेदेखि २०७० पौष मसान्त सम्मको) पारित गरि निम्न निति तथा कार्यक्रम पनि पारित गरी सम्पन्न भएकोछ ।

Federal Council Meeting Jan 26-28 (PDF Download)

Mahasachip ko Sagathanik Patibedan (PDF Download)


Read More

हार्दिक निमन्त्रणा

यही मिति : २०७० पौष १९ गते शुक्रबारका दिन अपरान्ह ठीक १२ बजे तमू ह्यूल छौंजधी ( गुरुङ्ग राष्ट्रिय परिषद )  केन्द्रीय कार्यलय, नयाँ बसपार्क बालाजुमा (नयाँबसपार्कको पछाडि दुरसञ्चार कार्यलय नजिकै पानी ठ्यङ्की सगै) नेपाल आदिवासी जनजाति महासंघले “वर्तमान राजनितिक परिवेशः आगामी कार्य दिशा” बिषयक बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुन सम्पूर्ण आदिवासी जनजाति पहिचान तथा संघीय संविधान प्रेमीहरुमा हार्दिक अनुरोध गर्दछु ।
 
नोट:
 
१) सम्पूर्ण जातीय संस्थाका अध्यक्ष तथा पदाधिकारीज्यूहरु ।
२) सबै सम्बन्धन संगठनका अध्यक्ष तथा पदाधिकारीज्यूहरु ।
३) सबै संघीय परिषद सदस्यज्यूहरु । 
४) काठमाण्डौमा उपलब्ध नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदका अध्यक्ष तथा पदाधिकारीज्यूहरु । 
५) नेपाल आदिवासी जनजाति महासंघका पूर्व पदाधिकारी तथा सल्लाहकारज्यूहरु । 
६) आदिवासी जनजाति क्षेत्रका अगुवा तथा विज्ञज्यूहरु । 
 
 
पेम्बा गुरुङ भोटे 
महासचिव 
९८४१६८६३२४ / ९८५११९९९५९
नेपाल आदिवासी जनजाति महासंघ 
संघीय परिषद सचिवालय 
 


Read More

घोषणापत्र बारे ध्यानआकर्षण

नेपाल आदिवासी जनजाति महासंघले २०७० मंसीर ४ मा हुने दोस्रो संविधानसभाको निर्वाचनमा महासंघको तर्फबाट समेट्नु पर्ने मुद्धाहरुको बारेमा प्रमुख राजनितिक दलहरुलाई जातीय संस्थाहरुको उपस्थितिमा १४ बुदें माग सहितको ध्यानआकर्षण पत्र बुझाईयो । उक्त ध्यानआकर्षण पत्र पढ्न ( डाउनलोड गर्न ) यहाँ ल्किक गर्नुहोस् ।


Read More

१९औं विश्व आदिवासी दिवस २०७० कार्यक्रम

१९औं विश्व आदिवासी दिवस २०७० मुल समारोह समिति
 
संयोजक : नगेन्द्रकुमार कुमाल ,  अध्यक्ष नेफिन
सदस्य
: संघीय परिषद सचिवालय पदाधिकारी 
: संघीय परिषद सदस्यहरु
: ५६ जातिय संगठनका अध्यक्ष र महासचिवज्यूहरु
: सचिवालय पूर्व पदाधिकारीहरु 
: सम्वन्धन संगठनका अध्यक्षज्यूहरु
: ७१ जिल्ला समन्वय परिषदका अध्यक्षज्युहरु
: विदेशमा रहेका आदिवासी जनजाति सम्बन्धन संस्थाहरु
 
विभिन्न उपसमितिहरु 
१) स्टाल व्यावस्थापन उपसमिति :
    संयोजक : सूर्य वा. भुजेल उपाध्यक्ष नेफीन –९८५६०२६८१५, ९८०२८२६८१५
 
२) खानपिन व्यवस्थापन उपसमिति :
संयोजक : चिनी माया माझी सचिव नेफीन –९८५१०४४४१९
सह–संयोजक : नरेश तम्राकार संघीय परिषद सदस्य –९८४१५९३५७७
 
 
३) स्टेज व्यावस्थापन उपसमिति :
    संयोजक : डण्डु शेर्पा उपाध्यक्ष नेफीन –९८५१०१४९७९
 
४) आर्थिक व्यास्थापन उपसमिति : 
    संयोजक : जगत व.वराम कोषाध्यक्ष नेफीन –९८५१००५६९१  
५) मोटरसाईकल र्‍याली व्यवस्थापन उपसमिति
संयोजक : राम अवतर मण्डल –९८४९०३५२४७
 
६) अतिथि स्वागत सत्कार उपसमिति :
संयोजक : रोश्नी मेचे उपाध्यक्ष नेफीन –९८४२७१९०६०
 
७) सास्कृतिक व्यवस्थापन उपसमिति 
संयोजक      : यमन चेपाङ – ९८५५०५४१६९
सह–संयोजक  : वेली तामाङ संघीय परिषद सदस्य –९७४१२१०७२० 
  
पुरा कार्यक्रम डाउनलोड गर्न यहा ल्किक गर्नुहोस् । 


Read More

१९ औं विश्व आदिवासी दिवस २०७० को सन्दर्भमा आदिवासी जनजातिको अभियान !

१९ औं विश्व आदिवासी दिवस २०७० को सन्दर्भमा आदिवासी जनजातिको अभियान !
पूर्णसमानुपातिक, समावेशी, प्रतिनिधित्व र पहिचान सहितको संघीयताको लागि नया संविधान सभाको निर्वाचन !! 
 
आदरणीय पत्रकार मित्रहरु,
 
विश्वका सम्पूर्ण आदिवासी जनजातिहरुको चुनौती तथा सामना गर्नुपर्ने समस्याहरु सम्भवत: साझा रहेको छ । हामी आदिवासीहरु विश्वका कुनै पनि कुनामा रहेतापनि आत्मनिर्णयको अधिकार, स्वशासन, स्वायत्तता, जल, जङगल, जमिन र प्राकृतिक श्रोतसाधनमाथि अग्राधिकार तथा पहिचान लगायत राजनैतिक मुद्दामा क्षतिपूर्ति सहित समान अधिकार हुनुपर्नेमा सम्वन्धित राज्यले राजनैतिक रुपमा वहिष्करण, सामाजिक रुपमा अपहेलित, जातीय उत्पीडन, धार्मिक विभेद, अवसरबाट वञ्चित, गरिएको हाम्रो साझा बुझाइ छ । विश्वका आदिवासी जनजातिहरुले आफनो आधारभुत तथा मौलिक अधिकार प्राप्तिका लागि सम्वन्धित राज्यसँग विभिन्न काल खण्डमा लड्दै आएको त्यो लडाइ आज पनि जारी रहेको तथा अधिकार प्राप्ति नभए सम्म जारी रहनेछ । लडाइको प्रतिफल स्वरुप केही देशको शासन व्यवस्थामा आदिवासी जनजातिहरुको आधारभुत अधिकारहरुलाई केही हदसम्म समेटिएको छ भने केही मुलुकहरुका सरकारले आदिवासीहरुलाई अझैसम्म बेवास्ता गरिएको छ । आदिवासी जनजातिहरुसँग सम्वन्धित राज्य सरकारले कार्यान्वयन गर्नुपर्ने स्वतन्त्र पूर्व सुसुचित मञ्जुरी (FPIC) अन्तराष्ट्रिय श्रम संगठन (ILO) महासन्धि नं. १६९ तथा संयूक्त राष्ट्र संघीय घोषणापत्र (UNDRIP) अहिले पनि बेवारिसे अवस्थामा छ । तसर्थ आदिवासी जनजातिहरुको समस्या तथा चुनौती साझा भएको र समाधानको उपाय पनि साझा भएकाले सामुहिक रुपमा राज्य सरकारसँग लड्नु पर्छ भनेर विश्वका सम्पूर्ण आदिवासी जनजातिहरु एक हुन विश्व भरिको साझा संगठनको रुपमा संयूक्र राष्ट्रसंघको आदिबासी मुद्दा सम्बन्धि स्थायी मञ्च  (UNPFII) स्थापना गरेको आज उन्नाइस वर्ष पुगेको छ । आज चुनौतीहरुलाई सामना गर्न तथा आत्म निर्णयको अधिकार स्वशाषन, स्वयत्तता, जल, जमिन, जङगल र प्राकृतिक श्रोत साधन माथि अग्राधिकार तथा पहिचान लगायत राजनितिक मुद्दामा क्षती पुर्ती सहित समान अधिकार प्राप्तीका लागि विश्व आदिवासी दिवसलाई आन्दोलनका रुपमा मनाउन विश्वका सम्पूर्ण आदिवासी जनजातिहरु एकमत भएका छन् ।
 
नेपालको सन्दर्भमा भौगोलिक एकीकरण पश्चात शुरु भएको राज्य व्यवस्थाले आदिवासी जनजातिहरुको भुमि, श्रोत, पहिचान, अस्तित्व, अधिकार, प्रतिनिधित्व, हाम्रो जीबिकोपार्जन पद्धति र राजनीतिक, सामाजिक, धार्मिक, साास्कृतिक र आर्थिक शोषण, दमन र विभेद अहिले २१ औं  शताव्दीमा पनि जारी छ । सम्पूर्ण आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघले आदिवासी जनजातिहरुको पहिचान, अधिकार, प्रतिनिधित्वको सवालमा निरन्तर रुपमा आन्दोलन गर्दै आईरहेका छौं । परिवर्तनको निम्ति नेपालमा पटक पटक उठेका  विभिन्न आन्दोलनहरुमा हाम्रा सवाल र मुद्धाहरुलाई हाम्रा पुर्खाहरुले त्यो समयमा पनि उठाउदै आएको इतिहास हामी सामु छर्लङ छ । नेपाली जनताको परिवर्तनको अकांक्षा र चाहनाले राजनीतिक दलहरुलाई पटक पटक आन्दोलनमा जान वाध्य वनाएको इतिहास साक्षी छ । देशमा भएका सवै जनआन्दोलनहरु राजनीतिक दलहरुलाई सत्तामा पुर्‍याउनको लागि मात्र र जनआन्दोलनवाट प्राप्त परिवर्तनको अनुभूति र उपभोग गर्ने राजनितिक दलहरुको ठेक्का मात्र सावित भयो र राजनीतिक दल, दलहरुको नियति  र 
 
 
भाषिक, धार्मिक, साास्कृतिक हिसावले केन्द्रीकृत एकल जातीय राज्यमा निरन्तर रह्यो हामी आदिवासी जनजातिहरुले यो केन्द्रीकृत एकल जातीय राज्यको निरन्तर विरोध गर्दै आएका छौं । 
 
हाम्रो देश आज इतिहासमै सबभन्दा जटिल मोडमा गुज्रिरहेको छ । नेपाल आदिबासी जनजाति महासंघको स्पष्ट धारणा पहिचान सहितको संघीयता, संघीयता सहितको संविधान र संविधान सभाबाटै संविधान हुनुपर्छ भन्ने रहेको छ ।  पहिचान समावेशी, प्रतिनिधित्व आत्मनिर्णयको अधिकार र संघियता आदि जस्ता मुद्दाहरु संविधानमा सुनिश्चित गर्न सकिएको स्थिति छैन । यी मुद्दाहरु संविधानमा समेट्न पर्ने भएकै कारण ठला राजनितिक दलहरुले पहिलो संविधान सभा विघटन गराएको घाम जस्तै छर्लङ्ग छ । देश दोस्रो संविधान सभाको चुनावमा केन्द्रित भइरहंदा आदिवासी जनजातिहरुको अधिकार सुनिश्चित गर्न पहिचान संघियता पुन: समानुपातिकका साथै न्युनतम एक जाति एक प्रतिनिधित्वको ग्यारेन्टी अर्थात् संविधान सभा निर्वाचन ऐन २०६४ लाई यथावत नराख्दासम्म हाम्रो आन्दोलन जारी रहेको जानकारी साथ यस विश्व आदिवासी दिवस २०७० लाई नेपाल आदिवासी जनजाति महासंघ देशभित्र रहेका सम्पूर्ण आदिवासी जनजातिहरु तथा विदेशमा रहेका प्रवासी आदिवासी जनजातिहरुले सशक्त आन्दोलनका रुपमा मनाउने उद्घो्षका साथ हार्दिक अपिल गर्दर्छौ । 
 
 
नगेन्द्र कुमार कुमाल 
संयोजक
१९र्औ विश्व आदिवासी दिवस २०७० मूल समारोह समिति


Read More

पत्रकार सम्मेलन हार्दिक निमन्त्रणा मितिः २०७० श्रावण १७ गते ।

सबै जातीय संस्था
सबै सम्बन्धन संस्था
आदरणीय आदिवासी जनजाति मित्रहरु
 
विषयः पत्रकार सम्मेलन हार्दिक निमन्त्रणा ।
 
प्रस्तुत सम्बन्धमा नेपाल आदिबासी जनजाति महासंघ संघीय परिषद सचिवालयको मिति २०७० श्रावण १६ गते बसेको बिस्तारित बैठकको निर्णय अनुसार १९ औं विश्व आदिबासी दिवस २०७० भव्यताका साथ सफल पार्न कार्यक्रम तालिका सार्बजनिक गर्नको लागि पत्रकार सम्मेलन गर्ने निर्णय भएको छ । उक्त कार्यक्रममा यहाँहरुको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ । 
 
 
स्थानः फोनिज, अनामनगर
मितिः २०७० श्रावण १७ गते ।
समयः दिनको ठीक ३:०० बजे ।
 
 
नगेन्द्र कुमार कुमाल
अध्यक्ष


Read More
Other Latest News

Forum Discussions

SN Title Comments Views
1 NEFIN Website has changed ! 54 212702
SN Title Comments Views