प्रतिवेदन PDF Print E-mail
Thursday, 18 September 2008 09:26

प्रस्तोता
डीवी गुरुङ (कार्यक्रम संयोजक)
कुमार प्रधान (कर्यक्रम सहायक)
जनजाति सशक्तिकरण परियोजना
नेपाल आदिवासी जनजाति महासंघ
नयाँबाटो धोवीघाट ललितपुर ।
 

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बाग्लुङ ।
मिति २०६५/५/१९ गते ।
स्थान : जिल्ला समन्वय परिषद बाग्लुङको कार्यालय बाग्लुङ बजार ।
समय : ३ः३० बजे ।
जिल्ला : बाग्लुङ ।

नेपाल आदिवासी जनजाति महासंघ जनजाति सशक्तिकरण परियोजनाको आयोजनामा बिभिन्न जिल्ला समन्वय परिषदहरु मध्ये १० वटा जिल्लामा जिल्ला समन्वय परिषदहरुलाई संस्थागत विकास गर्ने योजना अन्र्तगत बागलुङ पनि एक रहेको छ । त्यहि मुताविक बिभिन्न जिल्ला समन्वय परिषदहरुको भ्रमण जानुभएका जेईपी का कार्यक्रम संयोजक श्री डी।वी। गुरुङको नेतृत्वमा कार्यक्रम सहायक श्री कुमार प्रधान सहित दुई जना रहनुभएको थियो । यही क्रममा बागलुङ जिल्लाको जि। स.प. संग मिति २०६५/५/१९ मा छलफल रहेको थियो । परियोजनाको तर्फबाट कार्यक्रम संयोजक श्री डी.वी. गुरुङले परियोजनाको कार्यक्रमबारे जानकारी गराउनुभयो ।

उक्त छलफलमा जि. स. प. अध्यक्ष कोषअध्यक्ष उपाध्यक्ष सचिव र सदस्यहरु सहित अन्य २३ जना आदिवासी जनजाति महिला आदिवासी जनजाति बुद्धिजिवी विद्यार्थीहरुको उपस्थिति रहेको थियो । अध्यक्ष श्री तेजेन्द थापामगरले त्यहाँ भइरहेको गतिविधिहरुको बारे जनकारी दिनुभएको थियो । जि.स.प.ले गाँउ नगर कमिटि गठन लाई तिब्र रुपमा अघि लगिरहेको र अहिले सम्ममा ५९ गाविस मध्ये नरेठाटी अमरभुमी टङ्राम निसी कांडेबास हुक्दीसीर बुर्तीबाङ अरगल राजकुट टिटिहाग र अर्जिया गरी १२ वटा गाविसमा गठन भई नामावली पनि आइसकेको कुस्मीशेरा रामखानी धुलुवावास्कोट रामडाँडा रुवाग बुगादोभान जलजला तुकडाँडा दमेक र बुसकट गरी १० वटा गाविसमा गठन भएको तर तीनीहरुको नामावली आउन बाँकी रहेको र अरु ३७ गाविसमा गठन भइरहेको जि.स.प. का कर्यलय सचिव श्री मनकुमारी बुढाथोकीले बताउनु भएको थियो । धमजा गाविसको गाँउ कमिटिले गाविसबाट रकम लिएर कार्यक्रम पनि गरेको त्यसमा महासघलाई पनि निम्तो दिएको रायडाँडा गाविसमा दलित र जनजातिको लागि १५००००। छुट्टयाएको र जनजातिहरुले रायडाँडाको वाड नं ९ मा मगर भाषाको कक्षा चलाइरहेको पनि अध्यक्षले जानकारी दिनुभयो । जिल्लामा थकाली र मगर जातिको निजी भवन रहको छ । छन्त्याल जातिले आफ्नै जातिको तथ्याङ्क संकलन गरी रहेको र यसमा जि।स।प।ले पनि सहयोग गरिरहेको बताउनभयो । जि.स.प. बागलुङले जिल्लामा राम्रो पहुच जमाएको पाइयो । यसले जिल्लामा रहेको विभिन्न बैदेशिक दातृनिकायमा पनि आफनो समन्वय भईरहेको एनजीओ आइएनजिओसँग पनि आदिवासी जनजातिहरुलाई रोजगारीमा जिल्लामा ३० प्रतिशत आदिवासी जनजाति हुनुपर्ने र त्यसमा जि.स.प. परिषदलाई पनि एक्टिभ कमिटीमा राखिनुपर्ने सहमति भएको जानकारी दिनुभयो जस्तै युएनडीपीको लघु उद्योग विकास कार्यक्रमसँग यो सहमति भएको अव देखि युएनडीपीले महासंघलाई जुनैपनि कार्यक्रममा समन्वय गरी लैजाने भएको छ यो चाहि शुरुवात हो भनी अध्यक्ष तेजेन्द्र थापामगरले जानकारी दिनुभयो । छनौटमा परेका जिल्लालाई महासंघले नेपाल आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानसँग समन्वय गरी सिधै सफारिस गरिदिन पर्ने बताउनुभयो । जि.स.प. बाग्लुङले जिल्लामा कार्यरत भष्टचार विरुद सजालमा सदस्य रहेको र यसले जिल्लामा हुने भ्रष्टाचारको विरुद्धमा मुद्दा हाल्ने पनि गरिरहेको जानकारी दिनुभयो ।

गाँउ कमिटी गठन भएको गा. वि. स. मा आदिवासी जनजाति भनेको के भन्ने पनि थाहा नभएको कार्यलय सचिव मनकुमारी बुढाथोकीले बताउनुभयो । त्यहाँका आदिवासी जनजातिहरुलाई तत्काल विभिन्न किसिमको तालिम तथा कक्षाहरु दिनु पर्ने आई एल ओ १६९ को बारेमा उनीहरु लाई कार्यक्रमहरु दिनु पर्ने गाँउहरुमा विभिन्न संस्थाहरुले कमिटी गठन गरेर छोड्ने हुनाले यसलाई संस्थागत रुपमा अगाडि बढाउनुपर्ने । गाँउ कमिटिलाई तत्काल तीन निर्वाचन क्षेत्र बनाएर तालिम दिनुपर्ने । जिल्लामा राजनैतिक हस्तक्षेप पनि बढ्दै गएकोले यसबाट महासंघलाई छुट्टै राख्नुपनॆ्र नत्र महासंघ एउटा राजनितिक पाटीको अखडा बन्ने बताउनुभयो । शिक्षा जनजाति ज्ञान सीप अनुसन्धनमुलक कार्यक्रम दिनुपर्ने ।


नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्बत ।
स्थान : महासंघको कार्यालय कुस्मा बजार ।
मिति : २०६५/५/२० गते
समय : ९ वजे
जिल्ला : पर्वत

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्वत भरखरै गठन भएको कार्यसमिति रहेकोछ यस कार्यसमितिमा अध्यक्ष श्री दुर्गा बहादुर पुन तुल बहादुर पुन नारायण कुमाल निरुदेवी पुन नवराज गुरुङ क्रमश सचिव उपाध्यक्ष कोषअध्यक्ष सल्लाहकार रहनुभएको छ । जनजाति सशक्तिकरण परियोजनाको आयोजनामा बिभिन्न जिल्ला समन्वय परिषदहरुलाई संस्थागत विकास गर्दै लैजाने परियोजनाको योजना रहेको छ । पर्वत जिल्लाका आदिवासी बुदिजीवी बिद्यार्थी तथा महिलाहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रम जिल्लाका अध्यक्ष श्री दुगा बहादुर पुनको अध्यक्षमा सम्पन्न भएको थियो । जेईपीका कार्यक्रम संयोजक श्री डी।वी। गुरुङले परियोजनाको कार्यक्रम र वर्तत जिल्लालाई गर्न सकिने सहयोग बारे जानकारी गराउनुभयो र पर्वतको संस्थागत विकास के कसरी अघी बडिरहेको र गाउँ नगर कमिटी गठन कसरी अघि बडिरहेकोछ जानकारी लिनुभएको थियो । तत्कालको लागि पर्वतले पनि गाउँ नगर कमीटीमा लाग्नु पर्ने आदिवासी जनजाति हकहितको लागि आईएलओ १६९ के हो र यसमा के छ भन्ने छोटकरीमा राख्नुभयो ।

जिल्ला समन्वय परिषद पर्वतको गतिविधि राख्दै जि.प. स. सल्लहाकार जहेन्द गुरुङले भन्नुभयो जिल्ला विकास समितिको जनजाति कोषबाट महासंघको पहलमा एक लाख निस्कासन गरी कार्यलयको लागि भवन भाडामा लिने र फर्निचर कुसरी लागायत कार्यलयलाई व्यवस्थित गर्ने बाँकी रकम कोषमा जम्मा गरी जेहन्दार तथा गरीव आदिवासी जनजाति विद्यार्थीलाई छात्रबृति कोषको व्यवस्था गरी रु ५०० र १००० को दर वितरण गरिएको बताउनु भयो र अहिले तत्काल चािहं हाउस वाईरिगं तालिम संचालन गरिरहेको जानकारी दिनुभयो । तुल बहादुर पुन नारायण कुमाल धनराज गुरुङ नरायण गुरुङले पनि आपनो कुरा राख्नुभएको थियो । जिल्लामा रहेको आदिवासी जनजाति महिलाहरुको अवस्था बारेमा जानकारी गराउदै कोषअध्यक्ष निरुदेवी पुनले भन्नुभयो अव हामी जोस् जाँगरका साथ गाँउ नगर कमीटिमा लाग्नेछौं । जिल्ला मगर संघका अध्यक्ष श्री सोम पुनमगरले भन्नुभयो यहाँ आदिवासी जनजातिहरु कोही स्वयेतत्ताको पक्ष रहेको तर कोही भने त्यसको विपक्षमा रहेको र यसले यहाँको िसंगो आदिवासी जनजातिलाई नै असर पारेको जानकारी दिनुभयो । आन्दोलनको दौरानमा जिल्ला समन्वय परिषद पर्बतको भुमिको बारेमा जानकारी दिनुभयो । क्षेत्र बहादुर

गूरुङले भन्नुभयो केन्दको निर्देशन सुझाव अनुसार नै हामी पनि अघि बड्नेछौ । अतिथि वक्तका रुपमा जिल्ला समन्वय परिषद बागलुङको अध्यक्षले आपनो अनुभव सुनाउदै एक अर्कामा सहयोग र समन्वय गर्दै जाने र पर्वत जिल्ला अहिले नयाँ जोस जागरका साथ अघि बडेको हुदाँ पर्वतलाई पनि जेईपी परियोजनाबाट विभिन्न किसिमको तालिम तथा कार्यक्रमहरु दिनुपर्ने र आफूलाई पनि जेईपी परियोजनाको तालिमहरुले धेरै कुराहरु सिकाएको अनुभव सुनाउनुभयो । सल्लाहकार नवराज गुरुङले भन्नुभयो यूएनले त विश्वको आदिवासी जनजातिहरुको पक्षमा बोलिरहेको अवस्थामा हामी यहाँका आिदवासी जनजातिहरुले कुनै नौलो कुरा नउठाएको र सरकार पनि यसमा गम्भीर भएर सोच्नुपर्छ । जिल्लामा रहेको साचार माध्यमले पनि हामीहरुलाई राम्ररी सहयोग गरिरहेको जानकारी दिनुभयो । गाँउ नगर कमिटि गठन बारे आफूलाई जानकारी नभएको बताउनुभयो बर्तमान जि. स. प. अध्यक्ष श्री दुर्गा बहादर पुनले अब यसलाई प्राथामिकताका साथ अघि लैजाने र चाँडै नै गाँउ नगर कमिटि गठनमा लाग्ने पर्वत जिल्लाको सम्पूर्ण गा। वि।स।मा गठन गर्ने बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्की ।
मिति : २०६५/५/२१ गते ।
स्थान : नेपाल मगर संघ कास्कीको भवन पोखरा ।
समय : ३ः३० बजे ।
जिल्ला : कास्की ।

नेपाल आदिवासी जनजाति महासंघ जनजाति सशक्तिकरण परियोजनाको आयोजनामा बिभिन्न जिल्ला समन्वय परिषदहरुलाई संस्थागत विकास गर्दै लैजाने योजना अन्र्तगत कास्की पनि एक रहेको छ । त्यस मुताविक बिभिन्न जिल्ला समन्वय परिषदहरुको भ्रमण जानुभएका जेईपी का कार्यक्रम संयोजक श्री डीवी गुरुङले जिल्ला समन्वय परिषद कास्कीले गाँउ नगर कमिटि गठनमा के कसरी अघि बढिरहेको छ कति वटा गा।वि।स।मा गठन भईरहेकोछ र कति वटा हुन बाँकी रहेकोछ । यसलाई छिटो भन्दा छिटो गाँउ नगर कमिटि गठन गर्नु पर्ने बताउनु भयो ।

जि. स. प. का कार्यबाहक अध्यक्ष कोषअध्यक्ष उपाध्यक्ष सचिव र सदस्यहरु सहित अन्य २३ जना आदिवासी जनजाति महिला आदिवासी जनजाति बुदिजिवी विद्यार्थीहरुको उपस्थिति रहेको थियो । अध्यक्ष श्री पुर्ण बहादुर रानामगरले त्यहाँ भइरहेको गतिविधिहरुको जनकारी दिनुभएको थियो । कास्कीमा नेपाल मगर संघ र गुरुग जातिको मात्र निजी भवन भएको र उनीहरु मात्र अरु जातिय संस्था भन्दा बडी सकि्रया रहेको छ । जेइपी परियोजनाले जि.स.प. लाई दिने चालिस हजार रकमको बारेमा जानकारी नभएको बताउनुभयो कास्की जिल्ला । समन्वय परिषदलाई सरकारको पक्षबाट पोखरामा चार रोपनी जग्गा दिएको जानकारी गराउनुभयो । यसमा जि.स.प. को भवन निर्माण गर्ने साथै पोखरा पर्यटकीय नगर भएकोले आदिवासी जनजाति संग्राहलय खोल्ने यसमा जि.स.प. कास्कीले जोडतोडका साथ लाग्ने र केन्द्रको परियोजना बाट पनि सहयोगको आपेक्षा राखेको बताउनुभयो । जातिय सस्थाको हिसावले हेर्ने हो भने पूर्वाचलको झापा जिल्ला भन्दा बडी जातिया संस्था रहेको पाइयो तर त्यति मात्रमा सकि्रय नरहेको पाइयो । कास्कीमा अहिले सम्म १९ जातिय संस्था जिल्ला समन्वय परिषदमा आवद भइसकेको तर थारु दराई शेर्पा आवदको क्रममा रहेको कार्य वहाक अध्यक्ष श्री पूर्ण बहादुर रानामगरले बताउनुभयो ।

जिल्ला समन्वय परिषद कास्कीमा जातिय संस्थाहरु पनि बलियो अवस्थामा रहेको तर जातिय संस्थाहरु बीच अलि समन्वय हुन नसकेको गुनासो गर्नुभयो सचिव दिपक आलेले अव जि. स. प. ले सबै जातिय संस्थाहरुलाई संस्थागत विकास गरी जिल्लामा गाँउ नगर कमिटी

गठन गर्ने यसको लागि संयम कास्कीले पहल गर्नु पर्ने र केन्द्र तथा परियोजनाको सहयोग चाहिने बताउनुभयो । हामी जनजातिहरु विभिन्न पार्टीसँग आवद भएपनि संविधान बनाउने कुरामा हामी सबै जनजातिहरु तथा सभासदहरु एक माचमा उभिनुपर्ने सदस्य भीम मगरले बताउनुभयो । अब हामी राजनैतिक पार्टीको कार्यकर्ता नभई पाटीको प्रत्येक तहमा पुग्नु पर्ने जनजाति नेताहरुले पनि पाटीलाई होइन जनजातिको हितको पक्षमा हिड्नुपर्ने संघीयता स्वेतत्त सम्बन्धमा यहाँका जनजातिहरुलाई प्रशिक्षण दिनुपर्ने आइएलओ १६९ बारेमा अझै अनभिज्ञ रहेको बुद्धिजीवी अमर िसंह थापामगरले बताउनु भयो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनँहु
मिति २०६५/५/२२ गते ।
स्थान : भीरर्काट गा. वि. स. लाकुरी ठहर वाड नं. ३ ।
समय : ३ः३० बजे ।
जिल्ला : तनँहु ।

नेपाल मगर संघ प्रारम्भिक कार्य समिति भिरर्कोट तनँहुको पहलमा भिर्कोट गा. वि. स. को वाड नं. ३ मा मगर भाषाको स्कूल साचालन गर्न चाहेकोकोले र सो कार्यको लागि नेपाल

आदिवासी जनजाति महासंघ तथा जनजाति सशक्तिकरण परियोजनाको सहयोगमा निर्मित भवन अवलोकन गर्न जानुभएका जेइपीका कार्यक्रम संयोजक श्री डीवी गुरुङ र श्री कुमार प्रधान जानुभएको थियो । सो स्थानमा मगर सामुदायिक भवन पूर्ण रुपमा निमार्ण कार्य सम्पन्न भएको र फर्निचरहरु बनाउने क्रम जारी रहेको भवन निमार्ण संयोजक तथा समिति अध्यक्ष श्री शेर बहादुर थापामगरले जनाउनुभयो । अहिले फर्निचर बनाउने ज्यामीहरुलाई जाला दिन बाँकी रहेको पनि जानकारी गराउनु भयो । सो मगर सामुदायिक भवन निर्माण गर्न रु पाँच लाख चौसठी हजार रकम लागेको यसमा जनजाति सशक्तिकरण परियोजनाले रु. एक लाख पच्चीस हजार शान्ति तथा पुननिर्माण मन्त्रलयले रु दुई लाख आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले रु. पच्चीस हजार सहयोग गरेको अरु रकम श्रमदान बाट सम्पन्न गरेको संयोजक शेर बहादुर थापामगरले बताउनभयो । पहिला चौतरीमा पढाउने आजकाल यस ठाँउमा बैठक सभाकक्षा दूई कोठा रहेको यसमा मगर भाषाको कक्षा साचालन गर्ने आपनो भाषा धर्म परम्पराहरु मगर बाल बच्चाहरुलाई पठन पाठन गराउनको लागि सजिलो हुने बताउनु भयो ।