प्रेश विज्ञप्ति, मिति: २०७३ माघ १६ गते        प्रेस विज्ञप्ती र ज्ञापन पत्रहरु        

तमूवान घोषणा पत्र

तमूवान घोषणा पत्र

तमुवानमा आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासनको अभ्यास सम्बन्धी बृहत सम्मेलन बैशाख १७ –१९, २०६९ अप्रिल २९ – मे १, २०१२ तमूवान घोषणा पत्र नेपाल अहिले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महाअभियानमा अघि बढेको छ । चार वर्षअघि सम्पन्न भएको संविधानसभाको निर्वाचनबाट चुनिएका ६०१ सभासद् मध्ये २१८ जना सभासद्हरु आदिवासी जनजाति समुदायका छन् । तथापि आदिवासी जनजातिहरुको अधिकार नयाँ बन्ने संविधानमा सुनिश्चित हुन्छ वा हुँदैन भन्ने कुरा अन्यौलमै रहेको छ । संविधानसभाको म्याद सकिन अव २६ दिन मात्र बाँकी रहेको बेला संविधानसभामा प्रतिनिधित्व गर्ने ठूला राजनीतिक दलका नेताहरु विभिन्न किसिमका जालझेल र षडयन्त्र गरेर संविधानसभाको राज्य पुनःसंरचना तथा राज्य शक्तिको बाँडफाँड समिति र राज्य पुनःसंरचना सुझाव उच्चस्तरीय आयोगले सिफारिस गरेको तथा हामी आदिवासी जनजातिहरुको आहरणीय रुपमा रहेको जातीय पहिचानमा आधारित संघीय राज्य तथा आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासन लगायतको अधिकारलाई नयाँ बन्ने संविधानमा लिपीवद्ध हुन नदिने प्रपञ्चमा लागेको कुरा हालका दिनहरुमा झन स्पष्ट हुँदै आएको छ । नेपाल सयुक्त राष्ट्रसंघको वडापत्र, राजनीतिक र नागरिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी महासन्धी, जातीय भेदभाव विरुद्धको महासन्धी, आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी नं. १६९, आदिवासी जनजातिहरुको मानव अधिकार सम्बन्धी घोषणापत्र लगायतका थुप्रै अन्तरराष्ट्रिय महासन्धी तथा कानुनी सयन्त्रहरुमा हस्ताक्षर गर्ने पक्ष राष्ट्र हो । तर संविधानसभाको निर्वाचन गर्दा माथिका कुनैपनि महासन्धीहरुले प्रत्याभूत गरेका अधिकारहरुलाई वास्ता गरिएन । संविधानसभाको निर्वाचन र संविधान निर्माण प्रकृयामा पनि आदिवासी जनजातिहरुको स्वतन्त्र, अग्रिम जानकारी सहितको मञ्जुरीका अधिकारलाई लागु गरिएको छैन । जातीय भेदभाव विरुद्धको समितिले दिएको सुुझावलाई समेत संविधानसभाले लत्याएको अवस्था छ । त्यसैगरि आदिवासी जनजातिहरुको स्वतन्त्रता र मानवअधिकार सम्बन्धी विशेष समाधिक्षकले दिएको छुट्टै संयन्त्र बनाउनु पर्ने सुझावको पनि कार्यन्वयन भएको छैन । यस्ता सुझावहरुको वावजुद आदिवासी जनजाति समुदायको मौलिक हक र आत्मनिर्णयको अधिकार सम्बन्धी आदिवासी जनजाति सभासद सभाले गरेको प्रस्तावसंग कुनै सरोकार र संयोजन नै नगरी संविधानसभाका प्रकृया अघि बढिरहेको छ । आदिवासी जनजातिहरुको मुद्धा, सवाल र अधिकारलाई सुनिश्चित गर्न र संबोधन गर्न आइएलओ महासन्धि–१६९ र यूएनड्रीपमा हस्ताक्षर गर्ने सदस्य राष्ट्रको हैसियतले नेपालले ति अन्तराष्ट्रिय महासन्धीहरुलाई संबिधान निर्माण प्रक्रियामा उपयोग तथा कार्यान्वयन गर्नुपर्ने हुन्छ । तर त्यसो पनि गरिएको छैन । त्यसैले, तमूवानका हामी आदिवासी जनजातिहरु हामीमा अन्तरनिहित, अहरणीय, जन्मसिद्ध, अभिभाज्य र सार्वभौम मानव अधिकारको प्रयोग गर्दै,सयुक्त राष्ट्रसंघको वडापत्र, राजनीतिक र नागरिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकार सम्बन्धी महासन्धी, जातीय भेदभाव विरुद्धको महासन्धी, आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धी नं. १६९, आदिवासी जनजातिहरुको अधिकार सम्बन्धी सयुक्त राष्ट्रसंघीय घोषणापत्र लगायतका थुप्रै अन्तर्राष्ट्रिय महासन्धी तथा कानुनी सयन्त्रहरुद्धारा प्रत्याभुत गरिएका अधिकारमा आधारित भई आदिवासी जनजाति र राज्य वीच विभिन्न कालखण्ड र समयमा भएका सन्धी सम्झौताहरुको स्मरण गर्दै; आदिवासी जनजातिहरु र राज्य आधारभूत तथा वैधानिकरुपमा समेत दुईवटा समान हैसियतका पक्षहरु हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै; आदिवासी जनजातिहरुको सारभूत पहिचान र सामुहिक सहअस्तित्वलाई अगिंकार गर्दै; नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नमा आदिवासी जनजाति आन्दोलनले पु¥याएको योगदान र उपलब्धीहरुको रक्षा गर्दै; नेपाल राज्यको पुनर्संरचनासहितको संविधानमा आदिवासीहरुको आत्मनिर्णयको अधिकार सहितको स्वायत्तताको सुनिश्चितताको लागि हामी आदिवासी जनजातिहरु आज मिति २०६९ साल बैशाख १९ गते तदनुसार मे १, २०१२ मा यो तमूवान घोषणापत्र जारी गर्दछौं । १) जातीय पहिचानमा आधारित तमूवान प्रदेश र स्वायत्त क्षेत्रहरुलाई स्थापित गर्न तथा आइएलओ महासन्धि–१६९, आदिवासी जनजातिको अधिकार सम्बन्धि घोषणापत्र र राज्यले हस्ताक्षर तथा सहमति गरेका अरु अन्तराष्ट्रिय प्रतिबद्धताहरुमा उल्लेख भएको आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार सम्बन्धी व्यवस्थाहरुको कार्यन्वयनका लागि सरकार र राजनीतिक दलहरुलाई एकिकृत आन्दोलनमार्फत दवाव सृजना गर्ने उद्देश्यले तमूवानको राजधानी पोखरामा बैशाख १७ देखि १९ सम्म आयोजना गरिएको आदिवासी जनजाति बृहत सम्मेलनको पहिलो दिनको जनप्रदर्शन कार्यक्रममा सहभागी हुन आउनुभएका लमजुङ जिल्ला बाझखेत–८ निवासी नेपाल तामाङ घेदुङ जिल्ला समिति लमजुङका सल्लाहकार श्री टीकाराम तामाङको बसको ठक्करबाट हुनुगएको दुखद निधन प्रति यो सम्मेलन दुख ब्यक्त गर्दै मृतक आत्माको चिर शान्तिको कामना गर्दछ र शोक शन्तप्त परिवार प्रति समवेदना प्रकट गर्दछ । साथै यो सम्मेलन स्वर्गीय तामाङलाई तमूवान स्थापना आन्दोलनको शहिद घोषणा गर्दछ । २) पहिचानलाई प्रधान र सामथ्र्यलाई सहायक आधार मानेर संविधानसभाको राज्य पूर्नसःरचना तथा राज्य शक्ति बांडफांड समितिले सिफारिस गरेको १४ प्रदेश, २२ स्वायत्त क्षेत्र, विशेष र संरक्षित क्षेत्र सकारात्मक हँंदा हँंदै पनि अझ छुटन गएका अन्य आदिवासी जनजातिहरुको स्वायत्तताको अधिकारलाई स्थापित गर्न हामी प्रतिबद्ध छौँ । ३) जातीय पहिचानमा आधारित तमूवान प्रदेश नयाँ संविधान जेठ १४ सम्ममा जारी गर्न राज्य सत्ता र ठुला भनिने राजनितिक दल सँग हामी तमूवानका आदिवासी जनाजाति जोडदार माग गद्रै पहिचान विनाको प्रदेश स्थापना भएमा त्यसको विरुद्ध संगठीत आन्दोलन गर्न हामी प्रतिवद्ध छौं । ४) २४० बर्ष भन्दा लामो समय देखि राज्यले निरन्तर र प्रकृयागत रुपमा हामी आदिवासी जनजातिहरुमाथि गरेको विभेद, बहिष्करण र सिमान्तीकरणको अन्त गर्न, जातीय पहिचानको आधारमा तमूवान स्थापित गर्न तथा तमूवानमा बसोवास गर्ने हामी आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार, स्वायत्तता र स्वशासनको अभ्यास गर्न हामी प्रतिवद्ध छौं । ५) संविधान सभामा प्रतिनिधित्व गर्ने ठुला राजनीतिक दलहरुले राज्य पुर्नसंरचना जस्तो गम्भिर मुद्धामा आदिवासी जनजातिसभासद सभा लाई हाल सम्म कुनै परामर्श नगरेकोप्रति खेद प्रकट गर्दै यस्ता महत्वपुर्ण सवालहरुमा आदिवासी जनजाति सभासद सभाको अनिवार्य परामर्श र सहमतिमा मात्र राज्य पुर्नसंरचनाको मुद्धा टुङगो लगाइयोस् भनी यो सम्मेलन जोडदार माग गर्दछ । ६)आदिवासी जनजातिका अधिकारका लागि आदिवासी जनजाति सभासद (ककस)ले सविधानसभामा खेलेको भूमिकाको उच्च सम्मान गर्दै हामी आदिवासी जनजातिहरु र संविधानसभाका आदिवासी जनजाति सभासदहरु पहिचानमा आधारित संघीय प्रदेश स्थापित गर्न र आदिवासी जनजातिहरुको आत्मनिर्णयको अधिकार र स्वायत्तता प्राप्तिका लागि संयुक्त आन्दोलन गर्न प्रतिवद्ध छौँ । ७) हामी आदिवासी जनजातिहरु हाम्रा साझा सवालहरुमा अन्तरसम्वाद गर्न, यसलाई निरन्तरता दिन र आपसी समझदारीलाई सुदृढ गर्न प्रतिवद्ध छौँ । ८) आजसम्म आदिवासी जनजातिहरुसंग भएका सहमति सम्झौताहरु र आदिवासी जनजातिहरुसंग सम्बन्धित राज्यद्वारा गरिएका अध्ययन प्रतिवेदनहरु समेत राज्यपक्षवाट इमान्दारीपूर्वक अहिलेसम्म कार्यान्वयन नभएकोमा निन्दा गर्दै ती सहमति, सम्झौता र प्रतिवेदनहरु अविलम्व कार्यान्वयन गराउनका लागि हामी प्रतिवद्ध छौँ । ९) आदिवासी जनजाति महिला विरुद्ध हुने लैंगिक विभेद र दलित विरुद्ध हुने जातीय छुवाछुत विरुद्ध संयुक्त आन्दोलनलाई सशक्त पार्न प्रतिवद्ध छौँ । १०) यो सम्मेलन पूर्वी नेपालमा चलिरहेको मधेस स्वायत्तता र लिम्वुवान स्वायत्तता लगायत नेपालका विभिन्न भागमा चलिरहेको स्वायत्तता आन्दोलन प्रति ऐक्यवद्धता जाहेर गर्दछ । साथै आदिवासी जनजातिहरुका अधिकारमूखी आन्दोलनहरुमा सक्रिय सहयोग पुरयाउन र ऐक्यवद्ध जनाउन हामी आदिवासी जनजाति सभासदहरु, राजनैतिक दलहरुसंग सम्वद्ध आदिवासी जनजातिका संघ संगठनहरु, बुद्धिजीवि, राजनैतिक नेता, मानव अधिकार कर्मी संचारकर्मी, नागरिक समाज तथा आम न्यायप्रेमी जनसमुदायहरुलाई हार्दिक आव्हान गर्दछ । ११) आदिवासी जनजातिहरुको आत्म–निर्णयको अधिकार, स्वयत्तता र स्वशासन सम्बन्धी आयोजना गरिएको तीन दिने बृहत सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न तमूवान प्रदेशका सम्पुर्ण तमू तथा गैरतमू आदिवासी जनजातिहरु तथा सञ्चारकर्मीहरुले पु्याएको सहयोग र आतिथ्यको लागि सम्मेलन आयोजक समिति हार्दिक धन्यवाद ज्ञापन गर्दछ । १२) यो बृहत सम्मेलन नयाँ बन्ने संविधानमा जातीय पहिचानको आधारमा तमूवान प्रदेश स्थापना गर्न र आदिवासी जनजातीहरुको आत्मनिर्णयको अधिकार, स्वशासन, स्वायत्तता र राजनीतिक अग्राधिकार आदि सुनिश्चितताका लागि निर्णायक आन्दोलन गर्न तमूवान भित्रका जातीय संघ संस्थाका प्रतिनिधिहरु, बिभिन्न राजनीतिक दलसँग आबद्ध तमू मोर्चाहरु, नेपाल भरिका तमू सभासदहरु तथा तमूवान भित्रका सबै आदिवासी जनजाति सभासदहरु, बुद्धिजीविहरु संलग्न तमूवान संयुक्त संघर्ष समिति र सल्लाहकार समिति निर्माण भएको घोषणा गर्दछ । तमूवान संंयुक्त संघर्ष समिति १) श्री कुम्मराज गुरुङ, का. वा. अध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद २) श्री कर्मा गुरुङ, अध्यक्ष, तमू धीं नेपाल ३) मा.अमर गुरुङ, अध्यक्ष, तमू राष्ट्रिय मुक्ति मोर्चा नेपाल ४) मा. इन्द्रबहादुर गुरुङ, सभापति, नेपाल आदिवासी जनजाति संघ ५) मा. किरण गुरुङ, अध्यक्ष, नेपाल लोकतान्त्रिक तमू संघ ६) प्रेमकाजी गुरुङ, तमू स्वाशासित संघ (एकिकृत) ७) हेमजंग गुरुङ, अध्यक्ष, प्रजातान्त्रिक तमू संगठन ८) जंग बहादुर तमू, अध्यक्ष ङ्योए तमू धीं, लेखनाथ नगर पालिका ९) क्या. रुवबहादुर तमू, का.वा. अध्यक्ष, तमू प्ये ल्हु संघ १०) बसन्त शेरचन, अध्यक्ष, थकाली सेवा समाज, कास्की ११) लोक बहादुर दुरा, अध्यक्ष, दुरा सेवा समिति १२) भैरव बराम, अध्यक्ष, बराम सेवा समिति १३) उतम तांवे, अध्यक्ष, तांवे सेवा समाज समिति १४) छेवाङ्ग घ्याम्जो लामा, अध्यक्ष, लार्के समाज कल्याण केन्द १५) निमा लामा, अध्यक्ष, सियार समाज कल्याण केन्द्र केन्द्रीय समिति १६) ईश्वर लाल हिराचन अध्यक्ष, मार्फा थकाली समाज सेवा सदन १७) पद्यकुमार थकाली, अध्यक्ष, तीन गाउँले थकाली सेवा समिति १८) छम्ब ङहवाङ गुरुङ, अध्यक्ष, बाह्रगाउ समाज सेवा समिति १९) नगेन्द्र कुमाल, अध्यक्ष, नेपाल कुमाल समाज सुधार समिति २०) लक्ष्मण भुजेल, अध्यक्ष, भुजेल समाज सेवा समिति २१) नुओङचु गुरुङ ल्होपा, अध्यक्ष, लोछोधुन ल्होपा संघ, केन्दीय समिति २२) जितेन्द्र चेपाङ,अध्यक्ष, नेपाल चेपाङ संघ २३) पान बहादुर भुजेल, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, कास्की २४) राजेन्द्र कुमाल, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, तनहँु २५) खेमजङ गुरुङ, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, लमजुङ २६) सुरेन्द्रकुमार हिराचन, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, मुस्ताङ २७) तेज बहादुर आले, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, स्याङजा २८) भिमबहादुर पुन, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, पर्वत २९) श्री कृष्ण श्रेष्ठ, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद, धादिङ ३०) क्या. एक बहादुर तमू, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद, गोरखा सल्लाहकार समिति १) प्रा. डा. ओम गुरुङ २) खगेन्द्रजङ गुरुङ ३) डा. कृष्ण भट्टचन ४) डा. दिर्घमान गुरुङ ५) प्रा. गणेश बहादुर गुरुङ ६) मा. देव प्रसाद गुरुङ, मनाङ ७) मा. राजकाजी गुरुङ, कास्की ६) मा. कृष्णबहादुर गुरुङ, कास्की ७) मा. बुद्धिराम गुरुङ , लमजुङ ८) मा. लक्ष्मी गुरुङ, रामेछाप ९) मा. इन्द्रमाया गुरुङ, गोरखा १०) मा. सावित्री दुरा, तनहुँ ११) मा. सुरेश आले, तनहँु् १२) मा. माया चेपाङ, गोरखा ् १३) मा. सविना बराम, गोरखा १४) मा. विरेन्द्र ज्वारचन्, मुस्ताङ १५) मा. निमा लामा, मनाङ १६) मा. अमृत थापा , स्याङजा १७) मा. पार्वती थापा , गोरखा १८) मा. पृथ्वी सुव्वा गुरुङ, लमजुङ १९) मा. हितकाजी गुरुङ, स्याङजा २०) मा. टासी स्याङमो गुरुङसेनी, मुस्ताङ २१) मा. कुलबहादुर गुरुङ, इलाम २२) मा. सूर्यमान गुरुङ, ताप्लेजुङ २३) मा. सीता गुरुङ, तेह्रथुम २४) मा. रत्न गुरुङ, काठमाडौं २५) मा. उषा गुरुङ, झापा २६) मा. हीरा गुरुङ, खोटाङ २७) मा. धनराज गुरुङ, स्याङजा २८) मा. उर्मिला थापा, तनहुँ २९) परशु मेघी गुरुङ, केन्द्रिय सदस्य, नेकपा एमाले ३०) तुल बहादुुुर गुरुङ, केन्द्रिय सदस्य, नेकपा एमाले ३१) के. वी. गुरुङ, केन्द्रिय स्थायी समिति सदस्य, नेकपा (एकिकृत) पोखरा १९ बैशाख २०६९ (१ मे , २०१२)

Releted Posts

      

News

      प्रेश विज्ञप्ति, मिति: २०७३ माघ १६ गते
      प्रेस विज्ञप्ती र ज्ञापन पत्रहरु
      नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन ( २०७३ पौष २, ३ र ४ ) भव्यताका साथ सफल पारौं ।।
      नेपाल आदिवासी जनजाति महासंघकाे ४५ आैं संघीय परिषदकाे वैठकवाट पारित विशेष प्र स्ताव ०७२ चैत्र ७ गते काठमाडाैं
      Asia Indigenous People Pact's Public Statement on "excessive us of force to suppress protest and ensure indigenous rights in new constitution"
      प्रेश विज्ञप्ती भाद्र ८ गते ०७२ - कैलाली घटना
      प्रेश विज्ञप्ती भाद्र ७ गते ०७२
      आगामी कार्यक्रम हरु
      प्रेश विज्ञप्ती २९ श्रावण ०७२
      प्रेश विज्ञप्ती २७ श्रावण ०७२
      नेपाल आदिवासी जनजाति महासंघ सम्पूर्ण जिल्ला समन्वय परिषदहरु लाई सर्कुलर पठाएको वारे ।
      नेपाल आदिवासी जनजाति महासंघका सम्पूर्ण एकल जातिय सदस्य र सम्वन्धन संगठनहरलाई आव्हान गरिएको वारे ।
      संविधानको पहिलो मस्यौदा बारे नागरिकको राय सुझावका सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघको अडान र आव्हान
      नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामा फरक मत प्रस्ताव
      प्रेश–विज्ञप्ति (मिति २०७२ बैशाख १५ गते)
      महाभुकम्पबाट पिडितकालागि आदिवासी जनजाति सहयोग अभियानको हार्दिक अपिल
      नेपाल आदिवासी जनजाति महासंघको ४४औं संघीय परिषद बैठकबाट पारित निर्णयहरु (लुम्ले घोषणपत्र)
      खबरदारी सभा तथा अन्य कार्यक्रम तालिका
      नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयले आयोजना गर्ने आन्दोलनका कार्यक्रमहरु
      बृहत धर्ना कार्यक्रममा उपस्थितिको निमन्त्रणा ।
      नेपाल आदिवासी जनजाति महासंघका सम्पूर्ण सदस्य तथा सम्बन्धन संगठनहरुमा हार्दिक अपिल
      श्री अध्यक्षज्यू , सबै जातीय संस्थाहरु, सबै सम्बन्धन संगठनहरुलाई आईएलओ महासन्धि नं. १६९ बारेमा अन्तक्रिया कार्यक्रममा हार्दिक निमन्त्रणा
      बुुटवल घोषणा पत्र, मितिः २०७१ मंसिर १८, बुटवल– १२, रुपन्देही
      राष्ट्रिय भेलामा हार्दिक निमन्त्रणा
      श्री अध्यक्ष ज्यू, सबै जातीय संस्थाहरु, सबै सम्बन्धन संगठनहरु, सबै संघीय परिषद सदस्यहरु - खबरदारी सभामा उपस्थितिको लागि हार्दिक निमन्त्रणाा ।
      प्रेस विज्ञप्ति २०७१ कार्तिक २७ गते
      बैठकमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा बारेमा
      विषय: जनजागरन तथा अन्तरक्रिया कार्यक्रम वारे ।
      जिल्ला प्रशासन कार्यलय मा बुझाउने ज्ञापन पत्र
      प्रेस विज्ञप्ति
      पदाधिकारीहरुको नामावली र जातीय संस्थाको छोटो परिचय पठाईदिने सम्बन्धमा
      कार्यक्रमहरु स्थगित भएको सूचना - आज श्रावण २२ गते हुने भनिएको बिहान ८ बजे को कुटनितिक नियोग सँगको छलफल कार्यक्रम र दिउसो ४ बजेको अन्तर राष्टिय संघ संस्था सँग छलफल कार्यक्रम विषेश कारण बस स्थगित भएको छ ।
      Statement on the occasion of the International Indigenous Peoples Day August 9, 2014 - by Asia Indigenous Peoples Pact (AIPP)
      २० औं अन्तर्राष्ट्रिय विश्व आदिबासी दिवस २०१४ को सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघको पर्चा
      २० औं अन्तर्राष्ट्रिय विश्व आदिबासी दिवस २०१४ को सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघको प्रेस विज्ञप्ती
      २०औ विश्व आदिवासी दिवस श्रावण २४ गते शनिबार १२:०० बजे आ आफ्नो जातिय भेष भुषामा खुला मन्च जाऔ । २०औ विश्व आदिवासी दिवस सफल पारौ ।
      नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन पछिको पहिलो तथा विधान अनुसार ४३औं संघीय परिषदको बैठक
      हार्दिक निमन्त्रणा
      घोषणापत्र बारे ध्यानआकर्षण
      सिंहदरबार घेराउ तथा धर्ना कार्यक्रममा सहभागी हुने बारे
      धर्ना सहित ज्ञापनपत्र बुझाउने बारे
       प्रेस विज्ञप्ती । मितिः ०७० अषाढ १५ गते
      प्रेस विज्ञप्ती ०७० अषाढ ३ गते
      कमलरीहरुको धर्ना कार्यक्रम सहभागि होऔ ! जेठ २१ दिउसो २ बजे हनुमान थान जाऔ
      सविधानसभा निर्वाचनको निर्वाचन ऐन नियमलाई यथावत कायम राख्न
      छलफल कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा
      नेपाल आदिवासी जनजाति महासङ्घ आठौं राष्ट्रिय महाधिवेशनद्धारा निर्वाचित संघीय परिषद सचिवालयका पदाधिकारी नामवली 1 अध्यक्ष नगेन्द्रकुमार कुमाल ९८४१२४४१८४ महासचिव पेम्बा भोट ९८४१६८६३२४
      सौराहा घोषणा पत्र
      नेपाल आदिवासी जनजाति महासंघ आठौं महाधिवेशन सफल पारौ !
      पाँचथर जिल्ला फिदिम गाविसमा गोरु काटेको आरोपमा पुस २६ गते पक्राउ
      नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारको ज्ञापन पत्र : पुष्पकमल दाहाल
      म्हिलाङे सोङ्ती (माघे संक्रान्ति) र छारम्हेङ (नयाँ वर्ष) मूल आयोजक समिति
      भोली पूष २ गते विहान ९ बजे रत्नपार्क, शान्ति वाटीका जाऔ
      नेपाल आदिवासी जनजाति महासंघले ४ वुदे ज्ञापन पत्र
      दलहरुको कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागि होऔ
      दिक्षान्त समारोहमा अनिवार्य दौरा सुरुवाल टोपी र सारी लगाउने सूचना जारी
       मित्थ्याङ्का हामीलाई चाहिन्दैन ! मित्थ्याङ्काको आधारमा कुनै पनि योजनाहरु तर्जुमा गर्न पाईन्दैन !
      सि डि ओ कार्यालय र नेपाली दूतवासकोअगाडी धर्ना
      २०६८ जनगणनाको परिणामको विरोधमा ज्ञापनपत्र तथा धर्ना कार्यक्रममा
      डा. चैतन्य सुब्बाको संयोजकत्वको कार्यादल विघटन
      संघीय परिषद बैठक स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेल, ललितपुरमा हुने
      हामीले एमाले परित्याग ग¥यौं
      नयाँ राजनीतिक शक्ति निर्माणको लागि काठमाडौ र जिल्लामा समुह निर्माण
      नेपाल आदिवासी जनजाति महासंघको प्रस्तावित भावि अभियान
      दशैबारे एउटा स्वाच्छ र बौद्धिक बहस गर्ने हो की ?
      माधव नेपाललाई दिक्तेलमा कालो झण्डा
      आईजिपी कुवेरिसंह रानामगरल।ई हार्दिक बधाई कार्यक्रम
      रेडप्लस सम्बन्धी आदिवासी जनजाति महासंघको अवधारणापत्र
      हिरा गुरुङलाइ सुनियोजित हत्या गरेको
      Adivasi Leaders killed
      हार्दिक धन्यवाद
      Protest against Bhim Rawal
      प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टीको घोषणापत्र
      नेपाल आदिवासी जनजाति पत्रकार संघको घोषणापत्र–२०६९’
      सबैलाई सहभागिता लागि सुचित गरिन्छ
      नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अनुरोध
      जलपान, शुभकामना आदन प्रदान विचार गोष्ठीमा निमन्त्रणा
      चीन र भारत जातिय पहिचान सहितको संघीयता विरोधी हो ?
      कांग्रेस र एमाले संविधान पुर्नस्थापना किन गर्न चहादैन ? कांग्रेस र एमाले चुनावमा सांचै जान चहान्छन् ?
      memorandum letter to the President of European Union.
      संयुक्त राष्ट्रसंघको महासचिव वानक की–मूनको सन्देश
      Message of UN Secretary-General Ban Ki-moon
      श्रावण १७ गते बुधबार २ बजे सबैलाई राष्ट्रिय सभागृहमा निमन्त्रणा
      १८ विश्व आदिवासी दिवस सन्र्दभ सामाग्री र सूचना
      ने.क.पा.(एमाले) को नेपाली लोकतान्त्रिक मंच, स्पेनको उपाध्यक्ष र साधारण सदस्यताबाट समेत राजिनामा
      भिम रावललाई कालो झण्डा
      ११ बुदे घोषणापत्र र आन्दोलनका कार्यक्रम
      आदिवासी जनजाति राजनितिक सम्मेलन” मा प्रस्तुत अवधारणापत्र
      जुलाई ६ तारिखमा सा“झा ७ बजे जर्मनको फ्रयान्कफर्टमा आई पुग्नेछु
      राष्ट्रिय राजनीतिक सम्मेलन
      ०६९ असार २० र २१ गते ूआदिवासी जनजाति राजनितिक सम्मेलन
      हङकङका आदिवासी जनजाति दाजुभाई दिदिवहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन
      एमालेको ७ खिचडी प्रदेशको प्रस्ताव स्वीकार नगर्ने
      तत्काल पार्टी नछोड्ने निर्णय
      विश्व आदिवासी दिवसको लागि बजेट उपलव्ध गराउन
      महासंघका महासचिव आङकाजी शेर्पा किसानलाई पार्टीबाट निष्काशन
      भूमे पर्वको उपलक्षमा हार्दिक मंगलमय शुभकामना
      प्रस्तुत कर्ता ः क. अशोक कुमार राई
      वानकी मुनको विशेष दूत ताम्रट समूयलसंग भेटवार्ता
      जेठ ३१ संघीय परिषद वैठक र असार २ र ३ गतेको राष्ट्रिय सम्मेलन स्थगित
      शहिद धनवहादुर थनेतको पार्थिव शरिरलाई वहाँको जन्मस्थल लागिएकोछ
      भोली जेठ २६ गतेको विरोधसभा सबै आदिवासी जनजातिले वहिष्कार गर्दैछन्
      नेकपा एमाले वरिष्ठ नेता अशोक राईले सम्बोधन गर्ने
      महासंघको झण्डा आधा झुकाउने
      गणतन्त्र विरोधी जेठ २६ को विरोधसभा बहिष्कार गरौ
      राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको सुरक्षाको लागि एक वुदे स्मरणपत्र
      नेपाल आदिवासी जनजाति महासंघको अपिल
      संविधानसभा विघटन गरेको विरोधमा कार्यक्रम गर्नेबारे
      संविधानसभा कस्ले र किन विघटन ग-यो ?
      नेपाल आदिवासी जनजाति महासंघ सचिवालय प्रेस विज्ञप्ति
      संविधानसभा भं¨ कस्ले र किन ग¥यो ? तपाईको प्रतिक्रिया के छ ?
      संविधान जारी नभएसम्मा जनप्रर्दशनलाई निरन्तरता दिने
      ५ लाख आदिवासी जनजातिहरुले संविधानसभा घेराउ
      जेठ १३ र १४ संविधानसभा घेराउ र सडक प्रर्दशन
      कथाकथित सदभाव -यालीका
      जेठ १० गते २.३० बजे टुडिखेलमा आदिवासीको विजयसभा
      शान्ति तथा पुननिर्माण मन्त्रालयमा भएको सहमतिपत्र
      शान्ति मन्त्रालयमा ३ बजे वार्ता शुरु
      सहमति भए जेठ १० गते आमसभा र सहमति नभएमा जेठ १० गते नेपाल बन्द
      संयुक्त संर्घष समितिको वार्ता टोलीको आन्तरिक वैठक
      जेठ ९ गतेको नेपाल बन्द कायमै
      आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपालका मागहरु ः
      आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को प्रेस बिज्ञप्ती
      ३ बजे पुन दोश्रो चरणको वार्ता
      रिपोर्टस क्लवमा महासंघको महासचिव आङ काजी शेर्पामाथी अक्रमणको निन्दा
      जेठ ७, ८ र ९ गते नेपाल बन्दकोबारे पत्रकार सम्मेलन
      व्रहामण, क्षेत्री र दशनामीलाई आदिवासी जनजातिमा सूचीकराण गर्ने निर्णयको विरोध
      व्रहामण, क्षेत्री र दशनामीलाई आदिवासी जनजातिमा सूचीकराण गर्ने निर्णयको विरोध
      जेठ ७, ८ र ९ गते नेपाल बन्द सफल पारौ
      तामसालिङ र नेवा प्रदेशको कार्यक्रममा सहभागि होऔ
      शान्तिपूर्ण मसाल जुलुसमा प्रहरीद्धारा एकासी लठ्ठी प्रहार
      माननीय आङ दावा शेर्पा घाईते
      पहिचान विनाको ११ प्रदेशको विरोधमा प्रेस विज्ञप्ति
      जिल्ला समन्वय परिषदहरुको लागि सरकुर्लर
      आदिवासी जनजातिको अधिकार सम्बन्धि नाराहरु
      गिरजाप्रसाद कोईराला र मदन भण्डारीको सालिकलाई के गर्ने ?
      दलहरु परित्याग गर्ने र संघीयता विरोधी मिडिया बहिष्कार गर्ने चेतवानी
      जेठ १४ गते भित्र नयाँ संबिधान निर्माण गर्ने प्रतिबद्धता
      एक हजार एक सदस्यीय तमुवान भोलिन्टियर्स गठन
      आदिवासी, मधेशी, मुस्लीम र दलित सभासदहरुबीचको सझौताको स्वागत
      बैशाख २९ गते दिउसो २ बजे नया“ बानेश्वर संविधानसभा गेट नं ३ अगाडी
      वाहुन क्षेत्री समाजले हिजो पोखरामा नेपालको प्रथम शहिद लखान थापाको शालिक तोडफोड
      प्रथम शहिद लखन थापामगरको शालिकलाई, ब्राह्मण, क्षेत्री जुलुशले तोडफोड
      बैशाख २८ गते ३ बजै दशौ हजार आदिवासी नया“ बानेश्वर जाऔ
      जनजाति ककसद्धारा नवलपरासी र महेन्द्रनगर घटनाको भत्सर्ना
      पहिचानसहीतिको संघीयतामा जान काँग्रेस नेतृत्वलाई जनजाति कार्यकर्ताको दवाव
      प्रवासी नेपाल आदिवासी जनजाति महासंघको साझा अबधारणा पत्र
      उप प्रधानमन्त्री कृष्ण प्रसाद सिटौलालाई पूर्वचेतवानी
      फिप्ना) कोतर्फबाट ज्ञापन पत्र पेश
      थारु संग्रहालयमा आगजानी गरेको घटनाको कडा शव्दमा भत्सर्ना
      जेठ १,२ र ३ गते नेपाल बन्दको सट्टा जेठ ७, ८ र ९ गते ३ दिने देशव्यापी आमहडताल ÷नेपाल बन्द घोषणा
      उभौली पर्वको उपलक्षमा शुभकामना
      तमूवान घोषणा पत्र
      Please join with us(FIPNA) to submit memorandum
      छलफल गर्न आयोजित कार्यक्रममा उपस्थिति
      अखण्ड सुदुरपश्चिम माग प्रति घोर आपति
      मई १ मजदुर दिवसको उपलक्षमा
      जेठ १, २ र ३ गते नेपाल वन्द,
      अल्पसंख्यक आदिवासी जनजातिहरुको स्वायत्त क्षेत्र र विशेष संरक्षित क्षेत्रको अवधारणा
      संघीय परिषद बैठक स्थगित गरिएको बारे
      बैशाख १२ गते तराई बन्द
      अध्यक्ष झलनाथ खनालसंग भेट
      तमूवानमा आदिवासी जनजाति बृहत सम्मेलन
      पत्रकार सम्मेलनमा निमन्त्रणा
      नेपाल आदिवासी जनजाति महासंघको आन्दोलनको कार्यक्रम
      दक्षिणकालीमा धर्ना दिन जानको लागि आज वैशाख ४ गते मध्यान्ह १२ बजे जनजाति महासंघको कार्यालय कुसुन्तीमा आउनु हुन अनुरोध ।
      सिरुवा पर्वको हार्दिक शुभकामना
      राष्ट्रपति डा. रामवरण यादवले दिनु भएको अभिव्यक्ती प्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भिर आपति
      बनेपामा रणनीतिक तयारको लागि आकस्मीक वैठकबारे
      हार्दिक मंगलमय शुभकामना
      आदिवासी जनजातिका निम्न मागहरुलाई नयाँ संविधानबाट सम्बोधन गर्न आग्रह
      १५ जना कार्यकर्ताको बलमा जनमोर्चाले आव्हन गरेको वागमति बन्द पूर्णरुपले असफल
      तमुहरुको महान पर्व टहोटेंको शुभाकमना
      सबै जिल्लामा आदिवासी जनजाति संयुक्त संर्घष समिति गठन गर्नेबारे।
      
      पत्रकार सम्मेलनमा निम्तो
      धेरै भन्दा धेरै सहभागी भई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध
      आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबियाको ज्ञापन पत्र
      आदिवासी जनजाति विद्यार्थी महासंघको राष्ट्रिय भेला आगामी वैशाख ९ र १० गते सम्पन्न चितवनको नारायणगढमा
      नेपाल बन्द सहितको प्रथम चरणको कार्यक्रमबारे २४ गते पत्रकार सम्मेलन
      बहुभाषिक संघीय शिक्षा प्रणालीको स्थापना गरिनु पर्दछ
      विदेश स्थित नेपाली आदिवासी जनजातिलाई जरुरी सूचना
      ७५ जिल्लाको सि डि ओ कार्यालय अगाडी गाई काटेर खाने
      गाई मारेको झुठो अभियोगमा गिरफ्तार
      गाई मारेको झुठो अभियोगामा आदिवासी जनजाति गिरफतार
      राज्य पुनसंरचनाका सैद्धान्तिक आधारहरु
      तमुवान सम्बन्धी राष्ट्रिय सम्मेलन पोखरामा बैशाख १५ १६ र १७ मा हुने
      आदिवासी जनजाती युवा महासंघ नेपालको निमन्त्रना
      किरात राइ यायोक्खा केन्द्रिय कार्य समितीको 'चुल्हे निम्तो'
      मोटर साइकल रयाली, सहभागी भइदिनुहुन हार्दिक अनुरोध
      बजेट लिनको लागि हार्दिक अनुरोध
      सरकारी समबेशी निती बारे प्रशिक्षण कार्यक्रम
      नेपाल आदिवासी जनजाति महासंघको अपिल .....
      पशुपतिमा किरातीहरुको समाधिस्थलमा शव अन्त्येष्टि गर्न अवरोध पुर्याएको बारे ......
      जनजाति सशक्तीकरण परियोजना ― दोश्रो (JEP II) को शुभारम्भ
      विश्व आदिवासी दिवस ९ अगष्ट २०१० को उपलक्षमा नेपाल आदिवासी जनजाति महासंघको अपिल
      नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय
      INDIAN MEDIAS CAMPAIGN TO DISPUTE BUDDHA’S BIRTH PLACE LUMBINI NEPAL
      नेपाली जनताको संविधान सभा विघटन हुन नदिनेबारे
      नेपालको नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सम्बन्धी अन्तरकि्रयात्मक भेला
      नेपालका डेढ करोड आदिवासी जनजातिहरुको तर्फबाट नेपाल आदिवासी जनजाती महासंघद्वारा जारी ज्ञापन-पत्र
      7th General Convention
      महासंघको सातौ राष्ट्रिय महाधिवेसन
      आदिवासी जनजाति सभासदसभा ककसको नेतृत्व बोलिभीया तर्फ प्रश्थान
      समाचार
      राज्यको पुनस्रंरचना र राज्यशक्तिको बाँडफाड समितिको प्रारम्भिक मस्यौदा प्रति आदिवासी जनजाति सभाषद्सभा ककसको अवधारणा
      राज्य पुनःसंरचना समितिको प्रारम्भिक मस्यौदामा आदिवासी जनजाति सभासदसभा ककसको साझा अवधारणा निर्माण
      नेपाल आदिवासी जनजाति महासंघको महाधिवेसन चैत्र महिनामा हुने
      प्रेश विज्ञप्ती
      

Press Release

      प्रेस विज्ञप्ती ०७० अषाढ ३ गते
      Indigenous Peoples Face Further Marginalization at ASEAN Civil Society Conference
      जनजाति महासंघ गम्भिर रुपमा चिन्तित
      आदिबसी जनजती महिलहरुको प्रथम राष्ट्रिय भेलको उदघटना २०६८ माघ २७
      Interaction Party and Indigenous Leaders
      Maag 21 gate 1 Baje ABC Television hernus
      AIPP Meeitng
      Adivasi Janajati Mahilaharu ko Rastria Bhela
      Hardik Samabedana
      “First Martyr Lakhan Thapa Magar Memorial Day” Feb12, 2012
      पूर्वाग्रहीपूर्ण हटाइएको आयोगको निर्णयप्रति हिमाली आदिवासी सभासद (ककस) को गम्भीर ध्यानार्षण
      What will happen on Maag 21 Saturday ?
      Looking for full time Programme Officer to oversee the youth program in Nepal
      Sonam Losar ko Suvakamana
      Nepal International Indigenous Film Festival-NIIFF in 2012
      आदिवासीहरूको आत्मनिर्णयको अधिकार र स्वयत्तताको सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०६८ माघ ५ देखि ७ गते
      हार्दिक मंगलमय शुभकामना
      स्थानियको दलिय संयन्त्र खारेज गर्न गरेको निर्णयको स्वागत गर्दछौ
      माघे सक्रान्ती÷माघीको शुभकामना
      महिलाहरुको राष्टिय भेलाको तयारी बैठकमा निमन्त्रणा
      नेपाल सरकारको क्यालेण्डरमा आदिवासी जनजातिको फोटो
      आदिवासी जनजाति माथि अन्याय भएको बन्द
      आदीबासी जनजाति युवाहरुले उपभोक्ता समितिको कार्यालयमा तोडफो

Currently User online : 10