नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषदको सचिवालय, पहिलो चरणको आन्दोलनको कार्यक्रम (२०७३ फागुन १९ देखि २०७४ वैशाख ९ गतेसम्म)        सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यू लाई ध्यानाकर्षण पत्र        

प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टीको घोषणापत्र

प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टीको घोषणापत्र Proposed Manifesto of Social Democratic Pluri-National Party

प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टीको घोषणापत्र Proposed Manifesto of Social Democratic Pluri-National Party १. नबदलिएको राज्यसत्ताको चरित्र तथाकथित उच्च जातबाट नियन्त्रित राज्यले बहुजातीय र बहुभाषिक सामाजिक स्थितिलाई सिद्धान्ततः स्वीकार गरे तापनि विभिन्न जातीय, भाषिक, धार्मिक, सांस्कृतिक, लैङ्गिक, क्षेत्रगत र वर्गीय समुदायबीच समानता दिलाउन सकेका छैनन्, बरु बाहुनवाद, पितृसत्तावाद र सामन्तवादको दुष्चक्रलाई नै निरन्तरता दिइरहेका छन् । साथै, मुलुकको आर्थिक उन्नति गरी नेपालीहरुलाई राहत दिनुको सट्टा गरीब र धनीबीचको खाडल अझ गहिरो बनाइएको छ । भ्रष्टाचार, कुशासन र मनपरीतन्त्रले देश आक्रान्त बनाएको छ । एक जात, एक भाषा, एक धर्म, एक संस्कृति, एक लिङ्ग, एक क्षेत्र र एक वर्गको राज्यनीति अहिलेसम्म निरन्तर कायम छ । राज्य पूर्णतया जातिवादी (रेशिष्ट) आधारमा चलिरहेकै छ । आजसम्म गठित सरकारहरुले राज्यको जातिवादी नीति र संस्कृतिलाई ठोस रुपमा निरन्तरता दिइरहेका छन् । यी सरकारहरुले कपटपूर्ण समावेशी नीति अख्तियार गरेर आदिवासी जनजाति, दलित, मधेसी, मुस्लिम, मातृभाषि, अन्य धर्मावलम्बी, महिलालगायतलाई बहिष्करण गरे । त्यसैगरी, यी सरकारहरुले गरीब, विपन्न वर्ग, किसान, मजदुर, भूमिहीन र अन्य सीमान्तकृतहरुको हितमा काम गर्नुको सट्टा उनीहरुको स्थितिलाई झनै कठीन बनाउने काम गरे । उनीहरुले नेपालभित्रका बहुल—राष्ट्रियतालाई सुदृढ बनाउंदै लानुको सट्टा थिचोमिचो गर्दै कमजोर बनाउने कार्यमा लागि परे र बाह्य शक्तिसंग आत्मसमर्पण गरी नेपालको आर्थिक, सामाजिक र राजनीतिक अवस्थालाई खोक्रो पार्दै नेपालकै प्रतिष्ठालाई धराशायी पारिरहेका छन् । २. जातीय अन्तरद्वन्द र ध्रुबीकरण नेपालको इतिहास आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिमलगायत र शासक जातबीचको जातीय अन्तरद्वन्द समय–समयमा सतहभित्र र बाहिर रहने गरी नेपालको राजनीतिको केन्द्र बिन्दूमा रहदै आएको छ । १४ जेठ २०६९ मा संविधानसभाको विघटन भएको अवस्थासम्म आइपुग्दा तथाकथित उच्च जातीय एकाधिकारवादीको एउटा ध्रुव र आदिवासी जनजाति, मधेसी, मुस्लिम लगायतको अर्को ध्र्ुवमा ध्रुवीकृत भइसकेको अवस्था छ । राजनीतिक दल, निजामती र प्रहरी सेवा, सञ्चार (मिडीया), नागरिक समाज, बौद्धिक क्षेत्रलगायतमा हावी रहेका तथाकथित उच्च जातीय एकाधिकारवादीहरु जातीय पहिचान सहितको संघीयता, आत्मनिर्णयको अधिकार, जातीय र क्षेत्रगत स्वायत्ततालगायतका अहम् मुद्दाहरुको विरुद्धमा उभिएका छन् । विगत लामो समयदेखि विश्वभरी नै पहिचानको राजनीतिले सघन रुप लिन थालेको छ । २०४६ र २०६२÷२०६३ सालका जनआन्दोलनका साथै २०६३ को मधेसी आन्दोलन उत्कर्षमा उठान भएर मधेसी पहिचानको आन्दोलनलाई स्थापित गर्न सफल भयो । तर उक्त आन्दोलनले उठाएको पहिचानका मुद्दाहरुलाई संस्थागत गर्न र संविधानमा लिपिबद्ध गर्न बँ“ंकी छ । नेपालमा लामो समयदेखि उठिरहेको आदिवासी जनजातिको आन्दोलन, १० वर्षे जनयुद्ध, २०४६ र ०६२÷२०६३ सालका जनआन्दोलन, २०६९ सालमा उठेको सडक र संविधानसभामा आदिवासी जनजाति आन्दोलनका साथै थरुहट र लिम्बूवान सहितका आन्दोलनले पहिचानको मुद्दालाई स्थापित गर्न सफल भयो । तर उक्त आन्दोलनले उठाएको पहिचानका मुद्दाहरुलाई संस्थागत गर्न र संविधानमा लिपिबद्ध गर्न बा“की छ । त्यस्तैगरी लामो समयदेखि उठिरहेका दलित, मुस्लिम, महिलालगायतका आन्दोलन र २०४६ र ०६२÷२०६३ सालका जनआन्दोलनले उठाएका पहिचानको मुद्दाहरुलाई संस्थागत गर्न र संविधानमा लिपिबद्ध गर्न बा“की छ । संघीयता र पहिचान विरोधीहरुको षडयन्त्रको कारणले यी सबै पहिचानको मुद्दाहरुलाई संस्थागत गर्न र संविधानमा लिपिबद्ध गर्न सकिएन । नेपालमा जातीय अन्तरद्वन्दको साथै लैङ्गिक अन्तरद्वन्द पनि बिकराल हु“दै आएको छ । पितृसत्तावादले गर्दा महिला र भिन्न यौनिक अभिमुखीकरण भएकाहरु विरुद्ध चरम लैङ्गिक विभेद छ भने महिलाभित्र आदिवासी जनजाति, दलित, मधेसीलगायतका महिलाहरु जातीय र क्षेत्रगत आधारमा थप विभेदको शिकार भएका छन् । लैङ्गिक सवालमा पितृसत्ता विरुद्ध सबै महिला एकै भए पनि जातीय र क्षेत्रगत आधारमा विविधता छ । देशमा वर्गीय अन्तरविरोध पनि विद्यमान रहेको छ । मुट्ठीभरको सम्भ्रान्त वर्गले मुलुकको सम्पूर्ण स्रोत र साधनमा शदीयौंदेखि एकलौटी हालिमुहाली गरी लाखौं लाख जनतालाई गरिबीको खाडलमा पारेको छ । केन्द्रीकृत शासन व्यवस्थाले मोफसलका जनताको चाहनालाई नबुझी र आवाजलाई नसुनेर सीमान्तकृत बनाइएको छ । बाहुन क्षेत्रीहरुलाई अन्य समस्या नभए पनि वर्गीय समस्या भने विद्यमान छ । जातीय र लैङ्गिक पहिचानभित्र वर्गीय अन्तरविरोध रहेकाले र वर्गीयभित्र जातीय र लैङ्गिक अन्तरविरोध रहेकाले यी दुवै समस्याहरुले थप जटिलता सृजना गरेको छ । ३. मुलुकका विद्यमान मुद्दाहरु प्रस्तावित पार्टीले अविलम्ब समाधान गर्न मुलुकका निम्नलिखित मुद्दाहरुलाई गम्भीरतापूर्वक लिनेछ । ३.१. आदिवासी जनजातिका प्रमुख मुद्दा १. जातीय एकल पहिचान सहितको संघीय गणतन्त्र २. सामूहिक तथा विशिष्ट पहिचान र सामूहिक अधिकार ३. जातीय आत्म–निर्णयको अधिकार ४. स्वतन्त्र, अग्रीम जानकारी सहितको मञ्जुरी ५. जातीय स्वायत्तता र स्वशासन ६. भूमि, भूभाग र स्रोतमा स्वामित्व र नियन्त्रण ७. प्रथाजन्य कानूनको मान्यता ८. धर्म निरपेक्षता र त्यसको व्यवहारिक कार्यान्वयन ९. भाषिक समानता १०. जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व प्रणालीको प्रत्याभूति ११. सकारात्मक विभेद १२. आदिवासी जनजाति महिलाको पहिचान र समान अधिकार १३. धर्मनिरपेक्षताको कार्यान्वयन ३.२. दलितका प्रमुख मुद्दा १. जातीय आधारमा हुने सबै प्रकारका छुवाछुत र भेदभावको अन्त्य २. छुवाछुतलाई राज्य विरुद्धको अपराध, मानवता विरुद्धको अपराध र गम्भीर सामाजिक अपराधको रुपमा परिभाषित गर्दै यसका अपराधीहरुलाई कडा कानूनी कार्वाहीको प्रत्याभूति ३. स्वतन्त्र र सम्मानपूर्वक बा“च्न पाउने अधिकारको प्रत्याभूति ४. नीतिनिर्णयको तहलगायत राज्यका सबै अंग र तहमा समानुपातिक प्रतिनिधित्व प्रणाली ५. भूमिमा अधिकार तथा सुकुम्वासी र भूमिहीनताको समस्यालाई तत्काल सम्वोधन गरेर उनीहरुलाई आवश्यक भूमि वितरण गरी बासको समेतको प्रत्याभूति ६. सार्वजनिक तथा निजी क्षेत्रमा समेत रोजगारीको सुनिश्चितता सहितको विशेषाधिकार र ऐतिहासिक क्षतिपूर्ति ७. दलितको परम्परागत सीप र पेशाको आधुनिकीकरण ८. दलित महिला विरुद्ध हुने जातीय र लैङ्गिकलगायतका बहुल विभेदको अन्त्य ९. अन्तरजातीय विवाह विरुद्धको कार्यलाई कानूनी कारबाहीको व्यवस्था १०. उच्च शिक्षासम्म छात्रबृत्ति सहितको निःशूल्क शिक्षाको प्रत्याभूति ११. गरीब तथा विपन्न दलितहरुको स्वास्थ्यमा सुधार ल्याउन बीमा सहितको स्वास्थ्य उपचारको सुनिश्चितता १२. मधेसी दलित विरुद्ध हुने सबै प्रकारको क्षेत्रगत विभेदको अन्त्य तथा भाषा तथा संस्कृतिको संरक्षण ३.३. मधेसीका प्रमुख मुद्दा १. सामूहिक र विशिष्ट क्षेत्रगत पहिचान र अधिकार २. क्षेत्रगत पहिचान सहितको संघीय गणतन्त्र ३. क्षेत्रगत आत्म–निर्णयको अधिकार ४. क्षेत्रगत स्वायत्तता र स्वशासन ५. भाषिक समान अधिकार ६. राज्यको सबै अंग र तहमा जातीय र सामुदायिक समानुपातिक प्रतिनिधित्वको प्रत्याभूति ७. सकारात्मक विभेद ८. मधेसी महिला र मधेसी दलितको पहिचान र समान अधिकार ९. सेनामा एक पटक निश्चित संख्यामा सामूहिक प्रवेश, र प्रहरी र निजामती सेवामा समान अवसर ३.४. मुस्लिमका प्रमुख मुद्दा १. मुस्लिमको संवैधानिक पहिचान र अधिकार २. स्वतन्त्र र सम्मानपूर्वक बांच्न पाउने अधिकारको प्रत्याभूति ३. जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको प्रत्याभूति ४. शिक्षा, स्वास्थ्य र रोजगारीमा समानुपातिक समावेशी प्रतिनिधित्वको प्रत्याभूति ५. भाषिक समानता ६. सकारात्मक विभेद सहितको विशेष व्यवस्था ७. अलग पारिवारिक कानून ८. धर्मनिरपेक्षताको कार्यान्वयन र धार्मिक स्वतन्त्रता ९. मदरशा शिक्षालाई प्राथमिकता दिने १०. हज कमिटीलाई राजनीतिक प्रभावबाट मूक्त राख्ने ११. ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वका स्थल, वस्तु आदिको संरक्षण १२. मुस्लिमको विशेष पर्वहरुमा विदा १३. मुस्लिम आयोगको गठन ३.५. लैङ्गिक मुद्दा १. पितृसत्ताको अन्त्य २. लैङ्गिक समता र समानता ३. स्रोतमा समान अवसर, नियन्त्रण्ँ र फायदाको समान वितरण ४. महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र विभेदको अन्त्य ५. आप्mनो शरीरमा आप्mनो अधिकार ६. राज्यको सबै अंग र तहमा लैङ्गिक जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वको प्रत्याभूति ७. सकारात्मक विभेद र विशेष व्यवस्था ८. भिन्न यौनिक अभिमुखीकरणको पहिचान, मान्यता र समान अधिकार ३.६.अपांगता भएकाहरुको मुद्दा १. अपाङ्गताको आधारमा हुने सम्पूर्ण विभेदको अन्त्य २. सकारात्मक विभेद र विशेष व्यवस्था ३. रोजगारीमा प्राथमिकता ३.७. वर्गीय तथा अन्य मुद्दाहरु १. गरीबी, बेरोजगारी, श्रमिक समस्या, शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विपन्न जनताको पहुच विहीनता, न्यून आर्थिक बृद्धि र असन्तुलित विकासको अन्त्य २. कुशासन, भ्रष्टाचार, दण्डहीनता र जनताको आवाज सुनुवाई नहुने समस्याको अन्त्य ३. भूमिहीनता र किसानको समस्याको समाधान ४. असमानता, असमावेशी र सामाजिक न्यायको अभावको अन्त्य ५. नागरिकताको समस्याको समाधान र मानवअधिकारको उल्लंघनको अन्त्य ६. प्राकृतिक स्रोतसाधन र वातावरण विनाशको समस्याको समाधान ४. विचार र सिद्धान्त प्रस्तावित पार्टी बहुल—राष्ट्रियवाद, सामाजिक लोकतन्त्र र आदिवासीवादको विचार तथा सिद्धान्तबाट निर्देशित हुनेछ । ५. समाधानका उपाय तथा नीतिहरु आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिमलगायतका मुद्दाहरुलाई प्रस्तावित पार्टीले निम्न समाधानका उपाय तथा नीतिहरु अवलम्बन गर्नेछः (क) बहुल—राष्ट्रियवाद (१) विविधता र सहअस्तित्व (२) पहिचानको विविधता र विशिष्टतालाई मान्यता (३) अन्तर्राष्ट्रिय मापदण्ड (४) धर्मनिरपेक्षता (५) वैकल्पिक विश्व प्रणाली (६) सबै प्रकारको उपनिवेशवादबाट मूक्तिसहितको बहुल—राष्ट्रवाद (ख) आदिवासीवाद (१) आत्मनिर्णय, स्वायत्तता र स्वशासन (२) सामूहिक र व्यक्तिगत मानवअधिकारको सम्मान (३) स्वतन्त्र, अग्रीम जानकारी सहितको मञ्जुरी (४) प्रथाजन्य कानून (५) आत्मनिर्णित विकास (ग) राष्ट्रियता आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, खस लगायतका राष्ट्रियता (घ) सामाजिक लोकतन्त्र (१) सारभूत समानता र समता (२) सामाजिक न्याय (३) समानुपातिक प्रतिनिधित्व र विशेष प्रतिनिधित्व (४) अविभेद (५) विशेष संरक्षण (६) सकारात्मक विभेद, सकारात्मक उपाय, र विशेष संरक्षण (७) क्षतिपूर्ति (८) लैंगिक समानता र समता (९) प्रक्रिया, स्रोत र प्रतिफलमा समावेशीकरण (१०) लोककल्याणकारी राज्य, र राज्यको दायित्व, (११) आर्थिक तथा सामाजिक विकास (१२) विधिको शासन र जवाफदेहिता (१३) वातावरणवाद शदीयौंदेखि सम्बोधन नभएको मुलुकको विद्यमान समस्याहरु समाधान गर्नका लागि प्रस्तावित पार्टीमा गोलबन्द हुन सम्पूर्ण न्यायप्रेमी नेपाली जनतालाई आव्हान गरिन्छ । सुझाव आव्हान प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टीको घोषणापत्रका सम्बन्धमा यहांहरुको महत्वपूर्ण सुझाव निम्न ठेगानामा २०६९ साल असोज १५ गतेभित्र दिनु भई सहयोग गरी दिनुहुन हार्दिक अनुरोध गरिन्छः डा. चैतन्य सुब्बा, संयोजक, घोषणापत्र बहस तथा सुझाव संकलन कार्यदल पोष्ट बक्स नं.ः ८९७५ ई.पी.सी. ७०६७ काठमाडौं ई–मेल ठेगानाः chaitanyasubba@gmail.com डा. कृष्ण भट्टचन, सदस्य, घोषणापत्र बहस तथा सुझाव संकलन कार्यदल ई–मेल ठेगानाः bhattachan.k@gmail.com नन्द कन्दङ्वा, सदस्य, घोषणापत्र बहस तथा सुझाव संकलन कार्यदल ई–मेल ठेगानाः kandangwank@gmail.com

Releted Posts

      

News

      नेपाल आदिवासी जनजाति महासंघ, संघीय परिषदको सचिवालय, पहिलो चरणको आन्दोलनको कार्यक्रम (२०७३ फागुन १९ देखि २०७४ वैशाख ९ गतेसम्म)
      सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालज्यू लाई ध्यानाकर्षण पत्र
      पत्र: सबै जिल्ला समन्वय परिषदहरु - कार्यक्रम जानकारी सहित बृहत सहभागीता सम्बन्धमा ।
      पत्र: श्री अध्यक्षज्यू,५६ जातीय संस्थाहरु - कार्यक्रम जानकारी सहित बृहत सहभागीता सम्बन्धमा
      प्रेश विज्ञप्ति, मिति: २०७३ माघ १६ गते
      प्रेस विज्ञप्ती र ज्ञापन पत्रहरु
      नेपाल आदिवासी जनजाति महासंघको नवौं राष्ट्रिय महाधिवेशन ( २०७३ पौष २, ३ र ४ ) भव्यताका साथ सफल पारौं ।।
      नेपाल आदिवासी जनजाति महासंघकाे ४५ आैं संघीय परिषदकाे वैठकवाट पारित विशेष प्र स्ताव ०७२ चैत्र ७ गते काठमाडाैं
      Asia Indigenous People Pact's Public Statement on "excessive us of force to suppress protest and ensure indigenous rights in new constitution"
      प्रेश विज्ञप्ती भाद्र ८ गते ०७२ - कैलाली घटना
      प्रेश विज्ञप्ती भाद्र ७ गते ०७२
      आगामी कार्यक्रम हरु
      प्रेश विज्ञप्ती २९ श्रावण ०७२
      प्रेश विज्ञप्ती २७ श्रावण ०७२
      नेपाल आदिवासी जनजाति महासंघ सम्पूर्ण जिल्ला समन्वय परिषदहरु लाई सर्कुलर पठाएको वारे ।
      नेपाल आदिवासी जनजाति महासंघका सम्पूर्ण एकल जातिय सदस्य र सम्वन्धन संगठनहरलाई आव्हान गरिएको वारे ।
      संविधानको पहिलो मस्यौदा बारे नागरिकको राय सुझावका सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघको अडान र आव्हान
      नेपालको संविधान, २०७२ प्रारम्भिक मस्यौदामा फरक मत प्रस्ताव
      प्रेश–विज्ञप्ति (मिति २०७२ बैशाख १५ गते)
      महाभुकम्पबाट पिडितकालागि आदिवासी जनजाति सहयोग अभियानको हार्दिक अपिल
      नेपाल आदिवासी जनजाति महासंघको ४४औं संघीय परिषद बैठकबाट पारित निर्णयहरु (लुम्ले घोषणपत्र)
      खबरदारी सभा तथा अन्य कार्यक्रम तालिका
      नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयले आयोजना गर्ने आन्दोलनका कार्यक्रमहरु
      बृहत धर्ना कार्यक्रममा उपस्थितिको निमन्त्रणा ।
      नेपाल आदिवासी जनजाति महासंघका सम्पूर्ण सदस्य तथा सम्बन्धन संगठनहरुमा हार्दिक अपिल
      श्री अध्यक्षज्यू , सबै जातीय संस्थाहरु, सबै सम्बन्धन संगठनहरुलाई आईएलओ महासन्धि नं. १६९ बारेमा अन्तक्रिया कार्यक्रममा हार्दिक निमन्त्रणा
      बुुटवल घोषणा पत्र, मितिः २०७१ मंसिर १८, बुटवल– १२, रुपन्देही
      राष्ट्रिय भेलामा हार्दिक निमन्त्रणा
      श्री अध्यक्ष ज्यू, सबै जातीय संस्थाहरु, सबै सम्बन्धन संगठनहरु, सबै संघीय परिषद सदस्यहरु - खबरदारी सभामा उपस्थितिको लागि हार्दिक निमन्त्रणाा ।
      प्रेस विज्ञप्ति २०७१ कार्तिक २७ गते
      बैठकमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा बारेमा
      विषय: जनजागरन तथा अन्तरक्रिया कार्यक्रम वारे ।
      जिल्ला प्रशासन कार्यलय मा बुझाउने ज्ञापन पत्र
      प्रेस विज्ञप्ति
      पदाधिकारीहरुको नामावली र जातीय संस्थाको छोटो परिचय पठाईदिने सम्बन्धमा
      कार्यक्रमहरु स्थगित भएको सूचना - आज श्रावण २२ गते हुने भनिएको बिहान ८ बजे को कुटनितिक नियोग सँगको छलफल कार्यक्रम र दिउसो ४ बजेको अन्तर राष्टिय संघ संस्था सँग छलफल कार्यक्रम विषेश कारण बस स्थगित भएको छ ।
      Statement on the occasion of the International Indigenous Peoples Day August 9, 2014 - by Asia Indigenous Peoples Pact (AIPP)
      २० औं अन्तर्राष्ट्रिय विश्व आदिबासी दिवस २०१४ को सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघको पर्चा
      २० औं अन्तर्राष्ट्रिय विश्व आदिबासी दिवस २०१४ को सन्दर्भमा नेपाल आदिवासी जनजाति महासंघको प्रेस विज्ञप्ती
      २०औ विश्व आदिवासी दिवस श्रावण २४ गते शनिबार १२:०० बजे आ आफ्नो जातिय भेष भुषामा खुला मन्च जाऔ । २०औ विश्व आदिवासी दिवस सफल पारौ ।
      नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन पछिको पहिलो तथा विधान अनुसार ४३औं संघीय परिषदको बैठक
      हार्दिक निमन्त्रणा
      घोषणापत्र बारे ध्यानआकर्षण
      सिंहदरबार घेराउ तथा धर्ना कार्यक्रममा सहभागी हुने बारे
      धर्ना सहित ज्ञापनपत्र बुझाउने बारे
       प्रेस विज्ञप्ती । मितिः ०७० अषाढ १५ गते
      प्रेस विज्ञप्ती ०७० अषाढ ३ गते
      कमलरीहरुको धर्ना कार्यक्रम सहभागि होऔ ! जेठ २१ दिउसो २ बजे हनुमान थान जाऔ
      सविधानसभा निर्वाचनको निर्वाचन ऐन नियमलाई यथावत कायम राख्न
      छलफल कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा
      नेपाल आदिवासी जनजाति महासङ्घ आठौं राष्ट्रिय महाधिवेशनद्धारा निर्वाचित संघीय परिषद सचिवालयका पदाधिकारी नामवली 1 अध्यक्ष नगेन्द्रकुमार कुमाल ९८४१२४४१८४ महासचिव पेम्बा भोट ९८४१६८६३२४
      सौराहा घोषणा पत्र
      नेपाल आदिवासी जनजाति महासंघ आठौं महाधिवेशन सफल पारौ !
      पाँचथर जिल्ला फिदिम गाविसमा गोरु काटेको आरोपमा पुस २६ गते पक्राउ
      नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारको ज्ञापन पत्र : पुष्पकमल दाहाल
      म्हिलाङे सोङ्ती (माघे संक्रान्ति) र छारम्हेङ (नयाँ वर्ष) मूल आयोजक समिति
      भोली पूष २ गते विहान ९ बजे रत्नपार्क, शान्ति वाटीका जाऔ
      नेपाल आदिवासी जनजाति महासंघले ४ वुदे ज्ञापन पत्र
      दलहरुको कार्यालयमा धर्ना तथा ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागि होऔ
      दिक्षान्त समारोहमा अनिवार्य दौरा सुरुवाल टोपी र सारी लगाउने सूचना जारी
       मित्थ्याङ्का हामीलाई चाहिन्दैन ! मित्थ्याङ्काको आधारमा कुनै पनि योजनाहरु तर्जुमा गर्न पाईन्दैन !
      सि डि ओ कार्यालय र नेपाली दूतवासकोअगाडी धर्ना
      २०६८ जनगणनाको परिणामको विरोधमा ज्ञापनपत्र तथा धर्ना कार्यक्रममा
      डा. चैतन्य सुब्बाको संयोजकत्वको कार्यादल विघटन
      संघीय परिषद बैठक स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जाउलाखेल, ललितपुरमा हुने
      हामीले एमाले परित्याग ग¥यौं
      नयाँ राजनीतिक शक्ति निर्माणको लागि काठमाडौ र जिल्लामा समुह निर्माण
      नेपाल आदिवासी जनजाति महासंघको प्रस्तावित भावि अभियान
      दशैबारे एउटा स्वाच्छ र बौद्धिक बहस गर्ने हो की ?
      माधव नेपाललाई दिक्तेलमा कालो झण्डा
      आईजिपी कुवेरिसंह रानामगरल।ई हार्दिक बधाई कार्यक्रम
      रेडप्लस सम्बन्धी आदिवासी जनजाति महासंघको अवधारणापत्र
      हिरा गुरुङलाइ सुनियोजित हत्या गरेको
      Adivasi Leaders killed
      हार्दिक धन्यवाद
      Protest against Bhim Rawal
      प्रस्तावित सामाजिक लोकतान्त्रिक बहुल–राष्ट्रिय पार्टीको घोषणापत्र
      नेपाल आदिवासी जनजाति पत्रकार संघको घोषणापत्र–२०६९’
      सबैलाई सहभागिता लागि सुचित गरिन्छ
      नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अनुरोध
      जलपान, शुभकामना आदन प्रदान विचार गोष्ठीमा निमन्त्रणा
      चीन र भारत जातिय पहिचान सहितको संघीयता विरोधी हो ?
      कांग्रेस र एमाले संविधान पुर्नस्थापना किन गर्न चहादैन ? कांग्रेस र एमाले चुनावमा सांचै जान चहान्छन् ?
      memorandum letter to the President of European Union.
      संयुक्त राष्ट्रसंघको महासचिव वानक की–मूनको सन्देश
      Message of UN Secretary-General Ban Ki-moon
      श्रावण १७ गते बुधबार २ बजे सबैलाई राष्ट्रिय सभागृहमा निमन्त्रणा
      १८ विश्व आदिवासी दिवस सन्र्दभ सामाग्री र सूचना
      ने.क.पा.(एमाले) को नेपाली लोकतान्त्रिक मंच, स्पेनको उपाध्यक्ष र साधारण सदस्यताबाट समेत राजिनामा
      भिम रावललाई कालो झण्डा
      ११ बुदे घोषणापत्र र आन्दोलनका कार्यक्रम
      आदिवासी जनजाति राजनितिक सम्मेलन” मा प्रस्तुत अवधारणापत्र
      जुलाई ६ तारिखमा सा“झा ७ बजे जर्मनको फ्रयान्कफर्टमा आई पुग्नेछु
      राष्ट्रिय राजनीतिक सम्मेलन
      ०६९ असार २० र २१ गते ूआदिवासी जनजाति राजनितिक सम्मेलन
      हङकङका आदिवासी जनजाति दाजुभाई दिदिवहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन
      एमालेको ७ खिचडी प्रदेशको प्रस्ताव स्वीकार नगर्ने
      तत्काल पार्टी नछोड्ने निर्णय
      विश्व आदिवासी दिवसको लागि बजेट उपलव्ध गराउन
      महासंघका महासचिव आङकाजी शेर्पा किसानलाई पार्टीबाट निष्काशन
      भूमे पर्वको उपलक्षमा हार्दिक मंगलमय शुभकामना
      प्रस्तुत कर्ता ः क. अशोक कुमार राई
      वानकी मुनको विशेष दूत ताम्रट समूयलसंग भेटवार्ता
      जेठ ३१ संघीय परिषद वैठक र असार २ र ३ गतेको राष्ट्रिय सम्मेलन स्थगित
      शहिद धनवहादुर थनेतको पार्थिव शरिरलाई वहाँको जन्मस्थल लागिएकोछ
      भोली जेठ २६ गतेको विरोधसभा सबै आदिवासी जनजातिले वहिष्कार गर्दैछन्
      नेकपा एमाले वरिष्ठ नेता अशोक राईले सम्बोधन गर्ने
      महासंघको झण्डा आधा झुकाउने
      गणतन्त्र विरोधी जेठ २६ को विरोधसभा बहिष्कार गरौ
      राष्ट्रिय एकता र राष्ट्रिय अखण्डताको सुरक्षाको लागि एक वुदे स्मरणपत्र
      नेपाल आदिवासी जनजाति महासंघको अपिल
      संविधानसभा विघटन गरेको विरोधमा कार्यक्रम गर्नेबारे
      संविधानसभा कस्ले र किन विघटन ग-यो ?
      नेपाल आदिवासी जनजाति महासंघ सचिवालय प्रेस विज्ञप्ति
      संविधानसभा भं¨ कस्ले र किन ग¥यो ? तपाईको प्रतिक्रिया के छ ?
      संविधान जारी नभएसम्मा जनप्रर्दशनलाई निरन्तरता दिने
      ५ लाख आदिवासी जनजातिहरुले संविधानसभा घेराउ
      जेठ १३ र १४ संविधानसभा घेराउ र सडक प्रर्दशन
      कथाकथित सदभाव -यालीका
      जेठ १० गते २.३० बजे टुडिखेलमा आदिवासीको विजयसभा
      शान्ति तथा पुननिर्माण मन्त्रालयमा भएको सहमतिपत्र
      शान्ति मन्त्रालयमा ३ बजे वार्ता शुरु
      सहमति भए जेठ १० गते आमसभा र सहमति नभएमा जेठ १० गते नेपाल बन्द
      संयुक्त संर्घष समितिको वार्ता टोलीको आन्तरिक वैठक
      जेठ ९ गतेको नेपाल बन्द कायमै
      आदिवासी जनजाति संयुक्त संघर्ष समिति, नेपालका मागहरु ः
      आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को प्रेस बिज्ञप्ती
      ३ बजे पुन दोश्रो चरणको वार्ता
      रिपोर्टस क्लवमा महासंघको महासचिव आङ काजी शेर्पामाथी अक्रमणको निन्दा
      जेठ ७, ८ र ९ गते नेपाल बन्दकोबारे पत्रकार सम्मेलन
      व्रहामण, क्षेत्री र दशनामीलाई आदिवासी जनजातिमा सूचीकराण गर्ने निर्णयको विरोध
      व्रहामण, क्षेत्री र दशनामीलाई आदिवासी जनजातिमा सूचीकराण गर्ने निर्णयको विरोध
      जेठ ७, ८ र ९ गते नेपाल बन्द सफल पारौ
      तामसालिङ र नेवा प्रदेशको कार्यक्रममा सहभागि होऔ
      शान्तिपूर्ण मसाल जुलुसमा प्रहरीद्धारा एकासी लठ्ठी प्रहार
      माननीय आङ दावा शेर्पा घाईते
      पहिचान विनाको ११ प्रदेशको विरोधमा प्रेस विज्ञप्ति
      जिल्ला समन्वय परिषदहरुको लागि सरकुर्लर
      आदिवासी जनजातिको अधिकार सम्बन्धि नाराहरु
      गिरजाप्रसाद कोईराला र मदन भण्डारीको सालिकलाई के गर्ने ?
      दलहरु परित्याग गर्ने र संघीयता विरोधी मिडिया बहिष्कार गर्ने चेतवानी
      जेठ १४ गते भित्र नयाँ संबिधान निर्माण गर्ने प्रतिबद्धता
      एक हजार एक सदस्यीय तमुवान भोलिन्टियर्स गठन
      आदिवासी, मधेशी, मुस्लीम र दलित सभासदहरुबीचको सझौताको स्वागत
      बैशाख २९ गते दिउसो २ बजे नया“ बानेश्वर संविधानसभा गेट नं ३ अगाडी
      वाहुन क्षेत्री समाजले हिजो पोखरामा नेपालको प्रथम शहिद लखान थापाको शालिक तोडफोड
      प्रथम शहिद लखन थापामगरको शालिकलाई, ब्राह्मण, क्षेत्री जुलुशले तोडफोड
      बैशाख २८ गते ३ बजै दशौ हजार आदिवासी नया“ बानेश्वर जाऔ
      जनजाति ककसद्धारा नवलपरासी र महेन्द्रनगर घटनाको भत्सर्ना
      पहिचानसहीतिको संघीयतामा जान काँग्रेस नेतृत्वलाई जनजाति कार्यकर्ताको दवाव
      प्रवासी नेपाल आदिवासी जनजाति महासंघको साझा अबधारणा पत्र
      उप प्रधानमन्त्री कृष्ण प्रसाद सिटौलालाई पूर्वचेतवानी
      फिप्ना) कोतर्फबाट ज्ञापन पत्र पेश
      थारु संग्रहालयमा आगजानी गरेको घटनाको कडा शव्दमा भत्सर्ना
      जेठ १,२ र ३ गते नेपाल बन्दको सट्टा जेठ ७, ८ र ९ गते ३ दिने देशव्यापी आमहडताल ÷नेपाल बन्द घोषणा
      उभौली पर्वको उपलक्षमा शुभकामना
      तमूवान घोषणा पत्र
      Please join with us(FIPNA) to submit memorandum
      छलफल गर्न आयोजित कार्यक्रममा उपस्थिति
      अखण्ड सुदुरपश्चिम माग प्रति घोर आपति
      मई १ मजदुर दिवसको उपलक्षमा
      जेठ १, २ र ३ गते नेपाल वन्द,
      अल्पसंख्यक आदिवासी जनजातिहरुको स्वायत्त क्षेत्र र विशेष संरक्षित क्षेत्रको अवधारणा
      संघीय परिषद बैठक स्थगित गरिएको बारे
      बैशाख १२ गते तराई बन्द
      अध्यक्ष झलनाथ खनालसंग भेट
      तमूवानमा आदिवासी जनजाति बृहत सम्मेलन
      पत्रकार सम्मेलनमा निमन्त्रणा
      नेपाल आदिवासी जनजाति महासंघको आन्दोलनको कार्यक्रम
      दक्षिणकालीमा धर्ना दिन जानको लागि आज वैशाख ४ गते मध्यान्ह १२ बजे जनजाति महासंघको कार्यालय कुसुन्तीमा आउनु हुन अनुरोध ।
      सिरुवा पर्वको हार्दिक शुभकामना
      राष्ट्रपति डा. रामवरण यादवले दिनु भएको अभिव्यक्ती प्रति नेपाल आदिवासी जनजाति महासंघको गम्भिर आपति
      बनेपामा रणनीतिक तयारको लागि आकस्मीक वैठकबारे
      हार्दिक मंगलमय शुभकामना
      आदिवासी जनजातिका निम्न मागहरुलाई नयाँ संविधानबाट सम्बोधन गर्न आग्रह
      १५ जना कार्यकर्ताको बलमा जनमोर्चाले आव्हन गरेको वागमति बन्द पूर्णरुपले असफल
      तमुहरुको महान पर्व टहोटेंको शुभाकमना
      सबै जिल्लामा आदिवासी जनजाति संयुक्त संर्घष समिति गठन गर्नेबारे।
      
      पत्रकार सम्मेलनमा निम्तो
      धेरै भन्दा धेरै सहभागी भई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध
      आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबियाको ज्ञापन पत्र
      आदिवासी जनजाति विद्यार्थी महासंघको राष्ट्रिय भेला आगामी वैशाख ९ र १० गते सम्पन्न चितवनको नारायणगढमा
      नेपाल बन्द सहितको प्रथम चरणको कार्यक्रमबारे २४ गते पत्रकार सम्मेलन
      बहुभाषिक संघीय शिक्षा प्रणालीको स्थापना गरिनु पर्दछ
      विदेश स्थित नेपाली आदिवासी जनजातिलाई जरुरी सूचना
      ७५ जिल्लाको सि डि ओ कार्यालय अगाडी गाई काटेर खाने
      गाई मारेको झुठो अभियोगमा गिरफ्तार
      गाई मारेको झुठो अभियोगामा आदिवासी जनजाति गिरफतार
      राज्य पुनसंरचनाका सैद्धान्तिक आधारहरु
      तमुवान सम्बन्धी राष्ट्रिय सम्मेलन पोखरामा बैशाख १५ १६ र १७ मा हुने
      आदिवासी जनजाती युवा महासंघ नेपालको निमन्त्रना
      किरात राइ यायोक्खा केन्द्रिय कार्य समितीको 'चुल्हे निम्तो'
      मोटर साइकल रयाली, सहभागी भइदिनुहुन हार्दिक अनुरोध
      बजेट लिनको लागि हार्दिक अनुरोध
      सरकारी समबेशी निती बारे प्रशिक्षण कार्यक्रम
      नेपाल आदिवासी जनजाति महासंघको अपिल .....
      पशुपतिमा किरातीहरुको समाधिस्थलमा शव अन्त्येष्टि गर्न अवरोध पुर्याएको बारे ......
      जनजाति सशक्तीकरण परियोजना ― दोश्रो (JEP II) को शुभारम्भ
      विश्व आदिवासी दिवस ९ अगष्ट २०१० को उपलक्षमा नेपाल आदिवासी जनजाति महासंघको अपिल
      नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय
      INDIAN MEDIAS CAMPAIGN TO DISPUTE BUDDHA’S BIRTH PLACE LUMBINI NEPAL
      नेपाली जनताको संविधान सभा विघटन हुन नदिनेबारे
      नेपालको नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार सम्बन्धी अन्तरकि्रयात्मक भेला
      नेपालका डेढ करोड आदिवासी जनजातिहरुको तर्फबाट नेपाल आदिवासी जनजाती महासंघद्वारा जारी ज्ञापन-पत्र
      7th General Convention
      महासंघको सातौ राष्ट्रिय महाधिवेसन
      आदिवासी जनजाति सभासदसभा ककसको नेतृत्व बोलिभीया तर्फ प्रश्थान
      समाचार
      राज्यको पुनस्रंरचना र राज्यशक्तिको बाँडफाड समितिको प्रारम्भिक मस्यौदा प्रति आदिवासी जनजाति सभाषद्सभा ककसको अवधारणा
      राज्य पुनःसंरचना समितिको प्रारम्भिक मस्यौदामा आदिवासी जनजाति सभासदसभा ककसको साझा अवधारणा निर्माण
      नेपाल आदिवासी जनजाति महासंघको महाधिवेसन चैत्र महिनामा हुने
      प्रेश विज्ञप्ती
      

Press Release

      प्रेस विज्ञप्ती ०७० अषाढ ३ गते
      Indigenous Peoples Face Further Marginalization at ASEAN Civil Society Conference
      जनजाति महासंघ गम्भिर रुपमा चिन्तित
      आदिबसी जनजती महिलहरुको प्रथम राष्ट्रिय भेलको उदघटना २०६८ माघ २७
      Interaction Party and Indigenous Leaders
      Maag 21 gate 1 Baje ABC Television hernus
      AIPP Meeitng
      Adivasi Janajati Mahilaharu ko Rastria Bhela
      Hardik Samabedana
      “First Martyr Lakhan Thapa Magar Memorial Day” Feb12, 2012
      पूर्वाग्रहीपूर्ण हटाइएको आयोगको निर्णयप्रति हिमाली आदिवासी सभासद (ककस) को गम्भीर ध्यानार्षण
      What will happen on Maag 21 Saturday ?
      Looking for full time Programme Officer to oversee the youth program in Nepal
      Sonam Losar ko Suvakamana
      Nepal International Indigenous Film Festival-NIIFF in 2012
      आदिवासीहरूको आत्मनिर्णयको अधिकार र स्वयत्तताको सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन २०६८ माघ ५ देखि ७ गते
      हार्दिक मंगलमय शुभकामना
      स्थानियको दलिय संयन्त्र खारेज गर्न गरेको निर्णयको स्वागत गर्दछौ
      माघे सक्रान्ती÷माघीको शुभकामना
      महिलाहरुको राष्टिय भेलाको तयारी बैठकमा निमन्त्रणा
      नेपाल सरकारको क्यालेण्डरमा आदिवासी जनजातिको फोटो
      आदिवासी जनजाति माथि अन्याय भएको बन्द
      आदीबासी जनजाति युवाहरुले उपभोक्ता समितिको कार्यालयमा तोडफो

Currently User online : 48