NEFIN's meeting with NRN Organization's Representatives PDF Print E-mail
Wednesday, 02 April 2008 09:08

अमेरीकाको प्रवासी नेपाली आदिवासी जनजाति संस्थाको प्रतिनिधि संग नेपाल आदिवासी जनजाति महासंघ पदाधिकारीको भेटघाट।

संयुक्त राष्ट अमेरीकामा रहेका प्रवासी नेपाली आदीवासी जनजातिहरुको संगठनको प्रतिनिधि अर्जुन गुरुङ संग मितिः २०६४ चैत्र १९ गते नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पासाङ सेर्पा र बिदेश सचिव श्री निमा ह्योल्मोको भेटघाट भएको छ। अमेरीकामा रहेका आदिवासी जनजातिको संगठनको बारे अर्जुन गुरुङले जानकारी दिनु भएको थियो। उहाँले  नेपाल आदिवासी जनजाति महासंघ अमेरिका लाई नेपाल आदिवासी जनजाति महासंघको सम्बन्धन सदस्यको पनि माग गरी आवेदन पत्र पनि महासंघलाई बुझाउनु भएको थियो।

आगामी संबिधानसभाले आदिवासी जनजातिहरुको अधिकार सुनिस्चीत गर्नको लागि कन्जुस्याई गर्ने र उक्त अवस्थामा आदिवासी जनजातिहरुको आन्दोलन अझ उचाईका साथ अगाडी बढाउनु पर्ने त्यसको लागि प्रवासी नेपाली आदिवासी जनजातिहरुले पनि आफुहरु रहेको मुलुकमा आन्दोलन गरी  अन्तराष्ट्रिय समुदायको ध्यान आकार्शण गर्नु पर्ने कुरामा महत्वपुर्ण छलफल भएको छ।

भेटघाट कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघको सल्लाहाकार डा. कृष्ण बहादुर भट्टचन र सल्लाहाकार लक्की सेर्पा पुर्वा सल्लाहाकार डा. सुमित्रा मानन्धर आदिवासी जनजाति बुद्धि जिवी डा. मुक्त सिं लामा महासंघको संघिय परिषद सदस्य श्री डण्डु सेर्पा र संघिय परिषद् सदस्य यशोकान्ति भट्टचन पनि सहभागी रहनु भएको थियो।