Gyapan Patra PDF Print E-mail
Tuesday, 06 May 2008 08:02

मितिः २०६४/०१/२२

श्रीमान प्रमुख निर्वाचन आयुक्त ज्यु
निर्वाचन आयोगको कार्यालय
बहादुर भवन, कान्तीपथ,
काठमाण्डौ।

बिषय :  ज्ञापन पत्र।

सदियौ देखि मुलुकमा रहेको जाति, भाषा, क्षेत्र, वर्ग र लिङ्गको आधारमा रहेका  बिभेदहरुको अन्त्य गरी समानुपातिक समावेसी चरित्रको समाज सहितको नयाँ नेपालको निर्माण गर्न संबिधानसभाको निर्वाचन द्धारा संबिधानसभाको गठन हुदै छ। 

मुलुकमा रहेको सबै जात जातिको समानुपातिक समावेसी प्रतिनिधित्वहुनु पर्ने माग राखी हामी आदिवासी जनजातिहरुको आन्दोलन, नेपाल सरकार सँग भएको बिस बुँदे सहमति, र तद अनुरुप नेपालको अन्तरीम संबिधानको तेश्रो संसोधनले सबिधानसभामा सबै जाति, भाषा, वगर्, क्षेत्र र लिङ्गको समानुपातिक समावेसी प्रतिनिधित्व र सुचिकृत आदिवासी जनजातिको हकमा न्युनतम एक जाती एक प्रतिनिधिको व्यवस्था हुनु पर्ने बाध्यात्मक व्यवस्था रहेको छ। तर हाल सम्ममा आएको निर्वाचनको नतिजा तथा समानुपातिक निर्वाचन प्रणालीको बन्द सुचिबाट दलहरुले निर्वाचित गर्नको लागि निर्वाचन आयोगमा पठाएको सुचिको नतिजा अनुसार नेपालका सुचिकृत आदिवासी जनजातिहरु मध्ये २८ वटा जाति छुटन जाने निश्चीत भएको छ। यो अवस्था उल्लेखित सहमति तथा संबैधानीक व्यवस्थाको बिपरीत छ। अत यस सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघले गम्भिर आपत्ति प्रकट गर्दै निर्वाचन आयोगको ध्यानाकर्शण गर्न चाहान्छ।

राजनितिक पार्टीका नेतृत्व पंक्तिमा नेपाल आदिवासी जनजाति महासंघले पटक पटक भेटी सचेत गराउदा पनि राजनितिक पार्टीहरु यो बिषयमा गम्भिर नभई समानुपातिक निर्वाचन प्रणालीको बन्द सुचिमा रहेका जातीय उम्मेद्धारको समेत नाम छुटाएर निर्वाचन आयोगमा पठाएको छ। यसरी पठाएको सुचिहरु र हाल सम्मको नतिजा समानुपातिक समावेसी शिद्धान्त, उल्लेखित सहमति र संबैधानीक व्यवस्थाको बिपरीत भएको हुँदा निर्वाचन आयोगले राजनितिक दलहरुलाई बन्द सुचिबाट निर्वाचित हुने सुचिलाई पुन संसोधन गरी संबिधान अनुकुल बनाउन को लागि आवस्यक कारवाहि अगाडी बढाई दिनु हुन हार्दिक अनुरोध गर्दछु। हाल सम्मको नतिजामा कुन कुन राजनितिक दलले कुन कुन जातिको निर्वाचित भएको अवस्था र कुन कुन जाति छुटाएको बिबरण समेत यसै ज्ञापन पत्र साथ संलग्न गरी यो ज्ञापन पत्र श्रीमान प्रमुख निर्वाचन आयुक्त ज्यु समक्ष पेस गरेको छु। अन्यथा नेपाल आदिवासी जनजाति महासंघ पुन शसक्त आन्दोलनमा उत्रन बाध्य हुनेछ भन्ने व्यहोरा समेत जानकारी गरादछु।

...........................                                               
पाशाङ्ग शेर्पा                      
अध्यक्ष

 



क) प्रत्यक्ष निर्वाचन प्रणालीबाट जितेका १३ वटा जाति रहेका छन् ।
०१) दनुवार,  ०२) थारु,  ०३) तामाङ,  ०४) राजबंशी,  ०५) गन्गाई,  ०६) धिमाल,  ०७) गुरुङ,  ०८) मगर,  ०९) राई,  १०) लिम्बु,  ११) ताङबे,  १२) नेवार,  १३) थकाली।

ख) समानुपातिकको सुचिबाट निर्वाचित भएर आएका जम्मा  १७ जाति छन् ।
१) लेप्चा,  २) झाँगड, ३) भुजेल, ४) सेर्पा,  ५) माझी,  ६) चेपाङ,  ७) कुमाल,  ८) मुगाल,   ९) थामी,  १०) ह्योल्मो, ११) बाह्रगाउले,  १२) व्यासी,  १३) याक्खा,  १४) मार्फाली थकाली , १५) सन्थाल,  १६) दुरा,  १७) जिरेल,

ग) समानुपातिकको बन्द सुचिमा भएर पनि निर्वाचित हुन नसकेका जम्मा ९ वटा जाति रहेका छन् ।

१)   सुनुवार,  २) मेचे,  ३) धानुक,  ४) डोल्पो,  ५) बराम,  ६) वालुङ,  ७) पहरी,  ८) तोक्पेगोला,        ९) तिन गाउले थकाली,

घ) प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीबाट समेटन नसकिएका १९ वटा जाति छन ।
०१) कुसुन्डा,  ०२) बनकरिया,  ०३) राउटे,  ०४) सुरेल, ०५) हायु, ०६) राजी,          ०७) कुशबाडिया,  ०८) शिङसा,  ०९) थुदाम,  १०) बोटे,  ११) भोटे,  १२) दराई,  १३) ताजपुिरया,  १४) छन्त्याल,  १५) फ्री,  १६) लार्के,  १७) ल्होपा,  १८) छैरोतन,      १९) किसान, २०) सियार

१.  प्रत्यक्ष निर्वाचन प्रणालीबाट प्रतिनिधित्व भएका जाति संख्या - १३
२. समानुपाति निर्वाचन प्रणालीबाट मात्र प्रतिनिधित्व भएका जाति संख्या -  १८
३. दुवै निर्वाचन प्रणालीबाट प्रतिनिधित्व हुने जातिय संख्या जम्मा - ३०
४. दुवै निर्वाचन प्रणालीमा नामै नपरेका जाति संख्या - २०
५. समानुपातिक सुचिमा भएर पनि निर्वाचित हुन नपाएका जातिहरु - ०९
६. दुवै निर्वाचन प्रणालीबाट प्रतिनिधित्वहुन नसकेका जाति संख्या -  २९

 
प्रत्यक्ष निर्र्वाचन प्रणालीबाट प्रतिनिधित्व हुन नसके पनि समानुपातिक सुचिबाट बिजय भएका जाति तथा राजनितिक पार्टीहरु 

  कांग्रेस
  एमाले
 माओवादी
१. सेर्पा
२. भुजेल     
३ लेप्चा  
१. सेर्पा
२. लेप्चा
३. चेपाङ
४. मुगाल
५. जिरेल
६. कुमाल
७. ह्योल्मो
८. बाह्रगाउले
९. व्यासी
१०. याक्खा
१. सेर्पा 
२. भुजेल
३. चेपाङ
४. मुगाल
५. सन्थाल
६. माझी
७. थामी
८. मार्फाली थकाली
९. दुरा
१०. झाँगड

समानुपातिक निर्वाचन प्रणालीमा नाम रहेका तर बिजयी सुचिमा नपरेका र प्रत्यक्ष निर्वाचन प्रणालीबाट पनि प्रतिनिधित्व हुन नसकेका जाति तथा राजनितिक दलहरु

कांग्रेस    
एमाले
 माओवादी 
१. धानुक
१. सुनुवार
२. मेचे
३. धानुक
४. तोक्पेगोला
५. तिनगाउले थकाली 
१. सुनुवार (२ जना)
२. मेचे
३. धानुक
४. डोल्पो
५. बराम
६. वालुङ
६. पहरी