|
दक्षिण कोरीयामा रहेका नेपाली आदिवासी जनजातिहरुको भेलामा महासंघको अध्यक्ष पासाङ सेर्पा |
|
|
|
|
Thursday, 21 August 2008 16:46 |
दक्षिण कोरीयामा रहेको प्रवासी नेपाली आदिवासी जनजातिहरुको संस्था नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरीयाले विश्व आदिवासी दिवस २००८ को सन्दर्भका कोरीयामा रहेको नेपाली आदिवासी जनजातिहरुको बृहत भेला गरी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। उक्त कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पासाङ सेर्पा, महासंघको प्रमुख सल्लहाकार डा. ओम गुरुङ र महासंघका संस्थापक महासचिव तथा संबिधानसभा सदस्य माननीय सुरेस आले मगरले भाग लिनु भएको थियो। अगस्ट १७ तारीख २००८ को दिन दक्षिण कोरीयामा आयोजना गरीएको उक्त कार्यक्रममा आदिवासी जनजातिहरुको उल्लेख्निय सहभागीता रहेको थियो। आगामी संबिधानमा आदिवासी जनजातिहरुको अधिकार सुनिस्चित गर्ने भन्ने बारे उक्त कार्यक्रममा व्यापक छलफल भएको थियो।
|