साझेदार संस्थाहरुलाई प्रतिवेदन बुझाउने महत्वपूर्ण सूचना PDF Print E-mail
Monday, 17 November 2008 10:12
नेपाल आदिवासी जनजाति महासंघ/जनजाति सशक्तिकरण परियोजनाको
सूचना


मिति - २०६५ कार्तिक २९

वेलायत सरकारको नेपालस्थित अन्तर्राष्ट्रिय विकास विभाग अन्तरगतको राज्य सवलीकरण कार्यक्रम मार्फत जनजाति सशक्तिकरण परियोजना (Janajati Empowerment Project) ० १ सेप्टेम्बर, २००४ (असोज १६, २०६१) देखि प्रारम्भमा ३ वर्षको लागि र थप १६ महिनाको लागि कार्यान्वयनमा आएको सम्बन्धित सबैलाई विदितै छ । अब यो परियोजना सफलतापुर्वक आफ्नो लक्ष्य र उद्देश्य निर्धारित समयमा नै पुरा गरी सफल समापनको स्थितिमा आईपुगेको जानकारी गराउन पाउंदा जनजाति सशक्तिकरण परियोजना/नेपाल आदिवासी जनजाति महासंघ हर्ष र गौरवको अनुभुति गर्दछ, र यस परियोजनालाई सफलता सम्म पुर्याउने यस परियोजनाका सरोकारवाला तपाईंहरु सबैलाई हार्दिक धन्यवाद र कृतज्ञता ज्ञापन गर्दछ ।

यसै सन्दर्भमा सम्बन्धित जातीय संस्था जिल्ला समन्वय परिषद लोपोन्मुख अतिसीमान्तकृत सीमान्तकृत जनजाति समुह लगायत आदिवासी जनजातिको उत्थान र विकाशको उद्देश्यले संचालित जनजाति गैर सरकारी संस्थाहरु सबैमा यो सूचना जारी गरिन्छ कि जनजाति सशक्तिकरण परियोजना (जेइपी) को निर्धारित समयावधि यही मिति २०६५ पौष १५ गते (डिसेम्बर ३१, २००८) मा समापन हुने भएकोले यस परियोजनावाट विभिन्न संघसंस्थाहरुले विभिन्न शीर्षक अन्र्तगत कार्यक्रम संचालन गर्नकालागि अनुदान सहयोग लिएको हुंदा उक्त कार्यक्रमको प्रगति प्रतिवेदन, खर्चको बील भरपाई र जेपसंगको सम्झौता-पत्र समेत संलग्न राखि यही मिति २०६५ मंसिर ३० गते (डिसेम्बर १५, २००८) भित्र बांकी बक्यौता फछ्र्यौट गरी बांकी रकम पाउनु पर्ने भए सो समेतको दाबी गर्न हुन यो सूचना प्रकाशित गरिएको छ । तोकिएको मिति भित्र बांकी बक्यौता फछ्र्यौट नगरे वा बांकी किस्ता दाबी गर्न नआए यसै सूचना अनुसार बांकी रकम दिन नसकिने र त्यसको जिम्मेवार यो परियोजना नहुने ब्याहोरा पनि सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध गरिन्छ ।

यसका साथै यही २०६५ मंसिर १ गते उप्रान्त कुनै पनि नयां कार्यक्रम संचालनका लागि यस परियोजनावाट स्वीकृति नगरिने समेत जानकारी गराइन्छ ।