| आदिवासी जनजाति बिज्ञहरुको संबिधानसभा सुझाव समितिको गठन |
|
|
|
| Tuesday, 03 February 2009 13:44 | |||
|
नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद सचिवालयले संबिधानसभाको बिषयगत समितिहरुलाई आदिवासी जनजातिहरुको तर्फबाट सुझाव दिनको आदिवासी जनजाति बिज्ञहरुको संबिधानसभा सुझाव समिति गठन गरेको छ। बिभिन्न बिषयगत बिज्ञ आदिवासी जनजातिहरुको टोलीले संबन्धीत बिषयमा व्यापक छलफल गरी ठोस सुझावहरु तयार गरीने भएको छ। त्यसरी तयार पारीएको सुझावहरुलाई जातिय संस्थाको अध्यक्षहरु र संघिय परिषद सदस्यहरु समेतलाई सहभागी गरीएको महासंघ सचिवालयको बिस्तारीत बैठकमा छलफल गरीने छ। सचिवालयको उक्त बिस्तारीत बैठकले ति सुझावहरुलाई अन्तिम रुप दिईने छ त्यस पछि ति सुझावलाई संबिधानसभाको बिषयगत समितिहरुलाई बुझाईने छ। आदिवासी जनजातिहरुको अधिकारलाई सुनिस्चित गर्नको लागि तपाईको व्यक्तिगत तथा संस्थागत सुझावहरु नेपाल आदिवासी जनजाति महासंघले गठन गरेको उक्त बिज्ञ टोलीहरुलाई पत्र, ईमेल, फोन, फ्याक्स तथा अन्य माध्यमबाट पठाई दिनु हुन स्वदेश तथा बिदेशमा रहेका आम नेपाली आदिवासी जनजातिहरुलाई हार्दिक अनुरोध गर्दछु। सम्पर्कको लागि नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद सचिवालय, धोवीघाट नयाबाटोचोक, ललितपुर। पोस्ट बक्स नं.८९७५ ई.पी.सी.१८५१ ईमेल : This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it फ्यक्स नं. : ०१–५५५५०५४ फोन नं. : ०१–५५५५०५४ साथै आदिवासी जनजाति बिज्ञ टोलीको संयोजकहरुको ईमेल तथा फोन नं. मा पनि पठाउन सकिने व्यहोरा हार्दिक अनुरोध छ।
|


