| अल्पसंख्यक तथा सिमान्तीकृत समुदायको हक अधिकार संरक्षण समितिको अवधारणा |
|
|
|
| Thursday, 25 June 2009 05:02 | |||
|
मिति : २०६६।०३।१० संबिधान सभा अध्यक्ष सम्माननीय सुवास चन्द्र नेम्वाङ ज्यू, संबिधान सभा अध्यक्षको कार्यालय, सिंहदरवार काठमाण्डौ। बिषय : ”अल्पसंख्यक तथा सिमान्तीकृत समुदायको हक अधिकार संरक्षण समितिको अवधारणा तथा प्रारम्भीक मस्यौदा सम्बन्धी प्रतिवेदन २०६६” पुर्नलेखन गर्न माग गरीएको बारे। महोदय संबिधानसभाको अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिले, समितिको अवधारण तथा प्रारम्भीक मस्यौदा सम्बन्धी प्रतिवेदन २०६६ को सबै बुँदाहरुमा नेपाल आदिवासी जनजाति महासंघले तयार पारेको असहमती तथा थप सुझावहरुका बुँदाहरु संलग्न गरी महासंघको यो प्रतिनिधी मण्डल सम्माननीय अध्यक्ष ज्यू समक्ष यो ज्ञापन पत्र पेस गरेकाछौ। ”अल्पसंख्यक तथा सिमान्तकृत समुदायको हक अधिकार संरक्षण समितिको अवधारण तथा प्रारम्भीक मस्यौदा सम्बन्धी प्रतिवेदन २०६६” लाई हेर्दा आगामी बन्ने संबिधानले आदिवासी जनजातिको अधिकारलाई सुनिश्चीत गर्ने हो वा होईन भनी शंक उत्पन्न भएको महसुस हामी आदिवासी जनजातिहरुले गर्न पुगेका छौ। यस बिषयमा सिंगो संबिधान सभा गम्भिर बन्न सम्माननीय अध्यक्ष ज्यू मार्फत ध्यानाकर्षण गर्दछौ। समितीको उक्त अवधारणमा आदिवासी जनजातिहरुको यो प्रतिनिधि मण्डलले पेस गरेको माग बमोजिम अवधारणा पत्र पुर्नलेखन गर्नको लागि सम्माननीय अध्यक्ष ज्यू समक्ष जोडदार माग गर्दछौ। प्रतिनिधी मण्डलमा सहभागी तथा हस्ताक्षर गर्नेहरु। १ : पासाङ सेर्पा , अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ २ : ३ : ४ : ५ : ६ : ७ : ८ : ९ : १० : ११ : १२ :
|


