| समाचार |
|
|
|
| Thursday, 25 June 2009 21:56 | |||
|
आगामी दिनमा संबिधानसभाको बिभिन्न बिषयगत समितिले तयार पारीने अरु बिषयमा पनि नेपाल आदिवासी जनजाति महासंघले अध्ययन गर्ने र महासंघको आफनो अवधारणा तयार पारीने कुरा महासंघले जनाएको छ। ज्ञापन पत्र बुझाउने क्रममा प्रतिनिधि मण्डलका नेतृत्व पासाङ सेर्पाले संबिधानसभामा प्रश्तुत भएको यो अवधारणाहरु हेर्दा आदिवासी जनजातिहरुको अधिकारलाई आगामी बन्ने संबिधानमा समेटछ की समेटदैन भन्ने कुरामा शंका उत्पन्न भएको र यो बिषयमा संबिधान सभाको अध्यक्षले गम्भिर भई दिनु हुन अनुरोध पनि गरेको छ। ऋादिवासी जनजातिहरुको ज्ञापनपत्र बुझे पछि संबिधान सभा अध्यक्ष सुवास नेम्वाङले आदिवासी जनजातिको ज्ञापनपत्र ठिक समयमा आई पुगेको छ र यो बिषयमा सम्बन्धित समितीलाई सचेत गरी निर्देशन जारी गर्ने छु भनि अध्यक्ष सुवास नेम्वाङले प्रतिबद्धता जनाउनु भएको छ।
|



