| आई.एल.ओ. १६९ सम्बन्धी प्रशिक्षण सम्पन्न |
|
|
|
|
२०६६।०३।१३ गते आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठानको आर्थिक सहयोगमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिस्ठान जिल्ला समन्वय समिति ओखलढुंगाले अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ तथा आदिवासी जनजाति अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघिय घोषणा पत्र सम्बन्धी अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रम आयोजना गरीएको छ। ओखलढुंगाको बिभिन्न गाऊबाट प्रशिक्षार्थीहरुलाई सहभागी गराईएको उक्त कार्यक्रममा करीव १०० जना भन्दा बढी प्रशिक्षार्थीहरु सहभागी रहेका थिए।कार्यक्रमको प्रमुख अतिथी नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पासाङ सेर्पा र बिशेष अतिथी किराँत राई यायोक्खाको अध्यक्ष श्रीमती सुमाया राई रहनु भएको थियो। प्रमुख जिल्ला अधिकारी फणीन्द्र राज पोखरेल लगायत जिल्लाका कार्यालय प्रमुखहरु र राजनितिक दलका प्रतिनिधिहरु प्ानि कार्यक्रममा अतिथीको रुपमा सहभागी रहनु भएको थियो। संबिधान लेखनको प्रक्रियामा नै आई.एल.ओ.१६९ र संयुक्त राष्ट्र संघिय घोषणा पत्रका प्रावधानहरु राख्नु पर्ने तर यसको लागि आदिवासी जनजातिहरुले निकै शसक्त दवाव सिर्जना गर्नु पर्ने अन्यथा राजनितिक दलहरुले त्यति सजिलै संबिधानमा राख्ने संकेत देखिदैन त्यसकारण यो बिषयमा आम आदिवासी जनजातिहरु सजग रहन अनुरोध गर्दछु भनि कार्यक्रममा प्रमुख अतिथी पासाङ सेर्पाले भन्नु भयो। आगामी अन्दोलनलाई आवस्यक जनशक्ति निर्माण गर्न नेपाल आदिवासी जनजाति महासंघ आज सम्म संगठन बिस्तारमा लागेको र अव संगठन बिस्तार तथा निर्माणको चरण पुरा भई सकेकोले महासंघ अव आन्दोलनको तयारीमा लागि रहेको बताउनु भएको थियो।
|


