|
पुर्वाञ्चलको बिभिन्न जातिय समुह बिच छलफल |
|
|
|
|
Thursday, 02 July 2009 19:08 |
२०६६।०३।१४ र १५ गते
जातिय संघिय राज्यको लागि आन्दोलनरत पुर्वाञ्चलका बिभिन्न समुहहरु बिच संयुक्त छलफल भएको छ। बिभिन्न समुहहरु बिच संयुक्त छलफल गरी पुवाञ्चलको संघिय संरचना कसरी बनाउने वा यो बिषयमा सबै समुह बिच एकरुपता कसरी ल्याउने भन्ने उद्धेस्यले आयोजना गरीएको उक्त कार्यक्रममा करिव एक दर्जन जति समुह तथा जातिय संस्थाहरुको प्रतिनिधी सहभागी रहेका थिए। ईन्सेक ईलामले ब्यवस्थापन गरेको उक्त कार्यक्रममा सहजकर्ताको रुपमा नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पासाङ सेर्पा मानव अधिकार कर्मी शुसिल प्याकुरेल पत्रकार कनकमणी दिक्षीत र अधिवक्ता हरी फुयाँल रहेको थियो।
|