|
नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषदको मिति निर्धारण |
|
|
|
|
Sunday, 05 July 2009 17:16 |
नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद सचिवालयको मिति २०६६ असार १७ गते बसेको बैठकको निर्णय अनुसार महासंघ संघिय परिषदको बैठक यहि २०६६ श्रावण १७ र १८ गते बस्ने भएको छ। महासंघको महासचिव राम बहादुर थापा मगरको प्रगती प्रतिवेदन र कोषाध्याक्ष भिमराज चौधरी राजबंसीको आर्थिक प्रतिवेदन माथी बैठकमा छलफल हुने छ ।
त्यसै गरी महासंघ सचिवालयले गठन गरेको बिज्ञ टोलीद्धारा तयार पारी महासंघको अध्यक्षले संबिधानसभा संबैधानीक समितिमा पेस गरेको संबिधानको खाका तथा अवधारणा माथी पनि छलफल हुने छ। बैठकमा अन्य बिभिन्न महत्वपुर्ण बिषयमा पनि छलफल तथा निर्णयहरु हुने छ। नेपाल आदिवासी जनजाति महासंघको संघिय परिषदमा प्रत्येक जातिय संगठनबाट एक पुरुष तथा एक महिला संघिय परिषद सदस्यको रुपमा प्रतिनिधित्व गर्ने बिधानमा व्यवस्था रहेको छ। हाल नेपाल आदिवासी जनजाति महासंघमा जम्मा ५४ जातिय संस्था सदस्य संगठनको रुपमा अवद्ध रहेकोमा यो बर्ष राउटे जातिको प्रतिनिधित्व पनि थप हुने भएकोले अव महासंघको ५५ जातिको जातिय सदस्य संगठन महासंघमा अवद्ध हुने भएको छ।
|