आदिवासी जनजाति सभासदसभा ककस को बैठक सम्पन्न । PDF Print E-mail
Sunday, 22 November 2009 16:57

काठमाण्डौ मंसीर ७ गते

संबिधानसभामा प्रतिनिधीत्व गर्ने आदिवासी जनजाति सभासदहरुको साझा मन्च आदिवासी जनजाति सभासदसभा ककस को बैठक यहि मंसीर ५ गते काठमाण्डौमा सम्पन्न भएको छ । संबिधानसभाको मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिले तयार पारेको प्रारम्भीक मस्यौदामा आदिवासी जनजातिको अधिकार समेटन नसकेको ठहर ककसको उक्त बैठकले गरेको छ । संबिधानको मौलिक अधिकारमा आदिवासी जनजातिहरुको अधिकार समेटनको लागि सबै आदिवासी जनजाति सभासदले एकै स्वरमा संबिधानसभा भित्र आवाज उठाउने निर्णय पनि बैठकले गरेको छ । आत्म निर्णयको अधिकार जातिय स्वशासन र स्वायत्तताको अधिकार समानुपातिक समावेसी प्रतिनिधीत्वको अधिकार प्रकृतिक श्रोत साधान माथी आदिवासी जनजातिको अग्राधिकार पुर्व सुसचिक सहमतिको अधिकार लगायतका बुँदाहरु आदिवासी जनजातिहरुको मौलिक अधिकारको रुपमा उल्लेख हुनु पर्ने र सो अधिकारहरु समेटनु पर्ने भनि ककसले संबिधानसभामा संसोधन प्रश्ताव दर्ता समेत गर्ने भनि बैठकले निर्णय गरेको छ । संसोधन प्रश्तावको मस्यौदा तयार पार्नको लागि ककसले नेपाल आदिवासी जनजाति महासंघको सल्लाहाकार डा।चैतन्य सुब्बा र नेपाल तामाङ घेदुङका महासचिव कुमार योन्जनको सहयोग लिईएको छ ।