आदिवासी जनजाति सभासदसभा (ककस)को बैठक सम्पन्न PDF Print E-mail

काठमाण्डौ मंसीर १९ गते

आदिवासी जनजाति सभासदसभा (ककस) को बैठक आज मंसीर १९ गते काठमाण्डौको बानेश्वरमा बसेको छ। संबिधानसभाको प्रकृतिक श्रोत, आर्थिक अधिकार तथा राजश्व बाँडफाँड समितीले हालै संबिधानसभामा प्रश्तुत गरेको समितिको प्रराम्भीक अवधारणाको मस्यौदा माथी बैठकमा छलफल भएको छ। 

सो समितीको मस्यौदमा माथी संबिधानसभामा यहि मंसीर १९, २१, २२, २३, र २६ गते छलफल हुदैछ। संबिधानसभाको उक्त छलफलमा सभासदहरुले भाग लिने क्रममा आदिवासी जनजाति सभासदहरुले आदिवासी जनजातिहरुको अधिकारको दृष्टीकोणबाट बोल्ने बिषयहरुको साझा बुँदा (ककस)को बैठकले तय गरेको छ। 

बैठकले तय गरेको बुँदाहरु सम्पुर्ण आदिवासी जनजाति सभासदहरुलाई लिखित रुपमा बितरण गर्ने र सबैले त्यसको आधारमा संबिधानसभामा एक मतले बोल्ने भनि निर्णय समेत गरेको छ। संबिधानसभाको प्रकृतिक श्रोत आर्थिक तथा राजश्व बाँडफाँड समितीले पेस गरेको प्रारम्भीक मस्यौदाको समिक्षा गर्दै आदिवासी जनजातिको अधिकारको ति बुँदाहरु तय गर्नको लागि आदिवासी जनजाति सभासद सभा (ककस)ले आदिवासी जनजाति बिज्ञहरु डा.ओम गुरुङ, डा.चैतन्य सुब्बा, डा.मुक्ता सिं लामा र कुमार योन्जनको सहयोग लिएको छ । 

बैठकले तय गरेको उक्त बुँदालाई संयुक्त रुपमा सबै आदिवासी जनजाति सभासदहरुले हस्ताक्षर गरेर समितीको मस्यौदामा संसोधन प्रश्ताव पेस गर्ने निर्णय समेत गरेको छ।