राज्य पुनःसंरचना सम्बन्धी आदिवासी जनजाति सभासदसभा ककसको कार्यदल PDF Print E-mail
Wednesday, 13 January 2010 17:33

राज्य पुनःसंरचना सम्बन्धमा आदिवासी जनजाति सभासदसभा ककसको साझा अवधारणा निर्माण गर्नको लागि काभ्रेको धुलिखेल स्थीत होटल मिरावेलमा आदिवासी जनजाति सभासदसभा ककसले मिति २०६६।०९।२७ र २८ गते दुई दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । बिभिन्न राजनितिक दलको करिब ५० जना सभासदहरुको उपस्थीती रहेको उक्त गोष्ठीमा बिज्ञ तथा श्रोत ब्यक्तिको रुपमा डा. कृष्ण भट्टचन, डा. चैतन्य सुब्बा, डा. कृष्ण हाछेथु, परशुराम तामाङ र अमृत योन्जन रहनु भएको थियो ।

बिभिन्न राजनितिक दलहरुले राज्य संरचनाको फरक फरक स्वरुपहरु ल्याएको अवस्थामा आदिवासी जनजाति सभासदसभा ककसमा फरक फरक राजनितिक बिचारका सभासदहरु रहेता पनि जातिय अधिकारको दृष्टीकोणले एउटा साझा अवधारणा तथा राज्य संरचनाको स्वरुप निर्माण गर्नको लागि यो कार्यशाला गोष्ठी आयोजना गरीएको छ ।

संघियताको बिरोधमा हिजो आज बिभिन्न गतिविधीहरु सन्चालन हुन लागेको अवस्थामा आदिवासी जनजाति सभासदहरुले संघियताको स्वरुप नै तयार पारेर संबिधानसभा बुझाउने तथा उक्त अवधारणा जनता बिचमा समेत लाने कुरा कार्यक्रम आयोजक ककसको सचिवालय जनाएको छ ।

उक्त कार्यशाला गोष्ठीमा भएका छलफलहरुको आधारमा राज्यको संरचनाको स्वरुप निर्धारण सम्बन्धी ककसको अवधारणा निर्माण गर्नको लागि निम्न उल्लेखित सभासदहरुको कार्यदल पनि गठन गरीएको छ ।

१) माननीय शुरेष आलेमगर, २) माननीय हरीराज खेवा लिम्बु, ३) माननीय ईन्द्रजित थारु, ४) माननीय…………… गुरुङ, ५) माननीय कुमार राई, ६) माननीय थममाया थापा मगर, ७) रणध्वोज कन्दङवा, ८) माननीय बुद्धरत्न मानन्धर, ९) माननीय शान्ती जिरेल, १०) माननीय हर्ष जित लामा ।