| समाचार |
|
|
|
| Sunday, 21 February 2010 18:15 | |||
|
संबिधानसभाको बिषयगत समितिहरुले तयार पारेको प्रारम्भीक अवधारणा तथा मस्यौदाहरु माथी संबिधानसभाको छलफल पुरा भई एक चरणको काम सम्पन्न भएको अवस्था छ । संबिधान निर्माण प्रकि्रयाको यो अवस्था सम्म आई पुग्दा नेपालका आदिवासी जनजातिहरुले उठाएका जातिय अधिकारका सवाल तथा मुद्धाहरु के के कति उल्लेख भए भएन ? आदिवासी जनजातिहरुको अधिकारको सवालमा राष्ट्रिय अन्तराष्ट्रिय सन्धी महासन्धी घोषणा पत्रहरुमा उल्लेख भएका जातिय अधिकारका प्रयोग तथा प्रावधानहरु के कसरी सम्बोधन हुन सके वा सकेनन ? लगायतका बिषयमा आदिवासी जनजाति सभासद सभा ककसले आदिवासी जनजाति आन्दोलनकर्मी तथा जातिय संस्थाका प्रतिनिधीहरु र राष्ट्रिय अन्तराष्ट्रिय आदिवासी जनजाति बिज्ञहरुसंग दुई दिवसीय राष्टिय परामर्श छलफल कार्यक्रम आयोजना गरेको छ ।परामर्श छलफलमा अन्तराष्टिय आदिवासी जनजाति नेताहरु देवासीस राय र जोन हेन्रीक्सनलाई आमन्त्रण गरीएको थियो । दुई दिन सम्म चलेको उक्त परामर्श छलफलमा उठेकोल कुराहरुलाई आधारीत रहेर आदिवासी जनजाति सभासदसभा ककसले संबिधान निर्माण प्रकि्रयाको हाल सम्मको उपलब्धीलाई आदिवासी जनजाति अधिकारको दृष्टीकोणबाट समिक्षात्मक अवधारणा तयार पर्ने भएको छ । अवधारणाको मस्यौदा तयार पार्नको लागि ककसले चार जना आदिवासी जनजाति बिज्ञको सहयोग लिएको छ । डा. चैतन्य सुब्बा, डा. ओम गुरुङ, डा. कृष्ण हाछेथु र शंकर लिम्बु समेत चार जना रहेको उक्त बिज्ञ टोलीले तयार पारेको समिक्षात्मक अवधारणा पत्रलाई ककसको पुर्ण बैठकमा छलफल गरी त्यसलाई ककसको आधीकारीक अवधारण पत्रको रुपमा सार्वजानिक गरीने छ ।
|


