आदिवासी जनजाति सभासदसभा ककसको नेतृत्व बोलिभीया तर्फ प्रश्थान PDF Print E-mail
Saturday, 13 March 2010 15:36

संबिधानमा आदिवासी जनजातिहरुको अधिकार र त्यसको प्रयोगको सम्बन्धमा अध्ययन गर्न आदिवासी जनजाति सभासदसभा (ककस)को नेतृत्व सभासदहरु बोलिभीया तर्फ प्रश्थान गरेका छन । ककसको अध्यक्ष माननीय ईन्द्र बहादुर गुरुङ, माननीय बर्षमान पुन (अनन्त), माननीय पृथ्वी सुब्बा गुरुङ उक्त अध्ययन भ्रमणको लागी आज बोलिभीया तर्फ प्रश्थान गर्नु भएको हो । भ्रमणटोलीमा अन्तराष्ट्रिय श्रम संगठन नेपालका डा. मुक्तिसं लामा स्थानिय बिकास मन्त्रालयका सहसचिव शिव बहादुर रायमाझी र भिडीयो डकुमेन्ट्री पत्रकार छिरीङ रिता सेर्पा समेत रहेको छ ।

आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघिय घोषणा पत्रमा उल्लेखित प्रावधानहरु तथा अन्तराष्ट्रिय श्रम संगठन महासन्धी १६९ का प्रावधानहरु बोलिभीयाको संबिधानमा नै सुनिस्चीत गरीएका छन आदिवासी जनजातिहरुको अधिकारको दृष्टीकोणबाट बोलिभीयाको संबिधान निकै उत्कृष्ट रहेको मानीन्छ । हाल बोलिभियाको राष्ट्रपति पनि आदिवासी मुलकै रहेका छन ।

भ्रमणटोली द्धन्द ब्यवस्थापन सम्बन्धी अनुभवको अध्ययन गर्न ग्वाटेमालामा पनि पुग्ने कार्यक्रम रहेको छ ।

भ्रमण टोलीलाई नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष माननीय पासाङ सेर्पा, सचिव प्रेम बराम र माननीय टासी स्यहाङमो गुरुङसेनीले त्रिभुवन बिमान स्थलको अति बिशिष्ट कक्षमा बिदाई गर्नु भएको थियो ।