|
महासंघको सातौ राष्ट्रिय महाधिवेसन |
|
|
|
|
Monday, 29 March 2010 17:22 |
|
नेपाल आदिवासी जनजाति महासंघको सातौ राष्ट्रिय महाधिवेसन सम्बन्धी जातिय संस्था, जिल्ला समन्वय परिषद, सम्बन्द्धन सदस्य संस्था, प्रवासी संगठन संस्था लगायत सम्बन्धीत सबैमा माहासंघ सचिवालय द्वारा जारी गरीएको सार्वजानिक सुचना
- महासंघको सातौ महाधिवेसन २०६६ चैत्र २१, २२ र २३ गते काठमाण्डौमा सम्पन्न हुने छ ।
- महासंघको बिधानमा ब्यवस्था भए बमोजिम संघिय परिषद सदस्य दुई जना र जातिय संस्थाले तोकेर पठाएको एक पुरुष र एक महिला गरी हरेक जातिय संस्थाबट चार चार जना महाधिवेसन प्रतिनिधीहरु, महासंघको सल्लाहकार ज्यूहरु, सचिवालयका सदस्यहरु, जिल्ला समन्वय परिषदका अध्यक्ष ज्यूहरु, सम्बन्धन सदस्यका अध्यक्ष ज्यूहरु, प्रवासी संगठन संस्थाका अध्यक्ष ज्युहरु लगायत सम्बन्धीत सम्पुर्णलाई महाधिवेसनमा उपस्थीत हुन महाधिवेसन सम्पन्न हुने मिति भन्दा एक महिना अगावै पत्रचार गरी सकिएको छ, यदि पत्र प्राप्त हुन नसकेको खण्डमा यसै सुचनालाई आधिकारीक मानी महाधिवेसनमा उपस्थीत हुन सम्बन्धीत सबैमा सुचित गरीन्छ ।
- महाधिवेसन सम्बन्धी आधिकारीक सुचना तथा जानकारीहरु महासघको वेवसाईट www.nefin.org.np मा नियमीत अपडेट गरीने छ । त्यसैलाई सम्बन्धीत सबैले आधिकारीक जानकारी मान्नु पर्ने छ । ं
- महाधिवेसनको बन्द सत्र काठमाण्डौको धुम्वारही स्थीत एस आर क्याटरीङमा सम्पन्न हुने छ ।
पासाङ सेर्पा अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद सचिवालय
|