| नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालय |
|
|
|
| Wednesday, 21 July 2010 09:56 | |||
|
१. शुभकामना सर्व प्रथम विश्व आदवासी दिवस २०६७ को पवन आवसरमा नेपालका डेढ करोड आदिवासी जनजातिहरुको तर्फबाट नेपाल आदिवासी जनजाति महासंघ यहाँ र यहाँका सपरिवार, स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदिवहिनी तथा दाज्युभाईहरु, विश्वाका आदिवासी जनजातिहरु र विश्वका न्याय प्रमी जनसमुदयहरुलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। २ निमन्त्रणा विश्व आदिवासी दिवस२०६७ को उपलक्ष्यमा मिति २०६७ श्रावण २२ गते अनमोल क्याटरिङ नयाँ बानेश्वरमा आयोजित जलपान कार्यक्रममा यहाँ, यहाँका सपरिवार तथा मित्रजनहरूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछौं।३ अपिल साथै अन्तरिम संविधानले घोषणा गरिसकेका धर्म निरपेक्षता, लोकतान्त्रिक गणतन्त्र र संघीयतालाई नयाँ संविधानमा अपरिवर्तनीय धाराको रुपमा उल्लेख गरिनुपर्ने, नेपाल सरकारले अनुमोदन गरिसकेका अन्तर्राष्टिय अभिसन्धी १६९ र संयुक्त राष्टसंघको आदिवासी जनजातिको मानव अधिकार सम्बन्धी घोषणापत्रलाई मौलिक हकमा आदिवासी जनजातिको मौलिक हकको रुपमा समावेश गरी तत्काल कार्यतालिका निमार्ण गरी कार्यान्वयनको प्रतिवद्धता जाहेर हुनुपर्ने, आदिवासी जनजातिमाथि भएको शोषण, दमन र उत्पीडनबाट मुक्त गरी सामाजिक न्यायसहितको समतामुलक समाज निर्माण, राज्यसत्ताको सबै तह र तप्कमा सबै अदिवासी जनजातिका समानुपातिक प्रतिनिधित्व ग्यारेन्टी र जाती भाषा र ऐतिहासिक पहिचानको आधारमा राज्य पुनर्संरचनाको सुनिश्चित भएको संविधान थपेको समय अगाडि नै जारी गराउन र संविधानका प्रारम्भिक मस्यौदा जनताको घरदैलोमा गथाशिघ्र वितरण गर्न संविधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको ध्यानाकर्षण गर्ने उद्देश्यले आयोजित एक महिने आन्दोलनका कार्यक्रमहरुमा सहभागी भई नैतिक समर्थन र ऐक्यवद्धताका लागि समेत हार्दिक अपील गर्दछौ। राजकुमार लेखी थारु सयोजक,
|


