नेफिनले बुझायो महामन्त्रीलाई ज्ञापनपत्र


Blog Details
  • 2025-08-29

काठमाडौं, भदौ १३ गते । नेपाल आदिवसी जनजाती महासंघले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान खारेज गर्ने या अन्यमा गाभिने भन्ने सरकारको निर्णय सच्याउन माग गर्दै नेपाल आदिवासी जनजाती महासंघले नेपालि कङ्ग्रेसका महामन्त्री गगन थापालाई ज्ञापनपत्र बुझाएको छ । 

शुक्रबार महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, महासचिव दिवस राई, सचिव गोविन्द लामा ह्योल्मो (केसाङ) र कोषाध्यक्ष विमल सारु मगरले भेटगरी  महामन्त्री थापालाई ज्ञापनपत्र बुझाएको हो ।
  
ज्ञापनपत्र बुझाउँदै महासंघले प्रतिष्ठान खारेज गर्ने या अन्यमा गाभ्ने भन्ने निर्णय सच्याई प्रतिष्ठानलाई यथावत राख्न माग गरेको छ ।