| Press Release (2063/12/5) |
|
|
|
| Tuesday, 20 March 2007 08:50 | |||
|
मिति २०६३/१२/५ प्रेस विज्ञप्ति नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का कार्यकर्ताहरुले केही समययता नेपाल आदिवासी जनजाति महासंघ र मधेसी जनाधिकार फोरमद्वारा आफ्ना जातीय क्षेत्रीय हक अधिकारहरुका लागि संचालन गरेका शान्तिपूर्ण आन्दोलनलाई विभिन्न ठाउहरुमा हस्तक्षेप गरी विथोल्ने र दवाउने जस्ता कार्यहरु गरेकोले माओवादी कार्यकर्ताहरुको त्यस्ता कार्यप्रति नेपाल आदिवासी जनजाति महासंघको गंभीर ध्यानाकर्षा भएको छ । त्यसै गरी माओवादी र सात राजनैतिक दलबीच सम्पन्न १२ बुदे समझदारी र बृहत शान्ति सम्झौताको उलंघन गरी देशको विभिन्न भागमा फैलाएको चन्दा आतंक, व्यक्ति अपहरण कुटपिट, धाक धम्कि र हतियार प्रदर्शन जस्ता अलोकतान्त्रिक र ज्यादतीपूर्ण कार्यप्रति पनि महासंघको उत्तिकै ध्यानकर्षण भएको छ । माओवादी कार्यकर्ताहरुको यस्तो अलोकतान्त्रिक र ज्यादतीपूर्ण कार्य अविलम्ब बन्द गर्न महासंघ हार्दिक आव्हान गर्दछ । पासाङ शेर्पा अध्यक्ष
|


