| Press Release |
|
|
|
| Monday, 28 May 2007 09:33 | |||
|
संयुक्त
प्रेस बिज्ञप्ती
मितिः २०६४।२।१२ संविधानसभामा आदिवासि जनजातिहरुको जातीय जनसंख्याको आधारमा समानूपातिक प्रतिनिधित्व सुनिश्चित गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने । अन्तरिम सँबिधान २०६३ मा आदिवासी जनाजातिहरुको हक, अधिकार, भावाना र मर्म बिपरीतका धारा उपधाराहरुको खारेजी एवं संशोधनको मागहरु राखी आदिवासी जनजातिहरु आन्दोलनको मैदानमा बिगत लामो समय देखी संर्घषरत छन् । नेपाल आदिवासी जनजाति महासघ, आदिवासी जनजाति संयुक्त संर्घष समिति, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र नेपाल आदिवासी जनजाति युवा संघले चरणबद्ध संयुक्त आन्दोलनको बिभिन्न कार्यक्रमहरु र्सार्वजनिक गरी आदिवासि जनजातिहरूले आफ्नो आवाज बुलन्द गर्राईरहेका छन् । आदिवासी जनजातीहरुको चौथो चरणको संयुक्त आन्दोलनको क्रममा यहि २०६४ जेष्ठ १० र ११ गते काठमाडौंमा दुइ दिने धर्ना कार्यक्रम शानदाररूपमा सम्पन्न भएको छ । आदिवासी जनजातिहरूले अगाडी सारेको मागहरु पुरा गराउनको लागि आयोजीत उक्त धर्ना कार्यक्रममा ऐक्यवद्धता र समर्थन जनाउन आउनुहुने सम्मानीय सभामुख सुवास चन्द्र नेम्वाङ, माननीय संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्री पृथ्वी सुव्वा गुरुङ, बिभिन्न रजनैतिकदलका माननीय विधायकज्यूहरु, नागरीक आन्दोलनका अगुवा र आन्दोलन कर्मी, नागारिक समाजका व्यक्ति व्यक्तित्वहरु, पत्रकार, मानव अधिकारकर्मी, चिकित्सक, विभिन्न पेसा व्यवसायी, मजदुर, युवा, बिद्यार्थी लगायत सबै महानुभावहरू प्रति आयोजक संस्थाहरू हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछौ । आदिवासी जनजातिहरुले शान्तीपूर्ण आन्दोलन मार्फत अगाडी सारेका आफना माग र आन्दोलन प्रति आम नेपाली जनताको र्समर्थन र सहयोग एवं ऐक्यवद्धता उत्साहपूर्वक बढी रहेको छ । आदीवासी जनजातिका मागहरु जायज छन यी मागहरु राष्ट्रिय माग हुन र पुरा हुनै पर्छ । राज्यले यो समस्या वार्ता र संवादको माध्यमबाट समाधान गर्नु पर्छ भनेर सबै क्षेत्रबाट आवाज उठि रहेको छ । यी आवाजहरू आदिवासी जनजातिहरुको मात्र नभएर राष्ट्रको आवाज बनेको छ । अब यी सवालहरूलाई समयमा नै नेपाल सरकारले व्यवस्थापन नगर्ने हो भने सरकार चलाई रहेका दलहरु माथि नै शंकाको प्रश्न चिन्ह खडा हुन सक्छ । सरकार संबिधान सभाको निर्वाचन गराउन चाहि रहेको छ वा छैन - सरकार अग्रगामी सचका साथ अगाडी बढी रहेको छ की छैन - सरकार राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्नको लागी अगाडी बढी रहेको छ वा जनतालाई प्रतिगमनको भुत देखाएर राजतन्त्र बचाउन आफै लागी रहेको छ - यो सबै प्रश्नहरु नेपाली जनताले सरकार प्रति गर्नु पर्ने आवस्था आउन थालेको छ । त्यसकारण त्यस्तो अवास्था नआओस र सरकारले समयमा नै सच बिचार पुर्याओस भनि हामी सम्पूर्ण आदवासि जानजाति एवं आन्दोलन कर्मी सरकारको ध्यानाकर्षण गराउन चाहान्छौं ।
नेपाल
आदिवासी जनजाति महासघ,
महासचिव,
राम
बहादुर थापामगर
|


