|
Appeal for support to make Nepal Bandha programme a success |
|
|
|
|
Thursday, 07 June 2007 23:29 |
जेठ २७ र २८ गतेको नेपाल बन्द सफल पार्न हार्दिक आव्हान
संविधानसभामा आदिवासी जनजातिहरुको जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्नका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनका लागि र अन्तरिम संविधानमा रहेका आदिवासी जनजातिका हक अधिकार तथा भावना र मर्म विपरितका धारा उपधाराहरु खारेज गर्न नेपालको अन्तरिम संविधान २०६३ संशोधन गर्न अनिवार्य भएकोले त्यसका लागि नेपालका आदिवासी जनजातिहरुको साझा संगठन नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति संयुक्त संर्घष समिति, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ र आदिवासी जनजाति युवा संघ मार्फ सम्पूर्ण आदिवासी जनजातिहरु आन्दोलनरत रहेको कुरा यहाहरुलाई सवंविदितै छ ।
जनआन्दोलन २०६२/२०६३ सफल भएको १ बर्ष वितिसक्दा पनि जनआन्दोलनको मर्म र सम्पूर्ण नेपाली जनताको भावना अनुरुप राज्य सरकारले जनताप्रति गर्नुपर्ने दायित्व पूरा गर्न सकिरहेको छैन । नेपाली जनताले उठाएका संविधानसभाको निर्वाचन, राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना तथा दिगो शान्तिको अपेक्षा पुरा हुन सकेको छैन । राजनीतिक दलहरुको असमझदारी र दलगत स्वार्थले गर्दा राजनैतिक अवस्था अस्त व्यस्त हुन गई जनजीवन कष्टकर बन्दै गएको छ । परिणम स्वरुप नेपालका आदिवासी जनजाति, महिला, मधेसी दलित, अपांङ्ग तथा सम्पूर्ण उपेक्षित उत्पिडित वर्ग र क्षेत्र लगायतका सबै समुदायहरु आ-आफ्नो हक अधिकारका लागि सडक आन्दोलनमा उत्रिएका छन । अहिले यी समुदायहरुले उठाएका प्रमुख सवालहरुलाई संबोधन नगरी संविधानसभाको निर्वाचन भएमा त्यस्तो संविधान सभाबाट बन्ने संविधानले राज्य सञ्चालन गर्न सक्दैन भन्ने हाम्रो ठहर छ । हामीले हाम्रो मागहरु पूरा गर्न गराउनुको लागि शान्तिपूर्ण आन्दोलनहरु गर्दै आएका छौ । तर सरकारले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई वेवास्ता गर्दै आएकोले हामीले पटक पटक धर्ना जुलुस आमसभा र नेपाल बन्द जस्ता कठोर कार्यक्रमहरु आयोजना गर्न बाध्य भएका हौं । यसै सर्न्दर्भमा हामीले वाध्य भएर पुनः यही जेठ २७ र २८ गते (June 10-11, 2007) २ दिन सम्म नेपाल बन्दको कार्यक्रम राखेका छौं । उक्त बन्द कार्यक्रमलाई सफल पार्न सदा झै उद्योगी व्यवसायी, यातायात व्यवसायी, शिक्षक विद्यार्थी, सञ्चारकर्मी, नागरिक समाज, मानवअधिकारकर्मी, राजनैतिक दल, पेशागत समुदाय तथा सम्पूर्ण न्यायप्रेमी जनसमुदायहरुबाट हार्दिक सहयोग र र्समर्थनको लागि अपिल गर्दछौ । यसै अघि हामीले आयोजना गरेको जेठ १८ गतेको नेपाल बन्दको वेला लहानमा बन्दको कारणले र्सपको टोकाइबाट उपचार हुन नसकी एक बालिकाको निधन भएको भन्ने समाचारबाट हामी दुखीत छौं । साथै बन्दको बेला बन्दकर्ताहरुको नामबाट कुनै अज्ञात समुहबाट सुनसरीमा पत्रकारमाथि दुव्यवहार भएको घटनाप्रति पनि हामी सचेत छौं । बन्दको बेला समाचार संकलन गर्ने सञ्चारकर्मीहरुमाथि यस्ता दुरर्व्यवहारहरु हामी बन्दीकर्मीहरुबाट भएका छैन र हुने पनि छैन भन्ने प्रतिवद्धता पुनः जाहेर गर्न चाहन्छौं ।
नोटः उक्त बन्द कार्यक्रमबाट कुटनैतिक नियोग, पर्यटक, संचारकर्मी, एम्वुलेन्स, शवबहान, आपतकालिन उद्धार सवारी साधानहरुलाई प्रभावित नपर्ने व्याहोरा पनि यसै आहृवान पत्रद्वारा जानकारी गराउँदछौं ।
|