| Press Release on Federal Concil meeting of NEFIN |
|
|
|
| Thursday, 28 June 2007 05:00 | |||
|
प्रेस बिज्ञप्ती
नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषदको बैठक हिजो २०६४।०३।१३ गते काठमाण्डौमा सम्पन्न भएको छ। महासंघमा आवद्ध रहेका आदिवासी जनजातिहरुको ५४ वटा जातिय संस्थाहरुको प्रतिनिधिको सहभागीतामा सम्पन्न भएको उक्त बैठकले बिशेष गरी हाल चली रहेको आदिवासी जनजातिहरुको आन्दोलन र सरकारसंग भई रहेको वार्ताको सन्दर्भमा भएका गतिविधिमा व्यापक छलफलहरु गरेको छ। महासंघको महासचिव राम बहादुर थापा मगरले राष्ट्रिय, अन्तराष्ट्रिय परिस्थीती, सरकार महासंघको वार्ता, आदिवासी जनजाति आन्दोलन लगायतको समसामायीक बिषय बस्तु माथी बिश्लषण गर्दै प्रश्तुत गरेको कार्यप्रगति प्रतिवेदन माथी व्यापक छलफल गरी सुझव सहित पारित गरेको छ। अन्तरीम सरकारले संबिधानसभाको निर्वाचन मंसीर ६ गते गर्ने निर्णय गरेको र संबिधानसभाको निर्वाचन प्रणाली समंबन्धी ऐन अन्तरीम संसदबाट पारित भएर निर्वाचन आयोगले पनि संबिधानसभाको निर्वाचन प्रक्रिया अगाडी बढाई सकेको परिप्रेक्षमा आदिवासी जनजाति महासंघको वार्ता समिति र सरकारी वार्तासमिति वीच भएका वार्ताहरुबाट आज सम्म कुनै ठोस निष्कर्ष दिन सकेको छैन। त्यसकारण सरकारले वार्ताका माध्यमबाट शान्तीपूर्ण तरिकाले आदिवासी जनजातिका जायज मागहरु अबिलम्व पुरा गरोस भनि बैठकले माग गरेकोछ । यदि वार्ताबाट समस्या समाधान नभए आदिवासी जनजातिको आन्दोलनको उचाई अझ बढाएर लाने भनि निर्णय गरेको छ।
पासाङ्ग शेर्पा
|


