| Press Release |
|
|
|
| Monday, 05 November 2007 07:22 | |||
|
मितिः २०६४।०७।१८
प्रेस विज्ञप्ति
मिति २०६४ कार्तिक १७ गते तदानुसार ३ नोभेम्वर २००७ का दिन पाकिस्तानमा सैनिक जनरल परवेज मुसर्रफले संकटकालको घोषणा गरेकोमा नेपाल आदिवासी जनजाति महासंघको गम्भिर ध्यान आकर्षण भएको छ। आजको युग भनेको बिधिको शासन वाक्-स्वतन्त्रता र सवै प्रकारको सुचना अधिकारको युगमा त्यो मान्याता र सिद्धान्त विपरीत राष्ट्रपतिले स्वतन्त्र न्यायालयका न्यायमुर्तिहरुलाई अबैधानिक रुपले वर्खास्त गरेको र स्वतन्त्र संचार क्षेत्रमा समेत बन्देज लगाएर जनताको सुचनाको मौलिक अधिकारको बन्चीत गर्ने र वाक् स्वतन्त्रता लाई समेत बन्देज लगाइर्, राजनैतिक पार्टीका नेताहरुलाई गिरफ्तार गर्ने तथा निर्वासित समेत गरी घोषणा गरेको संकटकाल लोकतान्त्रीक पद्धति र संस्कारको उलंघन भएको नेपाल आदिवासी जनजाति महासंघको धारणा रहेको छ। पकिस्तानमा लोकतन्त्र र जनताको शासनको स्थापना यथाशिघ्र कायम गर्नको लागि पाकिस्तानी जनताका पहल सशक्त रुपमा अगाडी बढने छ र पाकिस्तानमा लोकतन्त्रको स्थापना चाडो भन्दा चाँडो हुने छ भन्ने अपेक्षा पनि नेपाल आदिवासी जनजाति महासंघले गर्दछ साथै पाकिस्तानी जनताले गरेको लोकतन्त्र र नागरिक स्वतन्त्रताको लागि गरिने हरेक आन्दोलनमा नेपालका आदिवासी जनजातिहरुले एक्यवद्धता प्रकट गर्दछौ। पाशाङ शेर्पा अध्यक्ष
|


