Press Release PDF Print E-mail
Wednesday, 30 April 2008 16:00

मिति ः २०६५।०१।१९

प्रेस बिज्ञप्ती


सर्वभौम अभिवाज्य र स्वतन्त्र राज्य नेपाल तथा आम नेपाली जनताको अश्मीता माथी आघात पुग्ने गरी भारतको भारतीय जनता पार्टीका सांसद योगी आदित्यनाथले दिएको अभिव्यक्ति प्रति नेपाल आदिवासी जनजाति महासंघ घोर आपत्ती प्रकट गर्दछ । एउटा स्वतन्त्र राज्यको बिरुद्ध अर्काे छिमेकी मुलुकको बाहालवाला जिम्मेवार सांसदले सशस्त्र आन्दोलन गर्छु भन्नु एउटा राज्यले अर्को राज्य माथी युद्ध गर्छु भन्नु जस्तै हो त्यसकारण योगी आदित्यनाथको उक्त अभिव्यक्ति एउटा असल छिमेकी राष्ट्रको कुटनितिक मर्यादा बिपरीत रहेको हामी आदिवासी जनजातिहरुको ठहर छ ।

भारत सरकारको वाहालवाला जिम्मेवार संसदको उक्त अभिव्यक्ति प्रति भारत सरकार जवाफ देहि हुनु पर्दछ । योगीको उक्त अभिव्यक्ति प्रति भारत सरकारले आम नेपाली जनता सामु माफी माग्नु पर्दछ साथै नेपाल सरकारले पनि यो बिषयमा भारतीय दुतावासलाई स्पस्टीकरण लिन नेपाल आदिवासी जनजाति महासंघ जोडदार माग गर्दछ ।
पासाङ सेर्पा
अध्यक्ष