Press Release PDF Print E-mail
Friday, 02 May 2008 02:09

मिति ः २०६५।०१।१९

प्रेश बिज्ञप्ती


आज मिति २०६५।०१।१९ गते नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद् सचिवालयको बिस्तारीत बैठक बसेको छ । संबिधानसभा निर्वाचनको हाल सम्मको नतिजा तथा परिणाम प्रति बैठकको गम्भिर ध्यान आकर्शण भएको छ । मुलुक भरी रहेका सबै जातिय संस्थाका प्रतिनिधिहरुको उपस्थीतिमा भएको उक्त बैठकले निर्वाचन परिणाम प्रति गम्भिर ध्यान आकार्षण हुदै यो प्रेस बिज्ञप्ती जारी गर्दछ ।

प्रत्यक्ष निर्वाचन प्रणालीमा जम्मा १३ जातिय समुदायको मात्र प्रतिनिधित्व भएको छ भने समानुपातिक निर्वाचन प्रणालीको बन्द सुचिमा २६ जातिय समुदायको मात्र नाम समावेस देखिन्छ । यो दुवै पद्धतीमा रहेका सबै जातिय समुदायको प्रतिनिधित्व भए पनि अझै सुचिकृत आदिवासी जनजातिहरु मध्ये बाट जम्मा २० जातिय समुदाय छुटन जाने देखिन्छ ।

राजनीतिक पार्टीहरुले समानुपातिक निर्वाचन प्रणालीको बन्द सुचिमा रहेका जातिहरु पनि निर्वाचीत गर्न कन्जुस्याई गरी छुटाएको अवस्थामा छुट्ने जातिको संख्या अरु थप हुने देखिन्छ त्यसकारण संबिधानसभाको निर्वाचनमा भाग लिने दलहरु बिशेष गरी मुख्य दलहरुले बन्द सुचिमा रहेका सबै जातिहरुबाट न्युनतम एक जातिको एक प्रतिनिधित्व हुने गरी जित्ने सुचिमा ति जातिय समुदायका उम्मेद्धारहरुलाई समावेस गर्न जोडदार माग गर्दछ ।

नेपाल सरकार र आदिवासी जनजाति बिच भएको २० बुँदे सहमतिको ईमान्दारी पुर्वक कार्यन्वयन नगरी संबिधानसभामा आदिवासी जनजातिहरु प्रतिनिधित्व हुने संबैधानीक अधिकारलाई राजनीतिक दलहरु बाट कुठाराघात हुने काम भएमा संबिधानसभाको पहिलो बैठक बस्ने दिन देखि नै महासंघ शसक्त आन्दोलनमा उत्रन बाध्य हुने कुरा यसै प्रेश बिज्ञप्ती मार्फत सबैको ध्यानाकर्षण गराउदा छौ ।

पासाङ शेर्पा
अध्यक्ष