| प्रेस बिज्ञप्ती |
|
|
|
| Wednesday, 02 December 2009 00:00 | |
|
मिति : २०६६।०८।१७ नेपाल सरकार मन्त्री परिषदको बैठकले किराँत धर्मावलम्बीका धर्मप्रणेता एवं धर्म दर्शनदाता महागुरु फाल्गुनन्द लिङदेनलाई नेपालको राष्ट्रिय बिभुती घोषणा गरेकोमा सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपाल लगायत मन्त्री परिषदका सम्पुर्ण सदस्यहरु प्रति नेपाल आदिवासी जनजाति महासंघ हार्दिक धन्यवाद ज्ञापन गर्दछ । गुरु फाल्गुनन्द लिङदेनलाई राष्ट्रिय सम्मान प्रदान गर्दै मन्त्री परिषदले गरेको यो निर्णयले आम किराँत धर्मावलम्बीहरुको भावनालाई नेपाल सरकारले उच्च कदर गरेको ठहर गर्दै सम्पुर्ण किराँत धर्मावलम्बीहरुलाई पनि नेपाल आदिवासी जनजाति महासंघ हार्दिक बधाई ज्ञापन गर्दछ । पासाङ सेर्पा अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद सचिवालय
|


