| प्रेस विज्ञप्ति |
|
|
|
| Sunday, 30 May 2010 16:54 | |||
|
संघीय परिषद सचिवालयको २०६७ जेठ १५ गते बसेको वैठकको निर्णयको अनुसार
संविधान सभा विघटन नगरेकोमा धन्यवाद ज्ञापन सम्बन्धि जारी प्रेस विज्ञप्ति
नेपालको इतिहासमा नै प्रथम पटक जनताद्धारा निर्वाचित ६०१ सभासदहरुले विभिन्न ११ वटा बिषयगत समितिमा अहोरात्र खटेर संविधानको प्रारम्भीक मस्यौदा तयार गर्ने ८० प्रतिशत कार्य सम्पन्न गरिसकेको अवस्थामा दलहरुको गतिरोधको कारणले आम नेपाली जनता, आदिवासी जनजाति, महिला, अती सीमान्तकृत, लोपोन्मुख, सुची उन्मुख आदिवासीहरु, दलित, मुस्लिम, मधेसी, अल्पसंख्यक तथा विपन्न वर्गको चाहनाले गठन भएको संविधानसभालाई विघटन गर्न नदिन दवावमूलक धर्ना, खबरदारी अभियान र संविधान सभा विघटन नहोस भनी नेपाल आदिवासी जनजाति महासंघ लगायत २ करोड ७५ लाख नेपाली जनताले व्यक्त गरका चिन्ता, सरोकार, चासो, भावन, र चहानालाई बुझेर, सुनेर र आत्मसात गरेर संविधान सभाको म्याद २०६७ जेठ १४ गतेदेखि थप १ बर्ष बढाएकोमा ३ प्रमुख दलहरु एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले लगायत संविधान सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुलाई डेढ करोड आदिवासीको तर्फबाट नेपाल आदिवासी जनजाति महासंघ यसै प्रेस विज्ञप्ती हार्दिक धन्यवाद ज्ञापन गर्दछौ। साथै सविधान सभा भवनको ३ नं गेटमा २०६७ जेठ ११ गतेदेखि "संविधान सभा विघटन नगर" भनेर दलहरुलाई दवाव दिन नेपाल आदिवासी जनजाति महासंघको २४ घण्टा अनिश्चितकालिन दवावमूलक कार्यक्रममा ऐक्यवदता, समर्थन र सहभागीता जनाउनु भएका आदिवासी जनजातिका वरिष्ठ अग्रज नेताहरु, वुद्धिजिवीहरु, महासंघका पूर्व सल्लाहाकारहरु, पूर्व अध्यक्ष, पूर्व महासचिवहरु, पूर्व संघीय परिषद सचिवालयका पदधिकारीहरु, जातीय संगठनहरु, संघीय परिषदका सदस्यहरु, जिल्ला समन्वय परिषदहरु, महासंघसंग सम्बन्धन प्राप्त आदिवासी जनजातिका संघसंस्थाहरु, आदिवासी जनजाति महिला महासंघ, आदिवासी जनजाति सभासद ककस सभाका माननीय आदिवासी सभासदहरु, विभिन्न दलका माननीय सभासदहरु, नागरिक समाजहरु, मानव अधिकारवादी संघसंस्थाहरु, आदिवासी जनजातिका अधिकारका लागि गठन भएका विभिन्न मोर्चाहरु, उद्योगपतिहरु, महासंघका कर्मचारीहरु र आम नेपाली महिला, युवा, मजदुर, पेशाकर्मीहरु, नेपाली दाज्यभाई तथा दिदीबहिनीहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ। नेपाल आदिवासी जनजाति महासंघको यस दवामूलक कार्यक्रमलाई प्रमुख समाचार बनाएर दलहरुको कानमा, आँखमा र मनमस्तिक सम्ममा पुर्याएर नेपाली जनताले चाहेको जस्तो परिणाम निकाल्न सशक्त प्रभावकारी भूभिका निर्वाह गर्न सफल हुनु भएकोमा आदरणीय पत्रकार बन्धुहरु, सम्पदकहरु, कार्यक्रम छायाँकन गर्ने क्यामर संचालकहरु, फोटोग्राफरहरु र आम संञ्चार माध्यमहरुलाई विशेष धन्यवाद ज्ञापन गर्दछौ। साथै महासंघको धर्नामा सहभागीहरुकलाई २४ घण्टा सुरक्षको व्यवस्था मिलाई दिनु भएकोमा मा. गृह मन्त्री र नयां बानेश्वर प्रहरी प्रभागका डि एस पी, प्रहरी जवानहरु, आफ्रनो व्यापर व्यवसाय गर्ने थलो उपलब्ध गराउनु भएका संविधान सभा भवन गेट नं ३ अगाडीका तरकारी व्यपारीहरु, पानी, विजुली र अन्य आवश्यकीय व्यवस्था मिलाई दिनु भएका जनसमुदायहरु प्रति महासंघ हार्दिक आभार प्रकटका साथ धन्यवाद ज्ञापन गर्दछौ। उपरोक्त सवालहरुलाई राजनितिक स्वार्थको कारण ओझेलमा पारी आदिवासी जनजातिहरुले अधिकार प्राप्त गर्नबाट बन्चीत भई मुलुकमा जातिय बिद्रोहको अवस्था सिर्जना भएमा यसको जिम्मेवारी राजनितिक दलहरुले लिनु पर्ने छ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालरुजिन्दावाद रु धर्मनिरपेक्ष नेपालरुजिन्दावाद रु आदिवासी जनजाति एकतारुजिन्दावाद रु
|


