१४०० आदिवासी जनजाति आन्दोलनकारी गिरफतर PDF Print E-mail
Monday, 16 August 2010 01:22

१४०० आदिवासी जनजाति आन्दोलनकारी गिरफतर
देशव्यापी चक्काजाम यातायातबन्द पूर्ण सफल

आम नेपाली जनताको चहाना अनुसार नेपालको नयाँ सविधान समयमा जारी गराउन दलहरुलाई दबाव दिने उदेश्यले नेपाल आदिवासी जनजाति महासंघले २०६७ श्रावण ३० गते आईताबार देशव्यापी चक्काजाम यातायात बन्द व्यापक सफल भएकोछ ।

आदिवासी जनजातिको आन्दोलनलाई विफल बनोउन उदेश्यले विहान ५ बजे देखि सडकमा देखिएका सबै आन्दोलनकारी हस्पीटल दूध र सब्जी किन्न निस्केका आदिवासी जनजातिहरुलाई प्रहरीले जबरजस्ती गिरफतार गर् यो । बौद्ध चाबेल चक्रपथ बालज्यु कलंकी बल्खु सात दोबाटो कोटेशवर नयाँ बानेश्वर र गौशालाबाट जातीय र संम्बन्धन प्राप्त संगठनका अध्यक्ष महासचिव पदाधिकारीहरु सल्लाहकार केन्दीय सदस्यहरु सहित १४०० आन्दोलनकारी र सर्वसाधारणहरु गिरफतार गरेका थिए गिरफतारी सबैको नाम प्राप्त हुन साथ प्रकाशन गरिनेछ । महासंघको उपाध्यक्षहरु नोभु घले बुद्ध ईन्दिरा जिमी याक्खा महासचिव आङ काजी शेर्पा किसान सचिवहरु विमला सुनुवार कुमार तामाङ व्लोन र कोषाध्यक्ष डण्डु ढोक्प्या पनि गिरफतार भए भने अध्यक्षलाई राजकुमार लेखी थारुलाई गिरफतार गर्ने प्रहरीको दिनभरीको प्रयास विफल भयो । प्रहरीलाई छल्दै अध्यक्षले साचार माध्यममा प्रेस विज्ञप्ती जारी गर्ने अन्र्तवार्ता र आन्दोलनलाई परिचालन गरेका थिए । गिरफतार सबैलाई साँझा ५ बजे पछि रिहा गरेता पनि तिनकुने प्रहरी प्रभागमा धिरजराना थारुलाई टयाक्सी तोडेको झूठो आरोपमा थुनमा राखेकाछन् । धिरजलाई रिहा गर्न महासंघले राती ९ बजेसम्म प्रयत्न गरेको थियो । धिरजलाई विनशर्त श्रावण ३१ गतेसम्म रिहा नगरे महासंघले सशक्त आन्दोलन गर्ने चेतवानी पनि दिएका थिए

काठमाडँैं उपत्याका बाहिरा सबै जिल्लाहरुमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषदको नेतृत्वमा सबै राजमर्गमा यातायात बन्द गरेर देशव्यापी चक्कजाम यातायात बन्द सफल पारेक थिए ।

रिहा भए पछि काठमाडौं उपत्याकाको विभिन्नचोकमा र सबै जिल्लामा कोणसभ भएको थियो र उक्त कोणसभका वक्ताहरुले गृहमन्त्रीले तत्काल कुसर्ी छोडन र आन्दोलनकारी माथी र्दुव्यवहार गर्ने दोषी प्रहरीमाथी कार्यवाही गर्न जोडदार माग गरेका थिए । अँन्देालनमा समर्थन र ऐक्यवदता जनाउन भएका सबै संघसंस्थाहरु आम न्यायप्रमी जनसमुदयहरु आमा साचारकर्मी र साचार माध्यमाहरुलाई हर्दिक धन्यवाद ज्ञापन गर्दै आभार प्रकट गरेका थिए । नयाँ संविधान जारी नभएसम्म र आदिवासी जनजातिका अधिकार सविधानमा सुनिश्चित नभए सम्म महासंघले निरन्तर आन्दोलन गरि रहने प्रतिवद्धता पनि वक्ताहरुले व्याक्त गरेका थिए

महासंघको आन्दोल दबाउन गृहमन्त्रीको ठाडो आदेशमा प्रहरीद्धारा आन्दोलकारीहरुमाथी र्दुव्यवहार सहित गिरफतार गरिएकोबारे छलफल गर्न महासंघले श्रावण ३१ गते जातिय तथा सम्बन्धन प्राप्त संगठनका अध्यक्ष महासचिव र महिला प्रतिनिधि संघीय परिषद सदस्यहरु वर्तमान तथा निवर्तमान संघयि परिषद सचिवालयका पदधिकारीहरु वर्तमान तथा पूर्व सल्लाहकारहरु संस्थापक तथा पूर्व महासचिवहरु र वुद्धिजीविहरुको आकस्मीक वैठक आज अपरान्ह १२ बजे तमु बौद सेवा समिति अनमनगरमा बस्दैछ ।