|
Tuesday, 17 August 2010 01:27 |
|
महासंघको आप्पत्ति
महासंघ सचिवालयको आयोजनामा जातीय संस्था तथा सम्बन्धन प्राप्त जनजाति संघसस्थाहरुको आज बसेको आकस्मिक बैठकले आदिवासी जनजातिको शान्तिपूर्ण प्रदर्शनमा एक्कासी कुटपिट सहीत गिराफ्तार गरेको घटनालाई गम्भीर रुपमा लिदै गृहमन्त्रालयको उक्त ज्यादति विरुद्ध शसक्त आन्दोलन गर्ने निर्णय समेत गरेको छ । आकस्मिक बैठकपछि महासंघद्धारा आज जारी विज्ञप्तिमा हिजोको चक्काजाम कार्यक्रममा उपत्यकामा करिब ५ सय र विभिन्न जिल्लामा थप पाँच गरी एक हजार नेता कार्यकर्तालाई बिना कारण गिराफ्तार गरेको जनाएको छ । पक्राउका क्रममा बौद्ध चाबहिल बालुजु कलंकी सातदोबाटो र बानेश्वरमा शान्तिपूर्वक सडकमा बसीरहेकाहरुलाई दुव्र्यहार गरी कुटपिट गरेको विज्ञप्तिमा जनाएको छ । गिराफ्तार परेका अधिकाँशलाई हिजै छाडे पनि केहीलाई आज मात्र छाडेको छ । चक्काजाम विहान ५ बजेबाट शुरु भएकोमा ६ बजेसम्ममा महासंघका सबैजसो पदाधिकारी देखि जातीय संस्थाका पदाधिकारीहरु पक्राउ परिसेकेको जनाइएको छ । महासंघको शान्तिपूर्ण आन्दोलनमा यसअघि कहिले पनि यसप्रकारको प्रहारी ज्यादत्ति नभएको महासंघले जनाएको छ ।
आम नेपालीको एक मात्र चाहानाको रुपमा रहेको शान्ति र संविधान लेखन समयमा नै पुरा हुनुपर्ने माग गरि आह्वान गरेको शान्तिपूर्ण विरोध प्रदर्शन मानवअधिकारको न्यूनतम सिद्धान्तलाई समेत कुल्चदै गरेको दमन प्रजातान्त्रिक मुलुकका निकै कालो घटना भएको महासंघको ठहर छ । प्रहरी ज्यादतिको विरोधमा भोली थप विरोधको कार्यक्रम घोषणा गरिने महासंघका अध्यक्ष राजकुमार लेखीले बताउनु भयो ।
काठमाडौ साउन ३१ । नेपाल आदिवासी जनजाति महासंघले हिजो भएको देशव्यापी चक्काजाम तथा यातायत बन्दको कार्यक्रममा शान्तिपूर्ण प्रदर्शनमा उत्रेका जनजाति नेता तथा कार्यकर्ताहरुलाई निर्ममतापूर्वक दमन गरी गिराफ्तार गरेको घटनाको भत्सर्ना गरेको छ ।
|