जातीय संगठनहरुलाई जरुरी सूचना PDF Print E-mail
Friday, 20 August 2010 17:04

मिति २०६७।५।४


श्रीमानअध्यक्ष ज्यू
सम्पूर्ण जातीय संगठनहरु

विषय ः १ संघीय परिषद बैठक बारे
२ संघीय परिषद सदस्यमनोनयनबारे
३ बार्षिक प्रतिवेदनतथाभावीकार्यक्रमहरु पठाउने बारे ।

१ उपरोक्त सम्बन्धमा नेपाल आदिवासी जनजाति महासंघको सातौैं महाधिवेशन पछिको संघीय परिषदको प्रथम बैठक २०६७ असोज १० र ११ गते कोरियन होटल लुम्बिनीमा हुने भएको व्यहोरा जानकारी गराउदछु । बाटोमा आते जाते यातायात र खाना खर्च संघयि परिषद सदस्यले नै व्यहोर्नु पर्नेछ र महासंघले वैठक अवधिभर खाना तथा होटलको व्यवस्था गरेकोछ ।

२ उक्त संघयि परिषदको वैठकमा जातिय संगठनको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला र एक जना पुरुष संघीय परिषद सदस्य मनोनय गरी भाद्र १७ गते सम्ममा पत्र मार्फत महासंघमा जानकारी गराउन हुन अनुरोध गर्दछु ।

३ सघीय परिषदको बैठकमा महासचिवद्धारा प्रस्क्तत हुने नेपाल आदिवासी जनजाति महासंघको प्रतिवेदनको अनुसूचीमा यस पटकदेखि सबै जातीय संगठनहरुको बार्षिक कार्य प्रगति विवरण र भावी कार्य योजना पनि समावेश गरिने भएकोल सबै जातिय संगठनहरुले बढीमा ए फोर साईज २ पन्नामा आफ्नो बार्षिक कार्य प्रगति विवरण र भावि कार्य योजना टाइप गरी महासचिवको इमेल ठेगाना  This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा भाद्र २० गते सम्ममा पाउने गरी पठाई दिनहुन अनुरोध छु


आङ काजी शेर्पा किसान
महासचिव