| जिल्ला समन्वय परिषदहरुलाई जरुरी सूचना |
|
|
|
| Friday, 20 August 2010 17:13 | |||
|
मिति २०६७।५।४ श्रीमान अध्यक्ष ज्यू नेपाल आदिवासी जनजाति महासंघ सम्पूर्ण जिल्ला समन्वय परिषद विषय ः १ बैठकमा उपस्थित हुने बारे । २ कार्य प्रगति विवरण तथा भावी कार्य योजना पठाई दिने बारे । १ उपरोक्त सम्वन्धमा नेपाल आदिवासी जनजाति महासंघ र जिल्ला परिषदहरु बीच आगामी चरणको आन्दोलन कार्यक्रमहरु विषयमा छलफल गर्न जिल्ला समन्वय परिषदहरुको अध्यक्षहरु वा तोकिएको १ प्रतिनिधी मिति २०६७ भाद्र ८ गते साँझसम्म होटल दीप सागर न्यूरोड पोखरामा हार्दिक आमन्त्रण गर्दछु । बाटो यातायात खर्च तथा खाना खर्च प्रतिनिधी स्वयंले ब्यहोरनु पर्नेछ । २ २०६७ अशोज १० र ११ गतेको सघीय परिषदको बैठकमा महासचिवद्धारा प्रस्क्तत हुने नेपाल आदिवासी जनजाति महासंघको प्रतिवेदनको अनुसूचीमा यस पटकदेखि सबै जिल्ला समन्वय परिषदहरुको बार्षिक कार्य प्रगति विवरण र भावी कार्य योजना पनि समावेश गरिने भएकोल सबै जिल्ला समन्वय परिषदहरुले बढीमा ए फोर साईज २ पन्नामा आफ्नो बार्षिक कार्य प्रगति विवरण र भावि कार्य योजना टाइप गरी महासचिवको इमेल ठेगाना This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा भाद्र २० गते सम्ममा पाउने गरी पठाई दिनहुन अनुरोध छु । आङ काजी शेर्पा किसान महासचिव
|


