| लौ न अब केही गरौ ! आमा नबच्ने भयो ! ! अब पनि ढिलो भ |
|
|
|
| Saturday, 04 September 2010 02:43 | |||
|
लौ न अब केही गरौ ! आमा नबच्ने भयो ! ! अब पनि ढिलो भयो भने……………। कुसर्ीको खेल अन्त गर ! ! समयमा संविधान जारी गर ! ! ! नेपालका राजनीतिक दलहरु आम ३ करोड नेपाली जनताले चाहेको संविधान निर्माण गरेर जारी गर्नुको सट्टा प्रधानमन्त्रीको कुसर्ी प्राप्तीका लागि संविधान निर्माणका अति महत्व पूर्ण समय खेरा फाल्दै रहेको सबैलाई जग जाहेर नै छ । समयमा संविधान जारी नभए देशमा प्रतिगामी र विदेशी शक्तीले हस्तक्षेप गर्नेछ र नेपाल सिक्कीमिकरण हुने खतरा बढदैछ । के हामी आम नेपाल जनता दलहरुको यो अर्कमण्यताको मूक दर्शक भएर हेर्न सक्छौ नेपाल आमालाई यो अनिर्णयको बन्दीबाट मुक्त गराउन नेपाल आमाकी हामी आम ३ करोड सुपुत्र र सुपुत्रीको दयित्व हैन लौ न अब केही गरौ ! नेपाल आमा नबच्ने भयो ! ! अब पनि ढिलो भयो भने……………। नेपाल आदिवासी जनजाति महासंघले २०६७ भदौ २० गते विहान ११ बजेदेखि प्रधानमन्त्रीको निर्वाचन नसकेसम्म संविधानसभा भवन गेट नं ३ अगाडी देशलाई अनिर्णयको बन्दी बनाउन पाईन्दैन ! कुसर्ीको खेल अन्त गर ! ! समयमा संविधान जारी गर ! ! ! भन्नेर दलहरुलाई दबाव दिने धर्ना कार्यक्रम र ६ वटा कुसर्ीहरु प्रर्दशन गर्दै हस्ताक्षर सकलन अभियानमा सहभागी हुन सबै न्यायपे्रमी जनसमुदय आदिवासी जनजाति दिदिवहिनी दाज्युभाई र नेपाल आदिवासी जनजाति महासंघका सबै जातिय संगठनहरु र सम्बन्धन प्राप्त संगठनहरु लाई हार्दिक निमन्त्रणा छ । आङ काजी शेर्पा किसान महासचिव
|


