घटनाको दोषीलाई तत्काल कारबाही नभएको खण्डमा PDF Print E-mail
Friday, 10 September 2010 16:29

घटनाको दोषीलाई तत्काल कारबाही नभएको खण्डमा र घाईतेलाई उपचार सहित ससम्मान क्षतिर्पू्रती नभएमा नेपाल आदिवासी जनजाति महासंघले

मिति २०६७÷०५÷२० गते


पे्रस विज्ञाप्ती

आज मिति २०६७÷०५÷२० गतेको कान्तिपुर दैनिकी पहिलो पृष्ठमा छापिएको समाचार राहदानी लिन जाँदा पिटाईको समाचार प्रति नेपाल आदिवासी जनजाति महासंघको गंभीर ध्यानआकर्षण भएको छ । यही मिति २०६७÷५÷१७ गते विहीबारको दिन आमाको राहदानी बनाउन परराष्ट्र पुगेकी धरान निवासी ३२ बर्षीया श्री उमा राईलाई महानगरीय प्रहरी नारायणहिटी सुरक्षा गारन गुल्मका सई लेखबहादुर कार्कीको टोलीले नराम्रो भाषामा गाली गर्दै निर्घात कुटपिट गरेकोमा नेपाल आदिवासी जनजाति महासंघले उक्त घटना प्रति भत्स्रना गर्दछ । उक्त घटनामा दोषी गुल्म प्रमुख इन्स्पेक्टर भरत बहादुर कार्की गुल्म सई लेखबहादुर कार्कीलाई तत्काल निलम्बन गरी कारवाही गरियोस साथै घटनाको बारे जानकारी नभएको भनी गैह्रजिम्मेवारी पूर्वक अभिव्यक्ति दिने महानगरीय आयुक्त डी आई जी गंगा पाण्डेलाई कडा भन्दा कडा कारवाही गर्न नेपाल सरकार समक्ष अनुरोध गर्दछ । घटनाको दोषीलाई तत्काल कारबाही नभएको खण्डमा र घाईतेलाई उपचार सहित ससम्मान क्षतिर्पू्रती नभएमा नेपाल आदिवासी जनजाति महासंघले सशक्त आन्दोलन गर्न बाध्य हुने छ ।

आङकाजी शेर्पा
महासचिव

बोधार्थः
श्रीमान प्रहरी महानिरीक्षक ज्यू प्रहरी प्रधान कार्यलय नक्साल काठमाण्डौ ।
महानगरीय प्रहरी नारायणहिटी सुरुक्षा गारन गुल्म काठमाण्डौ ।
किराँत राई यायोक्खा केन्द्रीय कार्यलय काठमाण्डौ ।
विभिन्न संाचार माध्यम ।

पुनश्च ः सई लेखबहादुर कार्की र एक महिला असईलाई निलम्वन गरि सकेकाछन् र नेपाल प्रहरीले छनविनका लागि एक अनुसन्धान समिति गठन गरेकोछ । सो समितिले उमा राई र दोषी प्रहरीको लिखित वयान लिई सकेकाछन् । यस घटनाको सन्र्दभमा नेपाल आदिवासी जनजाति महासंघका महासचिव किराँत राई यायोक्खाका कोषाध्यक्ष र उमा राईकी आफन्तले सम्बन्धित प्रहरी निकायमा भेटी दोषी प्रहरीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेकाछन् ।