जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको बारेमा मन्त्रीसग छलफल


Blog Details
  • 2026-07-14

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई अझ सशक्त र प्रभावकारी बनाउने बिषयमा सिंहदरबार स्थित महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री सीता बादीसग छलफल गरेको छ ।


छलफल पश्चात् मन्त्री र सचीवज्युले नेपाल आदिवासी जनजाति उत्थान  राष्ट्रिय प्रतिष्ठानको  बारेमा बजार आएको हल्ला जस्तो खारेज वा एकीकरण नहुने बताउनु भएको छ । त्यस्तै पुनर्संरचनाको बिषयमा कमजोर बनाउने भन्दा पनि अझ बलियो, सशक्त र प्रभाकारी बनाउनेमा सम्बन्धित सबै पक्ष ढुक्क रहन बताउनु भएको छ। त्यसैगरि खाली रहेको परिषद सदस्य तथा पदाधिकारीको स्थानमा तत्काल पदपूर्तिको लागि आवश्यक प्रक्रिया अगाडी बढाउने र आवश्यक बजेटको लागि अर्थ मन्त्रालय र सम्बन्धित निकायसग आवश्यक पहल गर्ने र प्रतिष्ठानलाई बिगत भन्दा अझ सशक्त र प्रभावकारी बनाउदैं लाने प्रतीब्यद्वता पनि व्यक्त गर्नु भएको छ ।

छलफमा राष्ट्रिय सभा सदस्य सुरेश आले मगर, मन्त्रालयका सचीव राधिका अर्याल, सहसचिव चक्र बुढा, भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव प्रकाश दाहाल, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन, प्रशासकीय अधिकृत सुचित्रा थापा, नेपाल आदिवासी जनजाति महासंघ संघिय परिषद् सचिवालयका अध्यक्ष निमा लामा ह्योल्मो र उपाध्यक्ष अमृत सुनुवार लगायतको उपस्थिति रहेको थियो ।