खुलामञ्चमा विश्व आदिवासी दिवश मनाइयो, प्राप्त भएकै अधिकार गुम्ने राजनीतिक दलका नेताहरुको चिन्ता


Blog Details
  • 2026-08-09

विभिन्न राजनीतिक दलका नेताहरुले संविधान तथा कानुनमा आदिवासीले प्राप्त गरेको अधिकार गुम्ने खतरा रहेको बताउनु भएको छ । आइतबार नेपाल आदिवासी जनजाति महासङ्घले राजधानीको खुलामचमा आयोजना गरेको ३२ औँ विश्व आदिवासी दिवसको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले एक स्वरमा यस्तो धाराणा राखेका हुन्

। 
प्रतिनिधि सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनको बहानामा पप्त अधिकार पनि खोसिने खतरा रहेको बताउनु भयो । उहाँले धर्मनिरपेक्षता, प्रादेशिक संरचना, समानुपातिक तथा समावेशी व्यबस्था आदिवासीले पाएको उपलव्धीका रुपमा चर्चा गर्दै यसमाथि कार्यकारी निकायको गतिविधिबाट कालो बादल छाएको टिप्पणी गर्नू भयो ।  
उहाँले विगतमा राजनीतिक दलले आदिवासी, मधेसी, मुस्लिम, थारु, दलितसँग गरिएको प्रतिबद्धता पुरा गर्न बाँकी रहेको चर्चा गर्नु हुँदै भीडले सिर्जना गरेको भाष्य सधैभरी जायज नहुने तर्क गर्नू भयो ।

नेकपा (एमाले)का उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले सरकारबाट सङ्घीय शासन प्रणालीमा प्रहार भइरहेको भन्नुहुँदै यसका विरुद्ध प्रतिवाद गर्न एकताबद्ध हुनुपर्ने बताउनुभयो । उहाँले एमालेसहित, नेपाली कांग्रेस, तत्कालीन माओवादी केन्द्र र मधेसवादी दलको लामो सङ्घर्षबाट देशमा सङ्घीय लोकतन्त्र स्थापना भएको भनाइ राख्नुभयो । थप पढ्नुहोस्