सरकारको नेतृत्व गर्नेबाटै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छ : आङ्देम्बे


Blog Details
  • 2026-08-09

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको नेतृत्व गर्नेहरूबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको आरोप लगाएका छन् । ३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले संविधानले सुनिश्चित गरेका उपलब्धिमाथि कार्यकारी निकायबाटै पटक–पटक घोचपेच हुने गरेको आरोप लगाएका हुन् । 

उनले संविधानको रक्षा गर्ने जिम्मेवारी पाएको कार्यकारी निकायले नै संविधानमा समेटिएका उपलब्धिमाथि प्रश्न उठाउने अवस्था आउनु गम्भीर विषय भएको बताए । संविधानले आदिवासी जनजातिसहित महिला, दलित, मधेसी, मुस्लिम, थारू तथा अन्य सीमान्तकृत समुदायका पहिचान, अधिकार र प्रतिनिधित्वलाई लिपिवद्ध गरेको उल्लेख गर्दै उनले ती उपलब्धिहरू कसैको निगाहमा प्राप्त नभएको बताए ।

संविधानमा लिपिवद्ध भएका अधिकार विगतका पुस्ताले लामो संघर्ष गरे पाएको उनको भनाइ छ । संघर्षबाट प्राप्त उपलब्धिलाई कसैको राजनीतिक भाषण वा भीड जम्मा गर्ने विषय बनाउन नहुने उनको भनाइ छ । उनले उपलब्धिको रक्षाको लागि आदिवासी जनजाति समुदाय एकजुट हुन नसकेकोमा पनि असन्तुष्टि जनाए । पूरा पढ्नुहोस्