प्रतिष्ठान पुनः संरचना सम्बन्धमा आदिवासी जनजाति महासङ्घको ध्यानाकर्षण


Blog Details
  • 2026-06-11

काठमाडौँ, जेठ २८ गते ।  नेपाल आदिवासी जनजाति महासङ्घले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान पुनः संरचना गर्ने सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ।

महासङ्घका अध्यक्ष निमा लामा ह्योल्मो, सङ्घीय उपाध्यक्ष अमृत सुनुवार, महासचिव विमल सारु मगर लगायतका पदाधिकारीले भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावललाई भेटी सो विषयमा ध्यानाकर्षण पत्र बुझाउनुभएको हो।

मन्त्री रावलले ध्यानाकर्षण पत्र बुझ्नुहुँदै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान पुनः संरचनाका सन्दर्भमा गृहकार्य भइरहेको जानकारी दिनुभयो।

महासङ्घका अध्यक्ष ह्योल्मोले नेपाल सरकार अन्तर्गतका बोर्ड, समिति, आयोजना तथा अन्य संस्थागत संरचनाहरूको खारेजी, एकीकरण एवम् पुनः संरचनासम्बन्धी सिफारिस गर्न गठित उच्च स्तरीय कार्यदलद्वारा प्रतिष्ठानलाई पुनः संरचना गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गरिएको विषयमा चासो व्यक्त गर्नुभयो। पूरा पढ्नुहोस्