भावपूर्ण श्रद्धाञ्जली
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष तथा नेवाः देय् दबूका सल्लाहकार आदरणीय चन्द्रलाल राजभण्डारीज्यूको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा भएको दुःखद निधनको खबरले नेपाल आदिवासी जनजाति महासंघ परिवार स्तब्ध र मर्माहत भएको छ।
स्वर्गीय चन्द्रलाल राजभण्डारीज्यूले आदिवासी जनजाति समुदायको अधिकार, पहिचान र सामाजिक उत्थानका क्षेत्रमा पुर्याउनुभएको योगदान सदैव स्मरणीय र प्रेरणादायी रहनेछ। उहाँको निधनले नेपाल आदिवासी जनजाति आन्दोलन तथा सम्बन्धित संस्थाहरूमा अपूरणीय क्षति पुगेको छ।
नेपाल आदिवासी जनजाति महासंघ स्वर्गीय राजभण्डारीज्यूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूमा हार्दिक समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछ।
उहाँको योगदान, आदर्श र स्मृति सधैँ जीवित रहनेछ।
निमा लामा ह्योल्मो
अध्यक्ष